दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री
काठमाडौं । स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । आज मन्त्री भएलगत्तै मनाङेले सपथ ग्रहण गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।
सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए ।
सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित...








