अधिवक्ता अर्याल भन्छन् : राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध २५ वर्ष कैद हुुने व्यवस्था छ

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सूचना फिर्ता लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज (बिहीबार) बहस गर्दै अर्यालले कार्यकारिणीद्वारा अनाधिकृत शक्तिको प्रयोग गरी अवरुद्ध पारिएको प्रतिनिधि सभा क्रियाशील बनाउने कानुनी उपाएहरू प्रस्तुत गरेका हुन् । उन...

समिर खान र आरुषीको अभिनयमा ’फुल सम्झेर रोए ’ भिडियो सहित

समिर खान र आरुषीको अभिनयमा ’फुल सम्झेर रोए ’ भिडियो सहित
काठमाडौं ः गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ । निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ । गीतको पुरा...

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेसले नेकपाको समूहसँग सहकार्य गर्ने नयाँ रणनीति लिएको छ । प्रदेश सरकारमा आफूलाई जसले मुख्यमन्त्री दिन्छ, त्यही समूहसंग सहकार्य गर्ने रणनीतिमा कांग्रेस लागेको हो । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।...

विप्लव समूहले राखेको बम डिस्पोज

विप्लव समूहले राखेको बम डिस्पोज
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको ...

सेनामा राधिका बनिन्, जंगल वारफेर तालिम लिने पहिलो महिला

सेनामा राधिका बनिन्, जंगल वारफेर तालिम लिने पहिलो महिला
काठमाडौं । नेपाली सेनामा इतिहास रच्दै पहिलोपटक एक महिला सिपाहीले प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पुरा गरेकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन्। नेपाली सेनाका अनुसार २०६९ सालमा सेनामा प्रदेश गरेकी सिन्धुपाल्चोक मेलम्चीकी थापाले सैन्य आधार तालिमपछि उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन्। ...

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश
बबिता शर्मा काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ । पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहल...

नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक
काठमाण्डौ , माघ १० । अपराध र अपराधी को गतिविधि समेटेर निमार्ण भएको नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक भएको छ । ”आरम्भ ” चलचित्रले अपराध र अपराधीको साम्राज्य तोडन चलचित्र आरम्भले एक प्रयास गरेको छ । मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल राजु लामा स्याङरुम रलक्ष्मी कुवर को सहनिर्माण अनि शंकर अधिकारी घायल को लेखन तथा निर्देशन चलचित्रमा रहेको छ । वियोगान...

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने
२२ जनवरी २०२१ हङकङ हङकङको काउलुन प्रदेशमा पर्ने याउ चिम मोङ जिल्लाभित्रका केहि उच्च संक्रमित इलाका यो हप्ताको अन्त देखि लक डाउनमा जाने भएको कुरा रिपोर्टले बताएकोछ। कोरोना भाइरसको संक्रमण गति भुसको आगो झैँ सल्किदै गरेको स्थिति छ हङकङमा । विभिन्न आवासीय गृहका हजारौं नागरिकले कोरोना परिक्षण गरिसकेका छ्न र सरकारले सम्पूर्ण संसाधन प्रयोग गरेर परिक्षण कार्यक्रम जारी राखेको छ। स्मरणीय छ हिजो बिही...

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस
२१ जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  ७  केस आयातित र ६३ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  ४७ केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने १...

नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने

नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
काठमाडौं, माघ ०८ । नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुन भएको छ । हिजो काठमाण्डौँमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नाम घोषणा गरिएको हो । घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक महाविर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी , के एस काफले लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैे चलचित्रका प्रस्तुतकर्ता रमेश बन गोसाई...