छोरीलाई सन्तान नठान्दा…..
-खग प्रसाद चापागाई-
कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ सोमडिह गाउँकै दक्षिण पश्चिम भागमा गरिब दलित बस्ती छ । नेपाल–भारत सिमाको १ सय मिटर सेरोफेरोमै रहेको उक्त गाउँमा दर्जन हाराहारीमा टहरा छन् । ईट्टा र माटोले जोडेको पर्खालको एक कोठे घरमा सात सन्तान सँगै अकाला रैदास बस्छिन् । काखमा डेढ वर्षको छोरा बोकेकी उनको शरीर निकै दुब्लो छ । लाग्छ, उनको शरीरमा मासु नै छैन । हाड छाला ...









