दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान
दार्चुला, २६ साउन (रासस) : महाकाली नदीमा जयसिंह धामी ३३ बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता हुनुभएको थियो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग ज...









