साताको तीन कविता-कवि बलराम तिमिल्सिना
२०४० सालबाट नेपाली साहित्यमा आएका सर्जक बलराम तिमिल्सीनाका कविताहरुले सधैँ सत्ताको बिरोध र समानताका निम्ति वकालत गरिरहेका हुन्छन प्रस्तुत छ साताको तीन कविता
पूँजीपतीको आत्मा
मजदूरभित्र पस्यो भने
पूँजीपतीको आत्मा
उसले अभिनय गर्न थाल्ने रहेछ
पूँजीपतीको
मजदूरले
पूँजीपतीको अभिनय गर्नु
संसारकै भद्दा अभिनय रहेछ
संसारकै कुरुप दृष्य रहेछ
यसरी भड्किएको मजदूर
मजदूरहरूकै लागि
पूँजीपतीभन्दा विषालु हुने रहेछ...









