क्रान्ति सुब्बा,हङकङ । हङकङका कार्यकारी प्रमुख जोन ली र उनको श्रीमतीले हङकङेली जनतालाई लुनार नयाँ वर्षको शुभकामना व्यक्त गरेका छ्न। नयाँ वर्षको पुर्व सन्ध्यामा शुभकामना व्यक्त गर्ने क्रममा उनले हङकङवासीहरू खरायो झैँ लचिलो, निर्भीक र निरन्तरको सुधारमा उन्मुख रहन प्रयासरत रहने गुणले युक्त भएको बताए ।

“खरायो जिवन्तताको महान प्रतीक पनि हो, त्यसैले यो लुनार न्यू इयर हङकङको लागि एउटा नयाँ सुरुवात र नयाँ आशाको उदघोष हो।

“हाम्रो अर्थतन्त्रमा निरन्तर अभिवृद्धि आउनेछ र फेरि हङकङ  पर्यटकहरूले भरिभराउ हुनेछ ” लीले भने।

“यो नयाँ चन्द्र वर्ष चिनियाँ क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण चाड हो।

“यस वर्ष हामी पुष्प बजार( फ्लावर मार्केट )  घुम्न, नयाँ वर्षको किनमेल गर्न बाहिर निस्कन, परिवार र साथीभाइसँग भेटघाट गर्न र एक अर्कालाई यस पर्वको शुभकामना दिन, वसन्त पर्व (स्प्रीङ फेस्टिवल) को चहलपहलमा रमाइलो गर्न र उत्सव सम्बन्धि हर्षोल्लासमा सामेल हुन सक्छौं।

“मेरी श्रीमती र मेरो तर्फबाट सम्पूर्ण हङकङका  नागरिकहरूको यो खरायो वर्ष सुखद, स्वस्थ र आशिषित रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

स्मरण रहोस् चिनियाँ राशिअनुसार खारायो वर्ष जनवरी २२, २०२३ देखि फेब्रुअरी ९, २०२४ सम्म रहन्छ ।

तपाईको प्रतिक्रिया