अमेरिका। कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखाको तदर्थ समिति गठन भएको छ ।

तदर्थ समितिका सदस्यहरूमा  कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।

   फिवनाको अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको एक भेटघाट र छलफल कार्यक्रमबाट उक्त निर्णय भएको थियो । तदर्थ समितिले यथाशीघ्र औपचारिक  भेलाको आयोजना गरेर  कार्य समितिलाई पुर्णता दिने भएको छ।

फिवनाको शाखा बिस्तारको यो परिकल्पना संस्था स्थापना अर्थात सन् २०११ देखि नै तय भएको थियो । बिबिध परिस्थितिका बाबजुद यो संकल्पले पहिलो पटक  मूर्तरूप लिने क्रममा छ । यसपछि आगामी दिनहरूमा अन्य बिभिन्न राज्यमा यसका शाखाहरू बिस्तार गर्ने संस्थाको कार्ययोजना रहेकोे छ ।

कार्यक्रममा  न्यूयोर्कबाट संस्थाकि अध्यक्ष इन्दिरा चोङबाङ र सकृय सदस्य दय शान्ति जिरेल र मच्छे गुरूङको सहभागिता रहेको थियो भने मेरिल्याण्ड र नूयोर्क बीच पुलको काम संस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरले गरेकि थिईन् ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा नूयोर्कका प्रतिनिधीहरूले फिवना के हो, किन गठन भयो, अहिले के कस्ता गतिबिधीहरू गरिरहेका छन् र भबिष्यमा यसले के कस्ता गतिबिधीहरू गर्नेछन् भन्ने बिषयमा स्पष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया