कथा – करालाइनी
किशोर गुरुङ
कथाकार किशोर गुरुङले बनाएको स्केच
विक्रम संम्वत २०१२ तिर धरान नुन बोक्नु झर्दा भोजपुर, हतुवा दुङबा, चिउरीबास हुदै धरान आईन्थ्यो ।म त्यतिबेला १७ बर्षको अल्लारे लक्का जवान थिएँ ।धरानको फुस्रेमा केही घरहरु भनाैं या सानो बजार थियो । त्यहीँबाट नुनको भारी बोकेर घर फर्किनु पर्थ्यो ।त्यतिबेला धरानमा वास बस्नु भनेको लगभग मृत्युुसँग जुहारी खेल्नु जस्तै मानिन्थ्यो ।धरानमा वास बस्यो भने औल...









