क्रान्ति सुब्बा

मे ६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १४४
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १८०
.कुल संक्रमित संख्या : १,२०६,०४१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३४४
.आयातित केस संख्या : २९ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११
.एयरपोर्टमा पत्ता लागेका ११ जना मध्येमा २ जना युकेबाट फ्लाइट नम्बर CX252 मार्फत आएका थिए । ३ जना सिंगापुरबाट फ्लाइट नम्बर SQ894 मार्फत ,३ जना स्पेनबाट फ्लाइट नम्बर QR818 मार्फत , एक जना एम्स्ट्रेडमबाट र एक जना क्यानाडाबाट फ्लाइट नम्बर TR300 मार्फत आएका थिए । अर्का एक जना यात्रु अष्ट्रेलियाबाट आएका थिए ।
. क्वारेन्टाइन अवधिमा पत्ता लागेको केस संख्या : १८

.नयाँगरि पुष्ठि भएका १४४ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २८
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २२
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ९४
.८४ केसको जिनोम अनुक्रम जाँच गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ७९ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल लोड यथेष्ट नभएपछि ५ वटा  केसको नतिजा अनिश्चित भयो।

.आजबाट किन्डरगार्टेन र हाइ स्कुल गरेर २,३०० वटा भन्दा बढी पाठशालाले फेस टु फेस कक्षा संचालन गरेको छ। विभिन्न २३ वटा स्कुलबाट २३ जना पोजिटिभ केस आएका छ्न आज । जसमा १५ जना  विद्यार्थी र ८ जना शिक्षक परेका छ्न। पोजिटिभ हुनेमा रयापिड एन्टिजेन टेस्ट मार्फत २२ जना पत्ता लागेको थियोे भने १ जना न्युक्लिक एसिड टेस्ट मार्फत पत्ता लागेको थियो जसमा  २ जना किन्डरगार्टनबाट, १४ जना  प्राइमरी स्कुलबाट र ७ जना सेकन्डरी स्कुलका  परेका थिए । २ वटा केस चाहिँ एउटै परिवारको परेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१३१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११
.औसत मृत्यु दर: ०.७६५%

मृत्यु विवरण
.सरकारी अस्पतालमा सोमबार  बितेका मृतक संख्या : ७
.एकजना महिला बिरामीको मृत्यु केहि समय अघि भएको थियो ।
.हिजो  मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला थिए ।
.३ जनाले खोप लगाएका थिएनन।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : १,०७५
.क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.डिस्चार्ज भएका बिरामीको संख्या : १०५
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा एक जना पोजिटिभ भएका थिए र १ जना क्लोज कन्ट्याक्टमा परेका थिए ।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,५५४
.निको भएर काम फर्किएका कर्मचारीको संख्या : २२,४२०

तपाईको प्रतिक्रिया