क्रान्ति सुब्बा । हङकङ ।

मार्च ११ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९,३८१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:१८,८८८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १०,४९३
.आयातित केस संख्या : ४
.स्थानीय केस संख्या : बाँकी रहेका सबै
.पाचौं लहरबाट आएको कुल केस: ६३४,१६९

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : २,७०६
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,३५२
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : १९,३३२

पाचौं लहर
.पाँचौ लहरबाट मृत्यु हुनेको संख्या : ३,२३१
.मृत्यु दर : ०.५१%
.मृत्यु हुने पुरुषको संख्या : १,८१३
.मृत्यु हुने महिलाको संख्या : १,१२४
.पाचौं लहरमा मर्नेको उमेर: ११ महिना-११२ वर्ष
.बाल मृत्यु : १० वर्ष मुनिका ५ जना बालबालिका
.१८ वर्ष देखि ५९ वर्षको मृत्यु संख्या : १४४ (कुल मृत्युको ४.४६%)
.६० वर्ष माथीका मृत्यु संख्या : ३,०७८ ( कुल मृत्युको ९५.९%)
.८० वर्ष माथीका मृत्यु संख्या : २,२४७ (६९.५%)
.९०.७% मृतकले खोप लगाएका थिएनन वा एक डोज मात्र लगाएका थिए ।
.९२.४% मृतक ८० वर्ष भन्दा माथिका थिए जसले खोप लगाएका थिएनन वा एक डोज खोप मात्र लगाएका थिए ।
.दुई डोज  खोप लाएकाको मृत्यु दर: ०.०७%
.खोप नलगाएका वा एक डोज मात्र खोप लगाएकाको मृत्यु दर : १.८४%
.भ्याक्सिन लाउने र नलाउने बीच मृत्यु दर २६ गुना फरक पाइएको छ।
.८० वर्ष माथिका खोप नलाएका वा एउटा मात्र लाएकाको मृत्यु दर :११.७%। यदि दुबै खोप लगाएका छ्न भने मृत्यु दर ५ गुना कम हुन्छ।

मृत्यु विवरण
.मृत्यु संख्या : १९६  जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १४८
.दोस्रो  खोप लगाएका मृतक संख्या : १२
.एक खोप लगाएका मृतक संख्या : ३४
.तीन खोप लगाएका मृतक संख्या: २
.मृत्यु हुने मानिस: १२७ जना पुरुष ६९ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : २४ वर्ष देखि १०४ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ११३

.हस्पिटल अथोरिटिले पहिल्यै मृत्युवरण गरेका ९८ जना बिरामीको मृत्यु रिपोर्ट ढिलो प्राप्त गरेको थियो । ती मृतकहरु २८ फेब्रुअरी देखी ९ मार्च भित्रका थिए । ती मृतकहरु ३४ वर्ष देखि १०० वर्ष बीचका ५९ जना पुरुष ३९ जना महिला थिए । मार्च १० तारीख मृत्यु भएका २४ वर्षका पुरुष बंशानुगत रोगबाट पीडित थिए र रेसिडेन्सियल केयर होममा बस्दथे।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,७६०
.हाल क्रीटिकल बिरामीको संख्या : ७९
.सिरियस बिरामीको संख्या : ११२
.आइसियु रहेका संख्या : ७६

नर्सिङ होम र अपांग आश्रम
.पाँचौ लहरबाट हङकङका ७३१ वटा  नर्सिङ होम ( रेसिडेन्सियल केयर होम) का कुल सरदर २३,४०० निवासी  र ६,१०० कर्मचारीलाई  संक्रमित भएका छन।
.२५३ वटा  अपाङ्ग गृहका  सरदर ६,३८८ वासिन्दा र २,३५० जना कर्मचारी संक्रमित छ्न।
.आज थप ९ वटा नयाँ वृद्ध आश्रम (नर्सिङ होम) र ४ वटा अपांग आश्रममा संक्रमण फैलिएको छ। र ती दुबै आश्रमबाट आज संक्रमण हुनेको केस संख्या २९५ रहेको छ।  जसमा कुल मिलाएर २६२ जना वासिन्दा र ३३ जना कर्मचारी परेका छ्न।
.पाँचौ लहर शुरु भए यता रेसिडेन्सिएल केयर होमका  १,८९३ जनाले ज्यान गुमाउनेमा थप भए जसमा ६ जना मात्र अपाङ्ग गृहबाट परेका छ्न।


मार्च १० तारीख बिहीबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३१,४०२
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:२४,३९०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ७,००२
.आयातित केस संख्या : १०
.स्थानीय केस संख्या :२४,३८०
.पाचौं लहरबाट आएको कुल केस: ६०४,७८८

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : २,७०६
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,३५२
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : १९,३३२

.२,३५२ वटा केसको भेरिएन्ट टेस्ट गर्दा शुन्य डेल्टा भेटियो (डेल्टा नभेटिएको एक हप्ता भन्दा ज्यादा भयो हङकङमा )। ७७८ केसमा ओमिक्रोन भेटियो। १,५००  केसको नतिजा आएको छैन वा न्यून भाइरल लोड भएका कारण भेरिएन्ट निश्चित गर्न नसकिएको स्थिति छ।
.क्वुन तङ जिल्लाबाट आएको केस : १२.८%
.युन लङ जिल्लाबाट आएको केस : ९.६%
.शा तीन जिल्लाबाट आएको केस :  ९%

पाचौं लहर
.पाँचौ लहरबाट मृत्यु हुनेको संख्या : २,९३७
.एकै दिनमा २८१ जनाको मृत्यु पनि रिपोर्ट भएको थियो
.मृत्यु दर : ०.४९%
.पाचौं लहरमा मर्नेको उमेर: ११ महिना-११२ वर्ष
.बाल मृत्यु : १० वर्ष मुनिका ५ जना बालबालिका
.६० वर्ष माथीका मृत्यु संख्या : २,७९१
.८० वर्ष माथीका मृत्यु संख्या : २,०३१ (६९%)
.९०.७% मृतकले खोप लगाएका थिएनन वा एक डोज मात्र लगाएका थिए ।
.९२.६% मृतक ८० वर्ष भन्दा माथिका थिए जसले खोप लगाएका थिएनन वा एक डोज खोप मात्र लगाएका थिए ।
.दुई डोज  खोप लाएकाको मृत्यु दर: ०.०७%
.खोप नलगाएका वा एक डोज मात्र खोप लगाएकाको मृत्यु दर : १.७५%
.भ्याक्सिन लाउने र नलाउने बीच मृत्यु दर २५ गुना फरक पाइएको छ।

.पाचौं लहरको अवधिमा पिसिआर टेस्टबाट आएको संक्रमित संख्या :५३८,०००
.मार्च ७ तारीख सोमबारदेखि जारी भएको अन्लाईन प्लेटफर्मबाट प्राप्त भएको पोजिटिभको संख्या : ३४,७८४

मृत्यु विवरण
.मृत्यु संख्या : १८०  जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १२०
.दोस्रो  खोप लगाएका मृतक संख्या : २२
.एक खोप लगाएका मृतक संख्या : ३६
.तीन खोप लगाएका मृतक संख्या: १
.मृतक ज्येष्ठ नागरिकको संख्या : १६७ (६५ वर्ष माथिका)
.मृत्यु हुने मानिस: १२३ जना पुरुष ५७ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४७ वर्ष देखि ११२ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ९४

कम उमेरका मृतक
.एक ४७ वर्षकी महिला जसलाई ट्युमर भएको थियो ।
.एक ४८ वर्षका दीर्घ रोगी पुरुष जसलाई सारा शरीरमा संक्रमण भएको थियो ।
.मृत्यु हुने अन्यमा एक ४९ वर्षका पुरुष ,एक ५४ वर्षका पुरुष र एक ५९ वर्षकि महिला  थिइन। सबै मृतक दीर्घ रोगी थिए ।

.हस्पिटल अथोरिटिले पहिल्यै मृत्युवरण गरेका १०१ जना बिरामीको मृत्यु रिपोर्ट प्राप्त गरेको थियो । ती मृतकहरु ५२ वर्ष देखि १०३ वर्ष बीचका ५७ जना पुरुष ४४ जना महिला थिए ।

.डिस्चार्ज संख्या : ८७९ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ४०
.क्लोज कन्ट्याक्ट संख्या : ७०

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,३५०
.हाल क्रीटिकल बिरामीको संख्या : ७५
.सिरियस बिरामीको संख्या : १३०
.आइसियु रहेका संख्या : ७१

.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या :१२,५५४
.४,४५५ जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

नर्सिङ होम र अपांग आश्रम
.हङकङका ७७२ वटा  नर्सिङ होम ( रेसिडेन्सियल केयर होम) का कुल सरदर २२,०७० निवासी  र ५,८८० कर्मचारीलाई  संक्रमित भएका छन।
.२४८ वटा  अपाङ्ग गृहका  सरदर ५,९०० वासिन्दा र २,२२० जना कर्मचारी संक्रमित छ्न।
.आज थप १२ वटा नयाँ वृद्ध आश्रम (नर्सिङ होम) र ११ वटा अपांग आश्रममा संक्रमण फैलिएको छ। र ती दुबै आश्रमबाट आज संक्रमण हुनेको केस संख्या १९० रहेको छ।  जसमा १४४ जना वासिन्दा र ४६ जना कर्मचारी परेका छ्न।
.वृद्ध गृहका १,७२८ वासिन्दा  मृत्यु भैसकेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङका प्रीन्सिपल मेडिकल हेल्थ अफिसर डाक्टर अल्बर्ट आउले दैनिक प्रेस ब्रीफिङमा बोल्दै मार्च महिनाको शुरूवातमा यो महामारी चरम उत्कर्षमा पुगेको बताए । ५ र ६ तारीख मार्चबाट पुष्टि केसको संख्या घटदै गएको हो। संक्रमित केसको संख्याले ओरालो लाग्ने नियति समातेकोले यो लहर चुलिमा पुगेको ठहर भएको थियो । हङकङको सन्दर्भमा रयापिड एन्टिजेन टेस्टबाट वास्तविक संक्रमितको आँकडा आउने र यो उच्च नै रहने सोचिएको थियो । तर हालैको एन्टिजेन टेस्टबाट पनि केवल १०,००० केस मात्र संकलन भएको थियो । त्यसकारण आउले हङकङमा केस संख्याले अधोगती लिएको निस्कर्ष निकालेका थिए ।
अन्लाईनबाट पोजेटिभ पुष्टि भएकाहरुलाई पठाइएको क्वारेन्टाइन अर्डर अंग्रेजी भाषामा मात्र भएकोले यसले पुरयाएको असुविधा प्रति आउले क्षमा मागेका थिए । चाइनिज भर्सन यथाशीघ्र उपलब्ध हुने उनले बताए ।

तपाईको प्रतिक्रिया