सरकार र विप्लव समूहको वार्ता सकारात्मक
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (आज) दुवै पक्ष वार्तामा बसेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए ।
सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक उन्मुख रहेको जानकार...








