कन्ट्रयाक्ट (कथा)- कथाकार महेशविक्रम शाह

कन्ट्रयाक्ट (कथा)- कथाकार महेशविक्रम शाह
- महेशविक्रम शाह भान्छामा खाना तयार थियो तर रिचर्ड आइपुगेको थिएन । ऊ यूट्युबमा नेपाली भिजुअल गीतहरु हेर्दै रिचर्डलाई कुरिरहेकी थिई । उसको जिउ थकाइले लखतरान भएको थियो । बाल्टिमोर सिटी सेन्टरको फास्टफुडमा सधैं घण्टौं उभिएर काम गर्नुपर्दा कम्मर र खुट्टा भाँचिएलान झैँ हुन्थे । आफ्नो जीविकाका लागि एकछिन विश्राम नलिई काम गर्नु उसको वाध्यता थियो र यसैसँग उसको आवश्यकता पनि जोडिएको थियो । यो काम पनि उसले...

गाउँ बिग्रियो नाती -कथाकार प्रेम रिबुसाल

गाउँ बिग्रियो नाती -कथाकार प्रेम रिबुसाल
कथा सहरका केटाकेटीहरु छाडा हुन्छन्, छाडा । साइनो छैन एक अर्कासंग बोल्न । साथिसंग बोल्दा तँ भन्छन। बिहेबारी गर्न जात भातको वास्ता छैन । केटा र केटी हात समाएर हिंड्छन। लाज, सरम—धरम केही छैन ! बाबै । मोटर साइकलमा हिँड्दा केटाको ढाडमा टाँसिएर पुरै शरीर केटालाई नै सुम्पिए जसरी अडेसिन्छन । यसरी बस्दा केटा पनि ढुक्कै पो बस्छन बा ... । छोरा मान्छेलाई के छ र ! पुरै जिउ ढाक्ने लुगा पाउँदैनन की पाएर पनि ...

अभियुक्त – कथाकार समर्पण श्री

अभियुक्त   – कथाकार समर्पण श्री
समर्पण श्री कथा लेख्नु अघि मेरो मस्तिष्कमा पात्रहरू भरिए । सुरूवात कसरी गरौं? अलमलमा थिएँ । कसलाई कुन भूमिका दिऊँ ? कसलाई सहानुभूतिको पात्र बनाऊँ ? कसलाई क्रान्तिकारी वा बदनामीको बिम्ब बनाऊँ ? केही पात्रहरूको जमघट गराएर म घोरिनँ थालेँ । अचानक कतैबाट खासखुस सुनियो । अनौठो लवजमा कोही बोलेजस्तो लाग्यो । आफू बसेको कुर्चीको वरिपरि हेरेँ । ढोका बन्द थियो । बाहिरबाट कुनै आवाज आउने सम्भावना नै थिएन । रा...

पीडा नायक

पीडा नायक
कथा खुँडे जुन आकाशमा विस्तारै देखियो । मैले सारै कर गरेपछि त्यससाँझ उसले भन्यो,‘घटनाको पीडा मैले अनुभव गरेको छु । सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ । उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ । यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ । पृथ्वी हल्लिए जस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ । आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु । सत्य राम राम यसपछि म कसैलाई प...

बगान

बगान
कथा आमा भन्नुहुन्छ —"तैंले अहिल्यै जिन्दगी बुझेको छैनस।" सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ । तर नबुझेकी चाहिँ छैन । आमालाई यो बताउन जरुरी छ कि, जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्व बनाउछ । यो पनि बुझेकी छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छटपटी बुझेकी छु । के म यति सरल विषय पनि नबुझुँला त ...

सरोगेट सान्नजी – कथाकार मुन्नु गौतम

सरोगेट सान्नजी – कथाकार मुन्नु गौतम
कथा न्यू माल जंक्शनको एकालासको प्लेटफार्ममा सिलगढ़ी पेसेन्जर रेलगाड़ी दलगाउँबाट आएर थामियो। म उत्रिएँ । साथमा उत्रिएको एक आदिवासी परिवार फटाफट हिँडेर यसरी स्टेशन नाघेर गए- मानौं एकैछिन त्यहाँ अड़िनु महापाप हो। धेरै परसम्म आँखा डुलाएर हेरिपठाएँ। अहँ ! कोही छैन। प्लेटफार्मको चिया पसलमा सस्तो पाइने खास्ता बिस्कुटसित चिया पिउन आउने धरि एकै जना छैन। त्यही पसले भने अघिल्तिर समाचार पत्र फिजाँएर उघिरहेक...

पूर्णविराम – कथाकार सीमा आभास

पूर्णविराम – कथाकार सीमा आभास
सीमा आभास हरेक घण्टा झैं राति ११ बजे घण्टाघरको घडी ब्युँझियो । मस्त निदाएका घरलाई एक्कासी ब्युँझायो । सडकमा लुकिचोरी चटपटाइरहेका केटाकेटीका जमातलाई सचेत गरायो । फेरि लाटो बनेर उभिरह्यो घण्टाघर । घडीको अलार्मले ऊ ब्युँझियो । यताउति हेर्यो । थोरै ब्युझिएको सहर फेरि निदायो । “कस्तो बेवारिसे भएर निदाइएछ कोही चिनेजानेका मान्छेले देखेका भए ... ! ” सम्हालियो । जिउ टक्टकायो । आङ तन्कायो । छेउको पर्खालम...

शिवजीको त्रिशूल – कथाकार राजेश विद्रोही

शिवजीको त्रिशूल – कथाकार राजेश विद्रोही
कथा शिवजीको मन्दिरबाट अचानक त्रिशूल हरायो । त्रिशूल कसरी हरायो ? कसले लग्यो ? कहाँ पुरयायो ? कसैलाई केही पत्तो भएन तर यसरी मन्दिरबाट अचानक त्रिशूल हराएपछि सहरवासी आतङ्कित भए । सहरको बीचमै एउटा चोकमा शिवजीको त्यो प्राचीन मन्दिर थियो । मन्दिरसँग जोडिएको एउटा किंवदन्ती प्रचलित छ । त्यो किंवदन्ती मात्र होइन, सहरवासीको आस्थासँग नछुट्टिने गरी गाँसिएको विश्वास पनि हो । विश्वासले भन्छ – शिवजीको त्यो त्र...

अर्को बिहान-कथाकार सन्जय तुम्बाहाङफे

अर्को बिहान-कथाकार सन्जय तुम्बाहाङफे
सञ्जय तुम्बाहाङफे हु.....! हु.......!! मध्यरातको चकमन्नलाई बिथोल्दै माकलुङ्गे डाँडाको ठुलो कटुसको बोटमा बसेर एकोहोरो कराइ रहेको हुचिलको अवाजले खेसेमा ब्युझिन्छिन्। खेसेमा ब्युँझिदा टाउको,ढाड,तिग्रा,देखि हातखुट्टा सम्मै चसक्क चसक्क दुखीरहेको थियो । दुखेका यी शरीरका सबै भागहरुमा ध्यानपुर्वक छाम्न थाल्छिन्। टाउकोमा निक्कै ठुलो चोट लागेको रहेछ। ढाडमा दुई ठाउँ नीलडाम। त्यसैगरि लुङ्गी नै छिचोलेर ति...

खजुरप्रसाद

खजुरप्रसाद
कथा यो पचास वर्षअघिको कथा हो । पूर्वी पहाडको एउटा विकट गाउँमा हलेँसी छात्रावास थियो । त्यस छात्रावासमा हामी त्यसै वरिपरि पाँच गाउँका भरखरै व्रतवन्ध भएका तन्नम विद्यार्थी मात्र बस्थ्यौँ । लाउरबाट पैसा कमाएर ल्याएका केही मनकारी सेतामगुरालिले तन्नम क्षेत्री बाहुनका सन्तानका लागि नै यो छात्रावास खोलिदिएका थिए । विद्यालय कै छेउको एउटा अलि हुनखानेको गोठमा यो छात्रावास खोलिएको थियो । हाम्रो व्यवस्थापन...