न्युयोर्क अमेरिका। गत अगष्ट २८, २०२२ का दिन न्यूयोर्कको क्वीन्स ब्रीज पार्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सदस्य संस्था बीच भाइचारा र आपसी सदभावलाई बढाउन एक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । भेटघाटका लागि उपयुक्त मौसम ग्रीष्म ऋतु भएकोले यो “फिप्ना समर पिकनिक-२०२२” (FIPNA Summer Picnic -2022) आयोजना गरिएको महासंघका महासचिव टोमा लामाले बताइन् ।

पिकनिकको उद्देश्यकोबारे जानकारी गराउँदै सम्पूर्ण अथितिहरुलाई महासचिव लामाले स्वागत गरिन। अनौपचारिकरुपमा भएको  पिकनिकमा सबै उपस्थित पाहुनाले खानपिन तथा नाचगान गरेर रमाईलो गरेका थिए ।

पिकनिकमा न्यूयोर्क शहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य एवं कलेज प्वाइन्ट सिभिक र ट्याक्सपेयरस एसोसियसनका अध्यक्ष नवराज केसी, जिल्ला सभा ३० का डेमोक्रेटिक नोमिनी (Democratic Nominee for Assembly District 30) स्टेवन रागा( Steven  Raga), नेपाल सरकार न्युयोर्क पर्यटन दुत प्रदिप श्रेष्ठ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका नव निर्वाचित केन्द्रीय अध्यक्ष मोहन वाईबा, हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा,  अधिकारका निर्देशक नर्बदा क्षेत्री, प्रवासी नेपाली मन्चका केन्द्रीय अध्यक्ष कृष्ण लामिछाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ,  प्रवासी नेपाली एकता मन्चका केन्द्रीय अध्यक्ष टेक गुरुङ, दर्शन नेपाली समाज अमेरिकाका अध्यक्ष मिलन कुमार शाही, वर्ल्ड कनेक्सन युएसएका अध्यक्ष एवं गायक आङगेलु शेर्पा, नेपाल भिजन अमेरिकाका प्रमुख मोहन श्रेष्ठज्यु र परिवार, प्रवासी नेपाली मन्च न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिङदेल , नेपाल आदिवासी जनजाति महासंघ नेपालका पुर्व उपाध्यक्ष डण्ढु डोकप्या, तामाङ सोसाइटी अफ नर्थ अमेरिका निवर्तमान अध्यक्ष लक्यान लामा, सयुक्त राष्ट्रसंघमा कार्यरत किरण पौडेल, व्यवसायी पासाङ शेर्पा, दावा शेर्पा, समाजसेवी एवं एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष बिष्णु राना मगर र रिजउडका व्यवसायी देउराली वायरलेसका किशोर श्रेष्ठ लगायतका रिजउडका व्यक्तित्वहरु, न्यूयोर्कका अत्यन्तै लोकप्रिय समाजसेवी केशब राम राई तथा थुप्रै व्यवसायी, संघसंस्थाका प्रतिनिधि एवं व्यक्तित्वहरु उपस्थित भएका थिए ।

“फिप्ना समर पिकनिक-२०२२”(FIPNA Summer Picnic -2022) कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको गुणात्मक उपस्थिति रहेकोेले यो जमघट सफल र सार्थक भएको टिप्पणी महासंघका अध्यक्ष राज कुमार बिष्टले गरे ।

फिप्नाका संघीय परिषद सभामुख सुवर्ण  कुमार शाक्य, उपसभामुख गोमा योन्जन, फिप्नाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरुमा लिला राई, निर्मल प्रधान, फिप्नाका निर्वतामान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङ, फिप्नाका पुर्व महासचिवहरुमा प्रेम गुरुङ, दिपेस लिम्बु, फिप्ना सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको र अन्य फिप्नालाई नजिकबाट माया गर्ने समाजसेवीहरुको पनि उपस्थिति थियो ।

पिकनिक कार्यक्रममा गायक आङगेलु शेर्पा, गायक एवं फिप्नाका सभामुख शुवर्ण कुमार शाक्य र गायिका एवं फिप्नाका उपसभामुख गोमा योञ्जनले गीत प्रस्तुत गरी पिकनिकको माहोललाई रमाइलो बनाएका थिए । डीजेमा डीजे जाङबुले साथ दिएको थियो । उपस्थित सबैजनाले डीजेमा पनि नृत्य गरी रमाइलो गरेका थिए ।

यस फिप्ना पिकनिकलाई सफल पार्नको लागि फिप्नाका सल्लाहकार लिला राई, बुद्ध ट्याक्सका प्रबन्धक पशुपति श्रेष्ठले ब्यानर र टिकट प्रायोजन गरेका थिए भने अन्य प्रिन्टिङ मसलन्दको स्पोन्सर फिप्नाका सभामुख सुवर्ण कुमार शाक्य लगायतका व्यक्तित्वहरुले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया