वामदेवले खोले मनको कुरा, भने, ‘पार्टी विभाजन भए त्यसैमा सामेल हुन्छ’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मनको कुरा खोलेका छन् । आफ्ना प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आज सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले भनेका छन्, 'झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए म त्यसमै सामेल हुनेछु ।'
सुवेदीमार्फत गौतमले सार्वजनिक गरेको दोस्रो बुँदामा भनिएको छ, ‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले...









