साताको तीन कविता-कवि सुनिता राई कन्दङ्वा
तेह्रथुम आठराईको कवि सुनिता राई कन्दङ्वा हाल इजरायलमा बसोबास गर्नुहुन्छ । उहाँका कविताहरुले सामाजिक विभेद र न्यायको निम्ति आग्रह गरिरहेको हुन्छ । विश्व नेपाली साहित्य महसंघको महासचिवको रुपमा कार्यरत आजको सातामा हामीले उहाँलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ साताको तीन कविता ।
खस्नुको सौन्दर्य
चुपचाप
खस्नु मुस्कुराउँदै
मुस्कुराइरहनु खसेपछि पनि
अनगिन्ति पाइतालाले टेकी गएपछि राख बन्नु हाँसी-हाँसी ।...









