क्रान्ति सुब्बा

हङकङ सरकारले दुई किस्तामा प्राप्त हुने गरि योग्य नागरिकहरूलाई दिइने ५,००० हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भौचरको वितरण सम्बन्धि विवरण सार्वजनिक गरेको छ। मार्च १० तारीख शुक्रबार  सार्वजनिक गरेको विवरण अनुसार स्थायी बासिन्दा र नव आगन्तुक अर्थात अस्थायी वासिन्दाले यही १६ अप्रिलमा ३,००० हङकङ डलर बराबरको पहिलो किस्ता प्राप्त गर्नेछन् र दोस्रो किस्ताको रूपमा बाँकी रहेको २,००० हङकङ डलर १६ जुलाईमा प्राप्त हुनेगरी वितरण गरिनेछ।
नव आगन्तुकको कोटिमा चीनबाट वन-वे पर्मिटमा आएर हङकङको परिचयपत्र लिएका अथवा हङकङ बस्ने अनुमति पाएका स्थायी वासिन्दाका आश्रित ( डिपेन्डेन्ट ) पर्दछ्न। वन-वे पर्मिटमा चीनबाट आएका वा परमानेन्ट रेसिडेन्टका डिपेन्डेन्ट बाहेकका अन्य अस्थायी वासिन्दाहरुले हङकङ डलर २,५०० बराबरको भौचर मात्र प्राप्त गर्नेछन् ।

पहिलो किस्ताको रकम गत वर्ष वितरण गरिएको भौचर कार्यक्रमको रजिष्ट्रेशन डाटा प्रयोग गरेर सरकारले संबंधित एकाउन्टमा आफसेआफ लगाइदिनेछ । अथवा यो भन्दा पहिला भौचर प्राप्त गर्नेको निजि विवरण सरकारसंग भएकोले पुन नाम दर्ता गर्नु पर्दैन । जसले अलिपे एचके,अक्टोपस,पे मि फ्रम एचएसबिसी ,ट्याप एन्ड गो र वीच्याट पे एचके भौचर प्राप्त गर्नका लागि प्रयोग गरेका छ्न उनिहरुले अप्रिल १६ अर्थात भौचर वितरण हुने दिन नै एसएमएस या त मोबाइल एपबाट भौचर प्राप्त भएको सूचना पाउनेछन् ।

गत वर्ष सफलपूर्वक दर्ता भएका अनुमानित ६४ लाख नागरिकले पहिलो किस्ता प्राप्त गर्नेछन् भनिएको छ। पहिला नै दर्ता भएको पेमेन्ट एकाउन्ट (डिजिटल वालेट) पहिलो किस्ताको रकमको लागि परिवर्तन गर्न पाइदैन । तर दोस्रो किस्ताका लागि नागरिकले एकाउन्ट बदल्न सक्छन् ।

पहिलो किस्ताको वितरण र प्रयोग विधि २०२२ को कन्सम्सन भौचर प्रोग्राम जस्तै हुनेछ। भौचर सबै स्थानीय खुद्रा पसल, खानपान (क्याटरिङ) क्षेत्र र सेवा प्रदायक उद्योग तथा व्यापारिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ, तर यो भौचरलाई नगदसंग साटासाट गर्न भने पाइदैन ।

यदि डिजाइनेटेड पेमेन्ट टुल एकाउन्ट अर्थात भौचर प्राप्त गर्ने एकाउन्ट हराएको छ वा एकाउन्टको बैध मिति  समाप्त भैसकेको छ भने नागरिकहरूले उनीहरूको रजिस्ट्रेसन इन्फरमेसन अनलाइनबाट या त  लिखित रूपमा वा २९ मार्च भन्दा पहिले अस्थायी सेवा केन्द्रमा गएर अद्यावधिक ( अप्डेट) गर्न सक्दछन्। तर भुक्तानी उपकरण ( पेमेन्ट टुल) भने बदल्न पाइदैन । कसैले  आफ्नो मुल ( ओरिजिनल) अक्टोपस कार्ड अक्टोपस कम्पनीलाई फिर्ता गरिसकेका छ्न भने तिनीहरूले अक्टोपस हटलाइनमा कल गरेर आफ्नो रजिस्ट्रेसनलाई अप्डेट गर्न सक्दछन्।

यसका अलावा विभिन्न अध्यागमन योजना अन्तर्गत हङकङमा बसोबासरत वा अध्ययनका लागि हङकङ आएका योग्य हङकङवासीले जम्मा २,५०० हङकङ डलर बराबरको भौचर प्राप्त गर्नेछन्।  र  पहिलो किस्ताका रूपमा १,५०० हङकङ डलर १६ अप्रिलमा र बाँकी रकम जुलाई १६ मा प्राप्त गर्ने छ्न। यस कोटामा रहेका लगभग एक लाख व्यक्तिहरू भौचर प्राप्तिका लागि योग्य हुने अपेक्षा सरकारले गरेको छ र  जसको लागत लगभग २५० मिलियन हङकङ डलर हुनेछ।

सरकारले  अस्थायी/स्थायी रूपमा हङकङ छोडेर  गैसकेका व्यक्तिहरूले भौचर प्राप्त गर्न नसक्ने स्पष्ट पारेको छ । यस कुराको अनुसन्धानको लागि सरकारले
कुनै पनि नागरिक तोकिएको मिति भन्दा अगाडि लगातार तीन वर्ष हङकङमा अनुपस्थित रहेको छ कि छैन जाच्नेछ। स्थायी रूपमा हङकङ छोड्छु भनेर अनिवार्य सञ्चय कोष ( एमपिएफ ) निकालेको छ कि छैन वा हङकङ परिचयपत्र हङकङ बाहिर रहेकोे बेला  जारी गरिएको हो कि होईन सरकारले बुझ्नेछ । यी तमाम कुरा बुझेपछि संबंधित व्यक्ति यो भौचर प्राप्त गर्न योग्य छ कि छैन भन्ने कुराको निष्कर्ष सरकारले निकाल्नेछ।

हङकङका अर्थ मन्त्री पल चान भौचरबारे जानकारी दिदै , मार्च १०, २०२३

यस उपभोग भौचर कार्यक्रमले यस वर्ष अर्थतन्त्रलाई ०.६ प्रतिशतले वृद्धि गर्नेछ भन्ने अपेक्षा सरकारको रहेको  छ । नागरिकहरूले स्थानीय ट्राभल एजेन्सीहरूको व्यापार वृद्धिमा टेवा पुर्याउन ट्राभलसंग संबंधित उत्पादनहरू खरीद गर्न भौचरहरू प्रयोग गर्न सक्दछन्। विगत तीन वर्षमा उड्डयन र पर्यटन उद्योगहरूले कठिन समयको सामना गर्नुपरेको यथार्थलाई स्मरण गरेर सरकारले यस्तो सुझाव दिएको हो। नागरिकहरुले स्थानीय ट्राभल एजेन्सीहरूमा खर्च गरेमा तत उद्योगले पुनर्जीवित हुने अवसर मात्र पाउदैन सिंगो हङकङको अर्थव्यवस्थाको पुनरुत्थानमा पनि योगदान पुग्न सक्ने सरकारको ठहर छ। अक्टोपस कार्ड प्रयोगकर्ताहरूले बाँकी ब्यालेन्स प्राप्त गर्नु अघि नै भौचरको पहिलो किस्ताको सिरिखुरी रकम जुन महिनाको ३० तारीख भित्र सिध्याउनु पर्ने कुरा सरकारले स्मरण गराएको छ। जसको अर्थ हो १६ जुलाईमा दोस्रो किस्ता प्राप्त गर्नका लागि जुन महिना ३० तारीखभित्र पहिलो किस्ताको सम्पूर्ण रकम प्रयोग गरिसक्नु पर्नेछ। अन्यथा अर्को महिना अर्थात अगस्टको १६ तारीख सम्म दोस्रो किस्ताको लागि प्रतीक्षा गर्नुपर्ने छ।

उपभोग भौचरको प्रयोग र कभरेज गत वर्षको सीभीएस(कन्सम्सन भौचर स्किम) जस्तै रहेको छ। भौचरलाई  स्थानीय खुद्रा पसल , खानपान ( क्याटरिङ) र सेवा प्रदायक आउटलेटहरू वा उनीहरूको अनलाइन प्लेटफर्महरूमा प्रयोग गर्न सकिन्छ। भौचरलाई सरकारी शुल्क तिर्न, जनोपयोगी सेवा संस्थानका शुल्क तिर्न( पानी बिजुलीको बिल), व्यक्ति-व्यक्ति बीच भुक्तान गर्न र नगदमा रुपान्तरण गर्न आदि लागि प्रयोग गर्न सकिँदैन। पुर्ण विवरणको लागि सीभीएस वेबसाइटको भ्रमण गर्न सकिन्छ ।
(www.consumptionvoucher.gov.hk)

वितरणको समय सारिणी र व्यवस्था

१८ वर्ष वा सोभन्दा बढी उमेरका प्रत्येक योग्य हङकङका स्थायी वासिन्दा  र भर्खर हङकङ आएका अस्थायी बासिन्दाले दुई किस्तामा कुल ५,००० हङकङ  डलर बराबरको नगद भौचर प्राप्त गर्नेछन्। हङकङमा रहेका डोमेस्टिक हेल्परले भने यो भौचर पाउदैनन् ।

उपभोग भौचरहरू छिटो वितरण गर्न सरकारले गत वर्षको उपभोग भौचर योजना (सीभीएस) अन्तर्गत दर्ता भएको डाटालाइ नै प्रयोग गरी हङकङ डलर ३,००० बराबरको भौचरको पहिलो किस्ता वितरण गर्नेछ।

. गत वर्ष अलिपे एचके, बीओसी पे,  एचएसबीसीको पेमी, ट्याप एण्ड गो वा वीच्याट पे एचकेबाट भौचर संकलन गरेका व्यक्तिले सोही एकाउन्ट मार्फत १६ अप्रिलमा ३,००० हङकङ डलर प्राप्त गर्नेछ्न। यो भौचर ३१ अक्टोबर भित्र संकलन गरिसक्नु पर्नेछ  । बाँकी २ हजार हङकङ डलर बराबरको दोस्रो किस्ता १६ जुलाईमा वितरण गरिनेछ । १६ जुलाईमा प्राप्त भएको दोस्रो किस्ताको रकम अर्को वर्षको जनवरीभित्र खर्च गरिसक्नुपर्ने छ।

.गत वर्ष भौचर प्राप्त गर्न अक्टोपस प्रयोग गरेका योग्य व्यक्तिहरूले अप्रिल १६ मा ३,००० हङकङ डलरको भौचर प्राप्त गर्ने छन् । उनीहरुले आफ्नो भौचर संकलन गर्न पब्लिक ट्रन्स्पोर्ट फेयर सब्सिडी स्किम अन्तर्गत राखिएका सब्सिडी कलेक्सन पोइन्टहरुमा, तोकिएका सुविधाजनक स्टोर र सुपरमार्केट, अक्टोपस सर्भिस पोइन्ट वा अक्टोपस मोबाइल एपमार्फत पुरानै अक्टोपस कार्ड ट्याप गरी भौचर संकलन गर्न सक्नेछन्  । दोस्रो किस्ताको बाँकी २,००० हङकङ डलर १६ जुलाईदेखि वितरण गरिनेछ। दोस्रो किस्ता संकलन गर्नको निम्ति पहिला प्राप्त गरेको पहिलो किस्ताको सम्पूर्ण रकम खर्च गरि सक्नु पर्नेछ।

विभिन्न एडमिसन स्किम मार्फत हङकङमा बस्न वा हङकङमा अध्ययन गर्न आएका व्यक्तिहरूले आधा मूल्य मुल्य बराबरको अर्थात हङकङ डलर २,५०० को भौचर प्राप्त गर्नेछन्।  गत वर्ष सीभीएस अन्तर्गत दर्ता भएकाहरुले आफ्नो पहिलो किस्ता  १,५०० हङकङ डलरको भौचर अप्रिल १६ मा प्राप्त गर्नेछन् । दोस्रो किस्ताको रूपमा बाकी रहेको १,००० हङकङ डलर १६ जुलाईमा प्राप्त गर्नेछन् ।  वितरण र संकलन सम्बन्धि अन्य सम्पुर्ण व्यवस्थाहरू माथि उल्लेख गरे अनुसार नै हुनेछन् ।

भौचरको पहिलो किस्ता लिनका लागि नागरिकहरुले गत वर्ष कै स्टोर्ड भ्यालु फ्यासिलिटी (एसभीएफ) प्रयोग गर्नुपर्छ । अर्थात अक्टोपस पहिला प्रयोग गरिएको थियो भने यस पटक पनि त्यही प्लेटफर्म प्रयोग गर्नुपर्ने छ। तर जुलाई १६ मा प्राप्त हुने दोस्रो किस्ताको लागी भने तपाईंले आफ्नो भुक्तानी एकाउन्ट परिवर्तन गर्न पाउनु हुनेछ । अहिलेसम्म नाम दर्ता नगरेका नयाँ योग्य व्यक्तिहरूले कहिले कसरी नाम दर्ता गर्ने विवरण बारे सरकारले अर्को चरणमा जानकारी दिनेछ ।

भौचर संकलन गर्ने एकाउन्ट (एसभीएफ) अमान्य  भएमा  वा  अक्टोपस कार्ड हराएमा के गर्ने ?

सन् २०२२ को कन्सम्सन भौचर स्किम (सीभीएस) अन्तर्गत दर्ता भएका व्यक्तिहरूले सीभीएस वेबसाइटमा प्रदान गरिएको लिंकमार्फत पहिला दर्ता गरिएको आफ्नो भौचर संकलन गर्ने एकाउन्ट (एसभीएफ) को अवस्था बारेमा सोधपुछ गर्न सक्दछन्।

यदि रजिस्टर भैसकेको भौचर संकलन गर्ने व्यक्तिगत एकाउन्ट (एसभीएफ) अवैध भैसकेको छ, वा २०२२ मा भौचर प्राप्त गर्नका लागि दर्ता गरिएको अक्टोपस कार्ड हराएको /फिर्ता गरिसकिएको छ भने उनीहरूले १६ अप्रिलमा भौचरको पहिलो किस्ता प्राप्त गर्न निम्न च्यानलहरू मार्फत २९ मार्च वा त्यसभन्दा अघि आफ्नो रजिस्ट्रेसन रेकर्ड अद्यावधिक (अप्डेट) गर्न सक्दछन्:

. अनलाइन: सीभीएस वेबसाइटको यो लिङ्कमा (www.consumptionvoucher.gov.hk) गएर  रजिस्ट्रेसन रेकर्ड परिवर्तन गर्नसक्नुहुनेछ ।

. पोस्ट द्वारा : सीवीएस वेबसाइटबाट “एप्लिकेसन फर्म फर एमेन्डमेन्ट अफ रजिस्ट्रेसन इन्फर्मेसन ” डाउनलोड गर्नुहोस्, वा फारम प्राप्त गर्न 18 5000 मा कल गर्नुहोस्, र वैध हङकङ परिचय पत्रको प्रतिलिपि साथमा राखी  पुर्ण रूपमा भरेको फारम  निम्न ठेगानामा पठाउनोस –  Consumption Voucher Scheme Secretariat, GPO P.O. Box 185000, Hong Kong” “कन्सम्सन भौचर स्किम सेक्रेटेरियट , जीपीओ पी.ओ. बक्स 185000, हङकङ” । यदि हङकङमा पोस्ट गरिएको हो भने कुनै हुलाक टिकट टाँस्नु आवश्यक छैन (हुलाक सरकारले भुक्तानी गर्नेछ)।

. सेवा केन्द्र: कुनै एक अस्थायी सेवा केन्द्रमा गएर कर्मचारीको सहयोगमा आफ्नो एकाउन्टको जानकारी संशोधन गर्न सकिन्छ । हङकङ भरि आठ वटा अस्थायी सेवा केन्द्र रहेका छन् ,ती हुन वान चाइ,नर्थ पोइन्ट ,मंक कोक,क्वुन तङ,चुन मुन,सा तीन र ताइ पो। मार्च ११ देखि २९ तारीख सम्म सेवा केन्द्र बिहान ९ बजेदेखि साँझ ६ बजे (सोमबार देखि शनिबार) सम्म खुला रहने छ। आइतबार र सार्वजनिक बिदाका दिन बन्द हुनेछ। जनसमुदायले अग्रिम अपोइन्टमेन्ट लिएर पनि  सेवा केन्द्र जान सक्छन् ।  अपोइन्टमेन्ट लिने नम्बर हो-  18 5000

. यदि तपाईंले समयमा नै आफ्नो एकाउन्ट डिटेल अप्डेट गर्न सक्नु भएन भने पनि भौचर प्राप्त गर्न सक्नु हुन्छ।  तर अप्रिल १६ भन्दा पछि मात्र प्राप्त हुनेछ ।

जोय यु कार्डबारे

जोय यु कार्डका लागि आवेदन दिएकाहरूले, यदि आफ्नो अक्टोपस कार्ड अझै वैध छ भने उनीहरूले सीभीएसमा पहिल्यै दर्ता भएको अक्टोपस कार्ड प्रयोग गर्न सक्छन् तर  निजको अक्टोपस कार्ड भ्यालिड हुन जरुरी छ। यदि उनीहरूले अक्टोपस कार्ड फिर्ता गरिसकेका छन् भने  र २०२३ सीभीएस अन्तर्गत भौचरहरू प्राप्त गर्न जोय यू कार्ड प्रयोग गर्न चाहन्छन् भने उनीहरूले आवश्यक संशोधनको लागि अक्टोपस हटलाइन 2969 5588 मा कल गर्न सक्दछन्।


अस्थायी सर्भिस सेन्टरको ठेगाना निम्न बमोजिम रहेको छ।

  • 34th Floor, Revenue Tower, 5 Gloucester Road, Wanchai;
  • Room 1301, Baccarat Centre, 180 Electric Road, North Point;
  • Room 1834-1838, 18th Floor, Pioneer Center, 750 Nathan Road, Mongkok;
  • Room 1105, 11th Floor, View Center, 410 Kwun Tong Road, Kwun Tong;
  • 9/F, Chinachem Tsuen Wan Plaza, Tsuen Wan, 455 Castle Peak Road, Tsuen Wan;
  • Room 110, 1/F, Butterfly Beach Community Centre, 1 Wu Chui Road, Tuen Mun;
  • Room 2310, 23/F, Metropolis Plaza, 2 On Yiu Street, Shek Mun, Sha Tin; and
  • Meeting room of Tai Yuen Community Hall, Tai Yuen Estate, Tai Po.

तपाईको प्रतिक्रिया