विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज
काठमाडौँ । गायिका विनिसा पौडेलको स्वर रहेको ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको संगीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चाप...

मोरंगको सुनवर्षीमा उत्साहका साथ भक्का दिवस सम्पन्न

मोरंगको सुनवर्षीमा उत्साहका साथ भक्का दिवस सम्पन्न
बिराटनगर । मोरङको सुनवर्षी नगरपालिका वडा न -४ धोकरियामा ६ औं राष्ट्रिय भक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्द्रिय सदस्य जयप्रकाश राजबंशीले बताएका छन्। कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उ...

साताको तीन कविता- कवि प्रकाश थाम्सुहाङ्ग

साताको तीन कविता- कवि प्रकाश थाम्सुहाङ्ग
नेपाली साहित्यमा पचासको दशकमा उदाएका लेखक प्रकाश थाम्सुहाङ्ग आफ्नो लेखनीमा अत्यन्तै शालिन , शान्त र गहन अध्ययनको निम्ति परिचित छन् । पश्चिमेली साहित्यको गहिरो अध्ययन गरेका यी कवि आम पठक माँझ चुपचपाप लेख्न रुचाउने हल्ला भन्दा पर निरन्तर लेखन साधनामा रम्न रुचाउने लेखकको रुपमा परिचित छन् । उनका लेखनीले प्राणी र अस्तित्वका बिषयहरुलाई गहिरोरुपमा प्रस्तुत गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । म ब...

गैँडालाई चार वर्ष

गैँडालाई चार वर्ष
-बिलोक शर्मा वन्यप्राणी संरक्षण प्रकृतिप्रेमीहरूका निम्ति एउटा जल्दोबल्दो विषय हो। तथापि आम जनताको निम्ति चासोको विषय बन्न सकिरहेको छैन। यो वर्तमान समयको यथार्थ र गम्भीर समस्या हो। यही प्रसङ्गमा वन्यप्राणी संरक्षणमाथि आधारित ‘गैँडालाई चार वर्ष’ कथा पर्या साहित्यकार विजय हितानको गैँडा संरक्षणमाथि आधारित एउटा गम्भीर कथा हो। गैँडा संरक्षणमाथि रचिएको यस कथा मार्फत हितानले आम मानिसहरूका वैचारिक स्पन्द...

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक
काठमाण्डौं। पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको ‘ तिन ढिके फुली’ गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जन वाबुछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिकपनमा मायालु जोडी बीचको प्रेमको भावनालाई समेटिएको छ । भिडियोको निर्माता अर्जुन माङफाङ हुन। दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके ...

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक
काठमाण्डौं । गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ । जीवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ । दिप राज राईको छायाँकन , कृष्ण बावुको सम्पादन तथा देव बोहराको निर्देशन भिडियोमा रहेको छ । गीति मधुमासमा देव बोहराको फिचर...

अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक

अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक
काठमाण्डौं बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्लाको कुश्मा र बाग्लुङ जिल्लाको धार्मिक एवम पर्यटकीय स्थल बलेबाको रमणीय स्थानलाई समेटिएर गीत निर्माण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेक...

किराँत राई अर्गनाइजेसन अमेरिकाद्वारा यलम्बर साँझ सम्पन्न

किराँत राई अर्गनाइजेसन अमेरिकाद्वारा  यलम्बर साँझ सम्पन्न
सन्तोष राई, न्युयोर्क। यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क  च्याप्टरले उधौली साकेला,यलम्बर साँझ तथा  नयाँ बर्षको शुभकामाना आदान प्रदान कार्यक्रम भब्य मनाएको छ। उक्त कार्यक्रम न्युयोर्क स्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा  समाजको भवनमा जनवरी ६ तारीख शुक्रबार सम्पन्न भएको हो। सबैमा एकता,भाईचारा, सद्भाव कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद...

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियो...

साहित्यकार वियोगी काइलाको पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक

साहित्यकार वियोगी काइलाको पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक
काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् । यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । सहय...