गगन थापा अवसरवादी र स्वार्थी नेता हुन : सिटौला

गगन थापा अवसरवादी र स्वार्थी नेता हुन : सिटौला
काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन । आज मात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला मौन थिए । आफ्नै समूहका प्रभावशाली नेता गगन थापाले सल्लाह नै नगरी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री उठ्ने घोषणा गरेपछि सिटौला अहिले ...

ड्रोनबाट यस्तो देखियो गोरखाको मनास्लु हिमाल

ड्रोनबाट यस्तो देखियो गोरखाको मनास्लु हिमाल
यसैसाता गोरखाको मनास्लु हिमाल आरोहण गरेका ज्याक्सन ग्रोभले ड्रोन दृश्य खिचेका छन । यस्ता छन उनले खिचेका आकर्षक मनास्लु दृश्यहरुः मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ...

प्रचण्डले भने, ‘आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेँ’

प्रचण्डले भने, ‘आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेँ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् । उनले संसद विघटनमा गएपछिको अवस्थालाई चित्रण गर्दै आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने मोडमा पुगेको सुनाए । अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटकपटक भक्कानिए ...

 सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय

 सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय
धरान / "सिमसिम झरीमा तिमी संग रुझी रुझी हिड्न मन छ " भन्दै नायिकाको अघिपछि गर्दै गायक दिपक लिम्बु नायकको रुपमा देखा परेका छन। शुक्रबार गायक दिपक लिम्बुकै युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतमा गायक लिम्बुसंगै बिमला खजुम नायिकाको रुपमा देखा परेकि छिन भने बिवस राई र युवहाङ्ग राईको समेत अभिनय रहेको छ। गायक डम्बर नेपालीको संगीत तथा कुमार पौडेलको रचना रहेको गीतको संगीत संयोजन महाराज थापाल...

राष्ट्रिय जनमोर्चा दैलेख एमालेमा समाहित

राष्ट्रिय जनमोर्चा दैलेख एमालेमा समाहित
काठमाडौं । राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटिका अध्यक्ष अम्बरबहादुर नेपालीका अनुसार जिल्ला कमिटीको सर्वसम्मत निर्णयबाट एमालेमा समाहित भएको हो । आज पूर्वप्रभानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेख राजमोलाई एमालेमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष न...

संविधानका विरुद्ध मधेसका जिल्लाहरुमा प्रदर्शन

संविधानका विरुद्ध मधेसका जिल्लाहरुमा प्रदर्शन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधानका विरुद्ध मधेसका जिल्लाहरुमा प्रदर्शन गरेको छ । केन्द्रीय सर्कुलर अनुसार जसपाका कार्यकर्ताहरुले आज दिउँसो मधेसका जिल्लाहरुमा प्रदर्शन गरे भने साँझ बत्ति निभाएर ब्ल्याक आउट गरे । ब्ल्याक आउटका कारण जनकपुरमा साढे ६ बजेदेखि करिब १५ मिनेट पुरै अँध्यारो भएको थियो । दिउँसो जनकपुरको जनकचोकबाट लोसपाका कार्यकर्ताहरुले विरोध जुलुस निकालेका थिए । उ...

सिप सिकेर उद्यमी बन्नुस् : रमादेवी राई, उपप्रमुख

सिप सिकेर उद्यमी बन्नुस् : रमादेवी राई, उपप्रमुख
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राईले महिलाहरूलाई सिप सिकेर उद्यमी बन्न सुझाव दिएकी छन् । हातमा सिप हुने मान्छे कहिल्यै भोको बस्न नपर्ने र हिंसामा पनि नपर्ने भन्दै उपप्रमुख राईले हरेक महिलाले सिप सिकेर आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका भित्रका महिलाका लागि सं...

एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने : दाहाल

एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने : दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग आज शुक्रबार बिहान खुमलटारमा भेट गर्दै दाहालले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने बताएका हुन् । खुमलटारमा भएको भेटवार्ताका बारेमा जानकारी दिँदै दाहालका प्रेस सल्लाहकार...

सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै एमालले गर्‍यो फेरि संसद अवरुद्ध

सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै एमालले गर्‍यो फेरि संसद अवरुद्ध
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको आज शुक्रबारको बैठक पनि अवरोध गरेको छ । एमालेको नारावाजीकै बीच सभामुख सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आर्थिक ...

एमसीसी उपाध्यक्ष फतिमा सुमारद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु

एमसीसी उपाध्यक्ष फतिमा सुमारद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु
काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ । ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।