न्यूयोर्क । गत जनवरी ८ तारिख, २०२३ आईतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को “बार्षिक साधारण सभा तथा संघीय परिषद बैठक” न्यूयोर्क स्थित फिप्ना कार्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारणसभा तथा संघीय परिषदको बैठकमा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको  पहिलो सत्रको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ  अमेरिका (फिप्ना) का अध्यक्ष राज कुमार बिष्टले गरेका थिए । पहिलो सत्रमा उपस्थित जनलाइ  फिप्ना महासचिव टोमा लामाले सिंगो   कार्यक्रमको रुपरेखाबारे जानकारी दिदै थालनी गरेकी थिइन । लामाले १७औं वर्ष पार गर्दै गरेको यो समयमा फिप्नाले नेपाली डायस्पोरामा पृथक गरिमामय पहिचान बनाएको र आवश्यक परेमा आफ्नो औचित्य पुष्टि गर्न  फिप्नाले हरबखत तत्पर रहेकोे बताइन।
फिप्नाका उपाध्यक्ष माया लामा ह्रयोल्मोको स्वागत रहेको पहिलो सत्रमा  फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू र सदस्य संस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सल्लाकार प्रदिप परियार थापाले मन्तव्य राख्नेक्रममा आफू नेपाल देखी नै लामो समय आदिवासी मुद्दा तथा आदिवासी हकअधिकारको विषयमा काम गर्दै आएको र  अमेरिका आएर पनि पत्रकारिताका अलावा आदिवासी विषयक मुद्दालाई नै निरन्तरता दिदै आएको बताए  ।

फिप्नाको उतारचढावयुक्त पललाई नजिकबाट नियालेको भन्दै उनले समय अनुसार आदिवासीको हकअधिकार , पहिचान र विकास सम्बन्धि  काम गर्दै गएर जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण पनि गदै जानुपर्दछ भन्ने कुरामा जोड दिए ।
यसै गरी लामो समयदेखी आदिवासी हक अधिकार तथा विकासमा समर्पित अमेरिकाका लोकप्रिय समाजसेवी एवं न्यूयोर्कको लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत केशव राम राईले फिप्नाको १७औं स्थापना दिवसमा फिप्नाले सम्मान गरेको कुरालाइ स्मरण गर्दै भने  “यो सम्मानले ममा अझ बढी जिम्मेवारी थपेको महसुस  गरेको छु । फिप्नाको स्थापना कालदेखी हालसम्म मैले निरन्तर नजिक रहेर काम गरिरहेको छु। आगामी दिनहरुमा कमी हुन नदिई अझ बढी जिम्मेवारीकासाथ सहयोग गरिरहने छु ।”

यसै गरी उपस्थित सदस्य संस्थाका अध्यक्षहरुले सल्लाह सुझाब सहितको शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष राज कुमार बिष्टद्वारा पहिलो सत्रको समापन भएको थियो ।

दोस्रो सत्र फिप्ना संघीय परिषदका सभामुख शुर्वण कुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।  बैठकमा संघीय परिषदका सदस्यहरु, कार्यसमितिका पदाधिकारी, फिप्ना आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकका प्रस्तावित बिषयका बुँदाहरु निम्नानुसर थिए –  १. फिप्ना बार्षिक समीक्षा  २. वर्तमान चुनौतीहरू  ३. आर्थिक ब्यवस्थापन  ४. बार्षिक कार्य प्रगति प्रतिवेदन  ५. बार्षिक आर्थिक प्रतिवेदन  ६. भावी नीति तथा कार्यक्रम ।

बैठकमा महासचिव टोमा लामाले बार्षिक कार्य प्रगति प्रतिवेदन,  कोषाध्यक्ष तुल बहादुार तामाङले बार्षिक आर्थिक प्रतिवेदन  र अध्यक्ष राज कुमार बिष्टले भावी नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।


तपाईको प्रतिक्रिया