क्रान्ति सुब्बा

अन्लाईन फारम भर्न तलको लिङ्कमा क्लिक गर्नु होस

https://application.tur.gov.hk/en/apply

हङकङमा महामारीको पाचौं लहरले डिसेम्बर देखि फेब्रुअरी सम्मको अवधिमा बेरोजगारी दरलाई ४.५ प्रतिशतमा पुर्याइदिएको छ। हालको तथ्यांक अनुसार १,५७,९०० जना मानिस बेरोजगार छन। र बढदो बेरोजगारले जनजीवनमा ल्याएको आर्थिक अस्तव्यस्ततालाई संबोधन गर्न सरकारले बेरोजगार अनुदान ल्याएको छ।
हङकङ सरकारले कोभिड–१९ महामारीको पाँचौं लहरका कारण रोजगारी गुमाएका मानिसहरूलाई हङकङ डलर  १०,००० ( US$1,279)  एकमुष्ट एक चोटिको लागि अनुदान स्वरुप  उपलब्ध गराउने अस्थायी बेरोजगार राहत योजना मार्च १८ तारीख घोषणा गरेको थियो ।

महामारी रोकथाम कोषबाट वितरण भएको छैटौं चरण अन्तर्गत यो राहत आएको हो। यो योजनाले अर्को काम नपाउन्जेल सम्मको अवधि भरी बेरोजगारलाई  केही हदसम्म  उनीहरूको आर्थिक तनाव कम गर्न सहयोग होस भनेर  ल्याइएको हो।
यो अस्थायी राहतको लागि सरकारले हङकङ डलर ३ अरब छुट्याएको छ। मुलतः यस बजेटले दुई समुहको कामदारलाई समेटदछ।  समुह १. पाचौं लहरको शुरूवातदेखि बेरोजगार भएकाहरुलाई । समुह  २. १३ क्षेत्रको व्यवसाय सरकारले बन्द गर्न लगाएपछि अल्पकालको लागि बेरोजगार भएकाहरुलाई ।

फुल टाइम (पूर्ण-कालिन) र पार्ट टाइम (अंशकालिन)  कर्मचारीहरू साथै निजि व्यवसाय चलाएर (self-employed) बसेका व्यक्तिहरूले पनि अनुदानको लागि आवेदन दिन सक्छन।

आवेदकहरूसँग वैध हङकङ परिचयपत्र हुनु पर्छ, सामान्यतया गत वर्ष अक्टोबर १ देखि हङकङमा बसोबास गरेको हुनुपर्छ र अक्टोबर १ का  दिन वा सो भन्दा  अघि १८ वर्षको उमेर पुगेको हुनुपर्छ ।

उनीहरूले गत वर्ष अक्टोबर १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा कम्तिमा एक महिना हङकङमा काम गरेको हुनुपर्छ। बेरोजगार हुनु अघि आवेदकको कुल मासिक तलब सामान्यतया $२,७०० र $३०,००० बीचमा रहेको हुनुपर्छ । र आवेदन पेश गर्न पुर्व आवेदक लगातार ३० दिनसम्म बेरोजगार रहेको  हुनु पर्दछ । वा लगातार ३० दिन उनीहरुको काम निलम्बित भएको हुनुपर्छ ।
आवेदकले आफू बेरोजगार भएको प्रमाणको रूपमा बर्खास्ती पत्रलाई पेस गर्न सक्छ। अनौपचारिक किसिमको काम गरेको मानिस कहाँ प्रामाणिक कागजात छैन भने उसले सोही अनुसारको विवरण आवेदन फारममा लेख्न सक्छ।

पोलिसी इनोभेसन एन्ड कोअर्डिनेसन अफिस प्रमुख डोरिस हो ( बीचमा )

मार्च १८ तारीख  शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै पोलिसी इनोभेसन एन्ड को-ओर्डिनेसन अफिसकि  प्रमुख डोरिस हो पुइ–लिङले बेरोजगार भएको समयमा आवेदकले क्याजुअल कामदारको रूपमा एक–दुई दिन काम गरेको अवस्था रहेमा उनको  निवेदन माथि विचार गर्न सकिने बताइन।
उनले निवेदन पाएको तीनदेखि चार साताभित्र अनुदान वितरण गर्ने सरकारको लक्ष्य रहेको बताइन ।

धेरै जसो आवेदनहरुलाई  आवेदकको एमपिएफ एकाउन्टमा भएको सूचनाको आधारमा प्रमाणित गरिन्छ उनले भनिन। र जसको एमपिएफ एकाउन्ट छैन उसले एउटा स्पष्टीकरण लेटर पेश गर्न सक्छन।

अथवा यदि निवेदकको एमपिएफ एकाउन्ट छ भने उसले आफू बेरोजगार भएको वा आफ्नो काम  निलम्बनमा परेको प्रमाण पेश गर्नु पर्दछ। यदि त्यस्तो कुनै प्रमाण नभएमा कहिलेबाट काम नभएको हो त्यसको विवरण सहित स्पष्टीकरण पेश गरिएमा त्यसलाई स्विकारिनेछ।
एमपिएफ नहुनेले आफू बेरोजगार भएको सिद्ध गर्ने अतिरिक्त प्रमाण पनि पेस गर्नु पर्दछ।

होले झुटो तथ्य पेस गर्नेहरूलाई फौजदारी अभियोग लाग्न सक्ने र उनीहरूको अनुदान खारेज गरिने बताइन।

बेरोजगार व्यक्तिहरू बाहेक यो योजनाले अनुसूचित परिसरमा काम गर्ने र क्याटरिङ व्यवसायका कर्मचारीहरूलाई पनि समेटछ । महामारीका कारण सामाजिक दुरिलाई  कडाइ गर्ने क्रममा केही समयको लागि बन्द भएका वा संचालनमा प्रतिबन्ध लागेका स्थलहरु जहाँका कामदारलाई उनीहरूका इम्प्लोयरहरूले  अल्पकालको लागि काम नगर्न अनुरोध गरेको छ भने  उनीहरुले  पनि यो राहतको लागि आवेदन दिन सक्छन। निजि व्यवसायी जसले महामारीका कारण व्यवसाय बन्द गर्ने आदेश पाएकोछ उसले पनि आवेदन दिनसक्छ । जस्तै रेस्टुरेन्ट , व्युटी पार्लर , जिम आदि ।तर हेयर सेलुनलाई पुन परिचालनमा आउने अनुमति दिइसकेका कारण उनिहरुले एप्लाइ गर्न पाउदैनन।

कम्प्रीहेन्सिव सोसल सेक्युरिटी एसिस्टेन्स (सीएसएसए – सोसल वेल्फेयर भत्ता )  वा कुनै पनि राहत कोष अन्तर्गत लाभान्वित भएकाहरू यो योजना लागि योग्य हुने छैनन।

आवेदनहरू यही  मार्च २३ मा खुल्नेछ र अप्रिल १२ मा बन्द हुनेछ।
यो राहत योजनाबाट करिब ३ लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ।

योग्य व्यक्तिहरूले यो योजनाको वेबसाइट मार्फत आफ्नो आवेदन पेश गर्न सक्छन वा तोकिएका पाँच वटा  सेवा केन्द्रहरूमा गएर सहयोग लिन सक्नेछन।

पोलिसी इनोभेसन एन्ड कोअर्डिनेसन अफिसले आवेदकहरूलाई आफ्ना आवेदनहरूमा सत्य, पूर्ण र सही जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ अन्यथा उनीहरू कानुनी कार्वाहीको भागिदार हुनसक्छ भनिएको छ।

सोधपुछको लागि
इमेल: [email protected]
हटलाइन नम्बर : 183 6128

  आधिकारिक वेबसाइटको लागि तल  क्लिक गर्नुहोस।
(https://www.tur.gov.hk/en/)


यो स्किमबारे सरकारको आधिकारिक वेबसाईटमा यस्तो भनिएको छ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले महामारीको पाँचौं लहरका कारण आफ्नो जागिर गुमाएका मानिसहरूलाई सहयोग प्रदान गर्न र अर्को काम प्राप्त नभइन्जेल उनीहरुको आर्थिक तनाव न्यून गर्न  महामारी नियन्त्रण कोषको छैठौं चरण अन्तर्गत अस्थायी बेरोजगार राहत (“योजना”) सुरु गरेको छ। यो राहत योजनाबाट लाभ प्राप्त गर्ने  व्यक्तिहरू निम्न बमोजिम छ्न:
(१) डिसेम्बर २०२१ को अन्त्यमा महामारीको पाँचौं लहर सुरु भएदेखि बेरोजगार भएकाहरू;  र

(२) सामाजिक दुरि सम्बन्धि मापदण्डहरुका कारण आफू काम गर्ने जग्गा बन्द भएपछि रोजगारदाताले केही समयको लागि काममा नआउन अनुरोध जसलाई  गरिएको छ। बन्द भएका जग्गा अन्तर्गत परेका परिसरहरू :

रोग रोकथाम र नियन्त्रण अध्यादेश क्याप्सन ५९९f अन्तर्गत नियमनमा परेका परिसरहरू जो हाल केहि समयको लागि बन्द  गरिएको छ।

.क्याटरिङ क्षेत्र (खानपान सेवाका परिसर) जसको सञ्चालन  निलम्बित छ वा संचालनमा संकुचन ( प्रतिबन्ध ) गरिएको छ।

फुल-टाइम (पूर्ण-कालिन) र पार्ट-टाइम (अंश-कालिन) कर्मचारी साथै निजि व्यवसाय संचालन गरेर बसेका व्यक्तिहरूले आवेदन दिन सक्छन। यो योजना अन्तर्गत प्रत्येक योग्य व्यक्तिलाई हङकङ डलर १०,०००(दस हजार ) एक पटकको निम्ति  अनुदान दिइनेछ।

योग्यता
कुनै पनि आवेदकले निजि हैसियतका आधारमा यस योजनाको लागि आवेदन दिनुपर्छ र निम्न लिखित सबै मापदण्डहरू पूरा गर्नुपर्छ :

(१) वैध हङकङ परिचयपत्र हुनुपर्छ

(२) १ तारीख अक्टोबर २०२१ मा वा सो भन्दा अघि उमेरले १८ वर्ष पुगेको हुनुपर्छ

(३) १ तारीख अक्टोबर २०२१ देखि आवेदन पेस गरेको मिति सम्मको अवधिभर हङकङ रेसिडेन्टको रूपमा हङकङमा बसेको हुनुपर्छ ।

(४) १ अक्टोबर २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्मको तीन महिनाको अवधिमा हङकङमा कम्तिमा एक महिना काम गरेको हुनुपर्छ र कुल मासिक रोजगारी  आम्दानी सामान्यतया हङकङ डलर २,७०० देखि हङकङ डलर ३०,०००को बीचमा रहेको हुनुपर्छ ।

(५) रोजगारी अवस्था:
कम्तिमा ३० दिन (आवेदन दिएको मिति सहित) लगातार बेरोजगार भएको हुनुपर्छ ;  वा

हालमा रोग रोकथाम र नियन्त्रण अध्यादेश क्याप्सन ५९९f द्वारा प्रतिबन्धित परिसरहरूमा कार्यरत हुनुपर्छ ।  उनको रोजगारदाताले काममा  नआउन अनुरोध गरेको हुनुपर्छ र आवेदन पेश गरेको दिन समेत गरेर कम्तिमा ३० दिन काम नगरेको समय पुग्नुपर्छ –

(i) महामारीको पाँचौं लहरका कारण तत्कालका लागि सञ्चालन स्थगित भएका निर्धारित १३ वटा क्षेत्र अर्थात परिसरहरू १. मनोरञ्जन खेल केन्द्र (amusement game center) २. नुहाउने ठाउँ(bath houses  ) ३. फिटनेस आउटलेटस(fitness outlets) ४. मनोरञ्जन स्थल (places of amusement ) ५. सार्वजनिक मनोरञ्जन स्थल (public entertainment venues) ६. पार्टी रुम(party rooms) ७. ब्यूटी पार्लर(beauty parlours) ८.क्लब वा नाइट क्लब (club or night club) ९.कराओके(karaoke establishment ) १०.माहजोङ-तिन काउ परिसर(mahjong-tin kau) ११.मसाज सेन्टर(massage establishment )१२. खेलकुद परिसर (sports facilities) १३. स्विमिङ पुल ( swimming pool)  वा

(ii) बारहरू, पबहरू वा रेस्टुरेन्टहरू क्याटरिङ परिसरहरु जसको सञ्चालनलाई निलम्बन गरिएको छ  वा प्रतिबन्ध गरिएको छ।

निम्न व्यक्तिहरू यो योजनाको लागि योग्य हुने छैनन:

(१) जागिर परिवर्तन गर्न वा सेवानिवृत्तिको कारण स्वेच्छाले जागिर छोडनेहरू

(२) आवेदन पेश गरेको दिन एक वा सोभन्दा बढी तलब आउने  काम भएकाहरू (३० दिन कुनै पनि किसिमको तलब आउने काम गरेको हुनुहुन्न)

(३) आवेदन दिएको समयमा कम्प्रीहेन्सिव सोसल सेक्युरिटी एसिस्टेन्स स्किम (सामाजिक सुरक्षा भत्ता ) लिइरहेकाहरू

(४) छैटौं चरणको एन्टि-एपिडेमिक कोषको निर्दिष्ट मापदण्डहरू अन्तर्गत लाभान्वित भएकाहरू

रोजगारी आयको परिभाषा र गणना

रोजगारी आय भित्र सबै ज्याला, भत्ता, कमिशन र बोनसहरू पर्दछ तर (i) गैर-आर्थिक लाभहरू, र (ii) रोजगार अध्यादेश (क्याप. 57) अन्तर्गत विच्छेद भुक्तानी र लामो सेवा भुक्तानीहरू यसभित्र पर्दैनन।   आवेदकहरूको रोजगारी आय अन्तर्गत एमपिएफ  (MPF)  वा संचय कोष (ORSO) हरू काटिएको होस वा नहोस उनीहरुको  सबै  किसिमको कामबाट उत्पन्न हुने आयलाई पनि  गणना गरि समावेश गरिनेछ।

यदि आवेदकको तलब  मासिक रूपमा भुक्तानी हुदैन भने (जस्तै दैनिक हाजिरामा काम गर्ने कामदार  ) वा तिनीहरूको मासिक आम्दानी अस्थिर छ भने उनीहरुको योग्यता जाच्न कुल मासिक आय सामान्यतया हङकङ डलर २,७०० देखि हङकङ डलर ३०,००० को बीचमा छ कि छैन भनेर मूल्याङकन गरिनेछ ।

आवेदन अवधि र अनुदान वितरणको लागि व्यवस्था

यो योजनाको आवेदन अवधि २३ मार्च बिहान ८:०० बजे देखि १२ अप्रिल ११:५९ बजे सम्म  जम्मा तीन हप्ता कायम रहनेछ। आवेदकले यो योजना अन्तर्गत पेश गरेका सम्पूर्ण जानकारी माग बमोजिम नै रहेको कुरा सुनिश्चित गर्नु पर्दछ जसले गर्दा  प्रारम्भिक प्रक्रियालाई अगाडि बढाउन सकियोस।

योग्य आवेदकहरूलाई एसएमएस सन्देश वा इमेलहरू मार्फत सूचित गरिनेछ (यदि इमेल ठेगाना आवेदकद्वारा प्रदान गरिएको छ भने )। आवेदकको योग्यता पुगेको खण्डमा निजले आवेदन पेश गरे पछिको तीन देखि चार हप्ता भित्र आफ्नो अनुदान रकम  प्राप्त गर्नेछन।

आवेदन विधि र पेस गर्नुपर्ने आवश्यक जानकारीहरु

आवेदकले आफ्नो जानकारी तथा कागजात पेस गर्न पुर्व राम्ररी जाँच गर्नु पर्दछ। आवेदन एक पटक पेश गरिसकेपछि त्यसलाई  फिर्ता गर्न वा संशोधन गर्ने अनुमति दिइने  छैन। जानकारी अपलोड गर्दा आवश्यक सपोर्टिङ डकुमेन्टहरु  स्क्यान गरेर अपलोड गर्नुपर्दछ  वा त्यस्ता कागजातहरूको अगाडिको भाग ठाडो पाराले खिचेर अपलोड गर्नुपर्दछ। कागजात जाचबुझ  प्रक्रियालाई अगाडि बढाउन स्क्यान गरिएका प्रतिलिपिहरू वा फोटोहरू स्पष्ट हुन जरुरी छ । बिशेष गरि अक्षरहरु स्पष्ट देखिने हुनुपर्दछ।

पूरक कागजातहरू

आवेदकहरूले आवेदन पेश गरेपछि यस योजना अन्तर्गत पठाइएका कुनै पनि एसएमएस सन्देशहरू र इमेलहरू (स्प्याम फोल्डरमा भएकाहरू सहित) तर्फ बिशेष  ध्यान दिनु पर्छ । यदि पेश गरिएका जानकारी अपूर्ण रहेको अवस्था भएमा सम्बन्धित आवेदकहरूले एसएमएस  वा ईमेल  प्राप्त गर्नेछन । र ती प्राप्त सूचना अनुसार उनीहरूले निर्दिष्ट मिति भित्र  सन्देशहरूमा उल्लेख गरिएका निर्देशनहरू अनुसार पूरक जानकारी प्रदान गर्नु पर्दछ।  यदि आवेदकहरूले तोकिएको समय भित्र पूरक कागजातहरू उपलब्ध गराउन असफल भएमा तिनीहरूको आवेदन प्रक्रियामा जाने छैन।

अनुदान प्राप्तिको लागि बैंक खाता

यो योजना अन्तर्गत अनुदान प्राप्त गर्न आवेदकले आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग गर्नुपर्छ।

अनुदान अटोपे मार्फत आवेदकको बैंक खातामा सिधै जम्मा हुनेछ। क्यास पेआउट स्किम २०२०(CPS) अन्तर्गत सफलपूर्वक हङकङ डलर दस हजार प्राप्त गरेका आवेदकको हकमा भने तेहि पहिला CPS भुक्तानी पाएकै  बैंक खातामा अनुदान जम्मा गरिनेछ।

क्यास पे आउट स्किम (CPS) को लागि भनेर पहिला आफ्नो विवरण  दर्ता नगएका आवेदकहरू वा क्यास पेवाउट स्किम (CPS) भुक्तानी प्राप्त गर्न पहिला खोलिएको बैंक खाताले मान्यता गुमाइसकेको स्थिति छ भने उनीहरूले आवेदन पेश गर्दा आफ्नो हङकङ परिचय पत्रको प्रतिलिपि, अनुदान लिने  बैंक खाता नम्बर र अन्य सान्दर्भिक सहायक कागजातहरू उपलब्ध गराउनु पर्छ।  (जस्तै मासिक बैंक स्टेटमेन्टको प्रतिलिपि, बैंक बुक वा एटीएम कार्ड जसमा संबंधित एकाउन्ट होल्डरको  नाम र खाता नम्बर देखिएको हुनुपर्छ )

आवेदन पेश गरेका आवेदकहरूको सुविधाको लागि सरकारले एउटा लिङ्क बनाउनेछ र त्यस  लिङ्कमा क्लिक गरेर आवेदनको स्थिति जाँच गर्न सकिनेछ । जसको लागि आवेदकले आफ्नो हङकङ परिचय पत्र नम्बर, जन्म मिति र मोबाइल फोन नम्बर लगाएर लग इन गरि आफ्नो दर्खास्तको स्थिति चेक गर्न सक्नेछन।

यदि आवेदकहरूले यस विषयमा कुनै पनि किसिमको  मद्दत लिन चाहन्छन भने उनीहरूले हटलाइन (१८३६-१२८) मार्फत १८ तारीख  मार्च २०२२ बाट अपोइन्टमेन्ट लिएर  र निम्न सेवा केन्द्रहरूमा जान सक्छन:

• Room 1501, 15/F, AT Tower, 180 Electric Road, North Point

• Unit 1805-06, 18/F, Wu Sang House, 655 Nathan Road, Mong Kok

• Unit 1606, 16/F, Futura Plaza, 111 How Ming Street, Kwun Tong

• Wan Tau Tong Neighbourhood Community Centre, Wan Tau Tong Estate, Tai Po

• 1/F, Yuen Long District Sports Association Jockey Club Complex, 8 Yuen Long Tai Yuk Road, Yuen Long

आवेदन दिने समय अवधि २३ मार्च देखी १२ अप्रिल २०२२ सम्म सर्भिस सेन्टर खोल्ने समय:

9 a.m. to 6 p.m. from 23 March to 8 April 2022

9 a.m. to 8 p.m. from 9 April to 11 April 2022

9 a.m. to 10 p.m. on 12 April 2022

अन्लाईन फारम

https://application.tur.gov.hk/en/apply

तपाईको प्रतिक्रिया