इटालीका २० राज्यमा मास्क नचाहिने
कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दा युरोपियन देश इटालीले नसोचेकै स्थिति सामना गर्नुपरेको थियो । पहिलो लहरमा गरेका गल्ती सच्याउँदै इटालीले त्यसपछि कोरोनाविरुद्धको रोकथाम अभियान नै चलायो । यसै कारण कोरोनाको दोस्रो लहर चल्दा इटालीमा त्यति असर भएन । इटालियन सरकारले विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम र अनिवार्य भ्याक्सिन नीति लिएपछि यहाँ अहिले कोरोना नियन्त्रणमा छ ।
अहिले पनि संक्रमित र मृत्...









