साताको तीन कविता कवि-निर्मल तामाङ
कालेबुंग समालबोंग गाउँका कवि निर्मल तामाङ एक शक्तीशाली कवि हुन । आफ्नो पुस्ताबीच गहिरो रुपमा राजनितिक चेत राख्ने तामाङ कविताको क्षेत्रमा लामो रेसका घोडा हुन । उनको भर्खरै 'जब हावा चल्छ' कविताकृति प्रकाशित भएको छ । उनको कविताहरुले भारतीय नेपाली समाजको अवस्थालाई सुक्ष्मरुपमा बिश्लेषण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
रोटी
धेरै नै सेकाइयो भने चाहिँ
रोटी पनि डढछ।
त्यसपछि त हामी सबै जान्द...