साताको तीन कविता – कवि शान्ति लिम्बू
भर्खरै "थेम्सको लहरमा तमोरकाे स्पर्श" कविताकृति बजाारमा आएकाे छ कवि शान्ति लिम्बूको । समय चेतलाई निक्कै शक्तिशाली रुपमा प्रस्तुत गरिएका उनका कविताहरु एक कविले बाचि ल्याएको समयको गहकिलो दस्तावेज पनि हो । प्रस्तुत छ साताको तीन कविता ।
किन उस्तै छ तिम्रो र मेरो कहानी ?
आफू जलेर
अरुलाई शीतलता दिने पनि नभएका होईनन्
अरुलाई जलाएर
आगो ताप्ने पनि नदेखिएका होईनन्
आफू भोकै बसेर
आफ्नो का...









