डा. डी.टी. सुजुकीको जेन दर्शन
रमेश के.सी.
जेन के हो ? प्रसिद्ध जापानी जेन गुरु डा डाइसेटज टैटारो सुजुकी भन्छन “एक पल्टमा उत्तरदिन सजीलो पनि हुन्छ, अफठयारो पनि छ, यो सजीलो छ कि जेन नभएको त्यहाँ केहि पनि छैन । म औला चलाउछु, त्यहाँ जेन छ । दिनभरी नबोली मौनतामा बस्छु, त्यहाँ जेन छ । प्रत्येक कुरा तिमी भन्छौ र गर्छौ, त्यो जेन हो । प्रत्येक कुरा तिमी भन्दैनौ र गर्दैनौ त्यहाँ जेन छ । बगैचामा फुल फक्रिरहेको वा जङलमा चराहरु कराएको त्यह...