शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो

शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो
काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले किट अभावले मंगलबारदेखि पीसीआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताए । हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ , उनले भने, अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।...

औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन, थप स्रोत–साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनका साथै बिरामीको चापलाई ख्याल गरी तत्काल अस्पतालहरुमा जनशक्तिको आपूर्ति गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार यस्तो अन्तरिम ...

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमित भएपछि १८ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अस्पताल भर्ना भएको केही दिनपछि शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिए...

अहिले कुनै पनि सरकारमा सहभागी हुन्नौँः महन्थ ठाकुर

अहिले कुनै पनि सरकारमा सहभागी हुन्नौँः महन्थ ठाकुर
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले कुनै पनि सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको यस्तो प्रतिक्रिया आएको हो । केन्द्रीय अध्यक्ष ठाकुरले ...

मलाई चाहिन्छ

मलाई चाहिन्छ
मोहनकृष्ण होमागाईं मलाई स्योस् र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिस्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको गजुर चाहिन्छ मलाई मम, ड्याड र सोम होइन माता पिता र ॐ चाहिन्छ मैले पितृबाट सिकेको छु त्यस्तै मृदुल भाषा चाहिन्छ तिमीले साडी र कोट फेरे केही छैन मलाई तर भाषा र संस्कृति फेर्न कहाँ पाइन्छ ? मलाई पर आश्रय र सभ्यताको ढोँग होइन स्वावलम्बी र...

गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो एक करोड

गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो एक करोड
गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचार प्रभावकारी बनाउन एक करोड रूपैयाँ सहयोग गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत् कोरोनासँग...

रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि

रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि
काठमाडौं । विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपियन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ । विश्वका १३ देशमा विक्री हुने मोबाइल फोन मध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताको रुपमा रियलमी देखिएको क्याना...

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अवधिमा ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट १७ हजार ६ सय २३ र एन्टिजेन विधिबाट ७ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २ सय ७१ जन...

देउवा, दाहाल र यादवले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान

देउवा, दाहाल र यादवले  नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान
काठमाडौँ । विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन असफल भएपछि विपक्षी नेताहरुले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न आज राष्ट्रपतिलाई आह्वान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले...

संसदीय दलको ह्वीप नाघ्यो नेपाल र खनाल समूहले, यी हुन् मत नदिने २८ सांसद

संसदीय दलको ह्वीप नाघ्यो नेपाल र खनाल समूहले, यी हुन् मत नदिने २८ सांसद
काठमाडौं, बैशाख २७ । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका थिए । संसदीय दलको ह्वीप विपरीत नेपाल र खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद आजको प्रतिनिधिसभा बैठक र मतदानमा अनुपस्थित भएका हुन् । अनुपस्थित हुने सांसदहरूः १. झलनाथ खनाल २. माधव नेपाल ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ...