अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट कयौँ मानिसको मृत्यु
जनवरी २० तारिख दिउँसो भएको विस्फोटमा सयौँ घरहरु ध्वस्त भएको र १७ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन। भत्किएका घरका भग्नावशेषबाट ५९ जनालाई घाइते अवस्थामा निकालिएको छ। घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढन सक्ने स्थानीय प्रहरीले जनाएको छ।
पश्चिमी घानाको बोगोसो र बावेडे सहरको बीचमा पर्ने अपाइते गाउँमा विस्फोटक पदार्थ भरिएको ट्रक मोटरसाइकलसँग ठोक्किँदा विस्फोट भएको हो। त्यहाँको रा...








