अधुरो सपना मात्र पूरा गरेको हो – लिला लिम्बू
जुन समयमा नेपाली गीतसंगीतमा महिलाहरुको उपस्थिति निकै न्यून थियो । उहाँ त्यही समय गायिका बन्ने सपना बोकेर काठमाडौं आउनुभयो तर त्यो सपना विभिन्न कारणले पूरा हुन सकेन , यहाँ आफै चुपचाप बस्नुभयो । तर करिब तीन दशकपछि उहाँ फेरि नयाँ गीतको साथ आउनु भएको छ । निकै फरक किसिमको अवाजको धनी लिलाले " मलाई खुशी दिने मेरो मायालु " गीत सहित फेरि यो क्षेत्रमा फर्कनु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।...









