न्युयोर्क, अमेरिका। कवि, संचारकर्मी, हङकङ खबर अनलाइनकी नेपाल संपादक सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा अमेरिकी सरकारद्वारा प्रदान गरिने “गलत सूचनाको पहिचान तथा व्यवस्थापन विधि “(Approaches to Identifying and Managing Disinformation) विषयक २१ दिने  कार्यशाला गोष्ठीको निम्ति छनौट भइ अमेरिका गएकी थिइन ।


उनले अमेरिकाको विभिन्न राज्य कोलोरडो,डेनभर आदिमा परिचालन भएको कार्यक्रम ज्यादै फलदायी रहेकोे बताइन् । नेपाल फर्कनु पुर्व ऊनीसंग न्युयोर्क स्थित किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा यही सेप्टेम्बर १ तारीख एक अन्तरक्रिया कार्यक्रम हुने भएकोछ।
स्थानीय समय बेलुकी ७ बजे सम्पन्न हुने उक्त कार्यक्रम ४०-०८, ७६ औं स्ट्रीट एल्महर्स्ट न्युयोर्कमा हुने भएको छ।

तपाईको प्रतिक्रिया