‘बरफका कोइलाहरु’ कविताको मैदानमा एक सानदार ब्याटिङ -अनिल श्रेष्ठ
तिम्रो हरेक मङ्गल कार्यमा
अछुतको जुठो मुखबाट निस्केको
सहनाई र कर्नालको सङ्गीत फेरि कसरी मङ्गल ?
मेरा अस्पृश्य पाइतालाले माडेर निस्केका
अक्षताका बियाँहरू फेरि कसरी शुद्ध ?
मैले बनाएको ओदानमाथि बसालेर
मैले बनाएको ताप्केमा
मैले नै माडेको परालको धानको भात कसरी चोखो ?
मेरो अछुत आङबाट निस्केका पसिना मिसिएको पाइनले
तपाईंको जिउमा सजिने अलङ्कार कसरी पवित्र ?
पछिल्लो समय फेसबुकमार्फत ‘सेतोमाटो’ अनलाइनमा पढ...