क्रान्ति सुब्बा

कोभिडसंग संबंधित क्रुप केस बच्चामा बढ्दो

हङकङका एक बाल रोग विशेषज्ञले आमाबाबुलाई कोविडबाट संक्रमित आफ्ना बच्चाहरूलाई हरबखत याद गर्न अनुरोध गरेका छन। हालै हङकङका अस्पतालहरूमा बच्चाको सास बहने नलि सुन्निएर सास फेर्न गाह्रो हुने रोग जसलाई  क्रुप भनिन्छ सम्बन्धि थप केसहरू र पोस्ट-कोविड कन्डिसन (कोभिड मुक्त भैसकेको अवस्थामा आउने प्रतिकुल स्थिति ) को सामना गरेका बच्चाहरु भर्ना हुने क्रम बढेको छ। यस्तो अवस्थामा पुगेका नानीहरूलाई अक्सर आइसियुमा राख्नु पर्ने हुन्छ । त्यसकारण आफ्नो बच्चालाई के भैरहेको छ भन्ने कुरालाई ख्याल गर्न सकियो भने बिपत्तिलाई रोक्न सकिने भएकोले विशेषज्ञले यस्तो अनुरोध गरेका हुन।

क्रुप भएका बच्चाहरूलाई सास फेर्न गाह्रो हुने गर्छ र समयक्रममा श्वास नली सुन्निनु थाल्छ जसले गर्दा श्वास बहने मार्गमा नै अवरोध खडा हुने गर्छ। फलस्वरूप सास फेर्दा ठूलो आवाज निस्कने र उच्च पिचको तीखो आवाज आउने गर्दछ।

डाक्टर क्वान

प्रिन्सेस मार्गरेट अस्पतालको बाल संक्रामक रोग एकाइका सल्लाहकार डाक्टर माइक क्वानको भनाइ अनुसार हरेक एक वा दुई दिनको अन्तरमा अहिले  अस्पतालमा  नयाँ क्रुप केस आइरहेका छ्न।

आफ्ना छोराछोरीहरू कोभिड-१९ बाट निको भइसकेपछि पनि उनीहरुको अवस्थालाई सचेतपुर्वक रेखदेख गर्नुपर्दछ भनेका छ्न उनले । कोभिड रोगबाट छुटकारा पाए पनि यसले ल्याउने उत्तर कोभिड असरबाट पीडित हुने संभावना त्यतिकै रहने गर्दछ। उत्तर कोभिड असर देखापरेमा आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

क्वानले कोभिड पुष्टि भएको दुईदेखि आठ हप्तापछि झण्डै ६० जना बालबालिकामा मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस-सी) पत्ता लागेको बताए।

एमआईएस-सीका बिरामीमा हुने केहि लक्षण हुन- उच्च ज्वरो आउनु, छालामा दाग देखिनु , आँखा गुलाबी हुनु र जिब्रो सुन्निनु (स्ट्रबेरी जस्तो जिब्रो हुनु )।

एमआईएस-सीले बिरामीको मुटु, मस्तिष्क, कलेजो र मृगौलामा असर पार्न सक्ने क्वानले बताए।

“यो एकदम गम्भीर अवस्था हो र यसले  जीवनलाई खतरामा पार्न सक्छ। र हङकङमा संक्रमित झन्डै आधा जस्तो बच्चाहरूलाई बाल चिकित्साको आइअसियुमा भर्ना गर्नुपरेको थियो र यस्ता बिरामीलाई उच्च-डोजको स्टेरोइड र इन्ट्राभेनस इम्युनोग्लोबुलिनका साथ उपचार गर्नु पर्दछ। ” उनले भने।

सौभाग्यवश, एमआइएस- सि भएका सबै बच्चाहरू राम्ररी निको भइरहेका थिए भन्दै विशेषज्ञले थपे- यद्यपि अस्पताल प्राधिकरणले रोगले कुनै दीर्घकालीन जटिलताहरू निम्त्याउँछ कि भनेर हेर्नको लागि फलो-अप सेवाहरू प्रदान गर्नेछ।

“यस अवस्थाले दीर्घकालीन फलोअपको माग राख्दछ र हामी हङकङ बाल अस्पतालमा यी बच्चाहरूलाई फलोअप गर्ने योजनामा ​​छौं।”

क्वानले आमाबाबुलाई आफ्ना छोराछोरीहरूलाई कोभिड विरुद्धको खोप लगाउन अपील गरे। एमआईएस-सीको लक्षण धेरैजसो खोप नलाएका बच्चामा देखापरेको पनि उनले  बताए।

यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकी एक
बालिकालाई दिनमा एक वा दुईपटक दृष्टिविहीन हुने गरेको उनले बताए ।

“यस किसिमको अस्थायी दृष्टिहिनताको अवस्था उनमा हरेक पटक लगभग १० देखि ३० सेकेन्ड सम्म रहेको छ, जसले उनको दैनिक जीवनलाई धेरै असर गरेको छ। यीनको अवस्थालाई मद्दत गर्न अहिले हामीले धेरै विशेषज्ञहरूसँग काम गरिरहेका छौं,” उनले भने।

डाक्टरहरूले उनको दृष्टिमा आएको समस्याको कारण पत्ता लाउन सकेका छैनन् । कोरोनाभाइरसले उनको केन्द्रीय स्नायु प्रणालीलाई असर गरेको हुन सक्ने शंका सम्म विशेषज्ञले गरेकाछ्न।

ती बालिका उनले अहिलेसम्म हेरेका २८८ जना संक्रमित  बच्चाहरु मध्ये एक हुन।


अगस्ट १७ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,७५७
.स्थानीय केस संख्या : ५,५६३
.पिसिआरबाट पुष्टि केस संख्या : २,१६७
.एन्टिजेनबाट पुष्टि केस : ३,३९६
.आयातित केस संख्या : १९४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८९ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ५४
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३८ जना । हङकङ आगमन भएको ४ देखि ७ दिनको अबधिमा यी केस समुदायमा पत्ता लागेका हुन। १३ वटा केस हङकङ भित्रिएको सात दिन पछि पत्ता लागेका थिए ।

.कुल संक्रमित संख्या : १,४३२,८३७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५८४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२६७,१०६

. ३ वटा नर्सिङ होमबाट ९ जना वासिन्दा २ जना कर्मचारी  र एउटा  अपांग आश्रमका १ जना वासिन्दा संक्रमित भएका थिए । दुबै गृहका ९४ वासिन्दाहरु क्लोज कन्ट्याक्ट् लिस्टमा परेका थिए ।

.४८ वटा स्कुलबाट ७४ वटा केस आएका थिए जसमा ७१ जना विद्यार्थी र २१ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण ४ वटा स्कुल एक हप्ताको लागि निलम्बनमा परेको थियो ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३७१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ५२ देखि ९६ वर्ष  बीचका २ जना पुरुष र २ जना महिला परेका थिए । ३ जना मृतकले खोपको तीन मात्रा लगाएका थिए । एक जना ५२ वर्षकि महिलाले एउटा पनि  खोप लगाएकी थिइनन् । उनी लिवर क्यान्सरबाट पीडित थिइन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,८७५

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ९
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ९
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३२ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३३
.आइसियुमा रहेकोे बिरामीको संख्या : १०
.गत २४ घन्टामा निको भएका बिमारी : २०६
.डिस्चार्ज भएका बिमारी :१७२
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ संक्रमितको संपर्क आएका मानिसको संख्या : ६
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :१०१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :३६

२७ महिनाको खोपहिन संक्रमित बालकको अवस्था अहिले खतरा मुक्त भएको छ।   ५ वर्ष ९ महिनाकी नावालिकाको अवस्था भने क्रीटिकल नै छ ।

तपाईको प्रतिक्रिया