न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भोइसेस अफ इमिग्रेन्ट वुमेन जर्नल (Voices of Immigrant Women  Journal ) को विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको बिमोचन गरेकी थिइन् ।


संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने संकल्प  भएकोले लामो समयपछि एउटा सपना पुरा भएको बताइन् । जर्नललाई पुस्तकाकारको रुपमा ल्याउनका लागि गरिएको जर्नी अफ द जर्नलको बिषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपुर्ण  र कठिन भएपनि सबै सदस्य दिदीबहिनीहरुको एैक्यवद्धता, प्रतिवद्वता र लगावका कारण सफल भएको बताउदै  यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्याउने ब्यवसायी लगायत सहयोगी मनहरू प्रति आभार प्रकट गरिन् । प्रथम प्रयास स्वरुप यो पुस्तक आएकाले यसमा भएका कमीकमजोरीहरू औल्याइदिइ आवश्यक सुझाव दिन सम्पूर्ण सहभागीहरुलाई अनुरोध गरिन् ।


अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा. प्रोफेसर रेजिता नायरले मेन्टल हेल्थ र चाइल्ड  साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन स्लेभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने ब्यक्तिहरू क्रमशः नेपालको लागि सद्भावना पर्यटन दुत न्यूयोर्कका केशबराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका (फिपना) का पूर्ब सभामुख बिनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई सम्मान गरिएको थियो । त्यसैगरि नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नबराज केसी, उर्जाशिल युवा दिपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामालाई पनि हौसला स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

बिभिन्न संघ संस्थाका प्रतिनिधीहरूको सहभागिता रहेकोे उक्त कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यसहित २० जनाले आजीवन सदस्यता लिएका थिए । आजीवन सदस्यताहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूष बीचमा भएको सामाजिक विभेद रहेको उल्लेख गर्दै उन्मुलन गर्नका लागि नयाँ पिडीहरू एक हुनुपर्ने बताइन् ।
संस्थाकी संस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडि बढ्न हौसला दिएको बताउँदै संस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । संस्थापक अध्यक्ष मगरले अगाडि भनिन् -“हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको विकास गरौं ।”

अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पोन्सरमा सद्भावना पर्यटनदुत तथा सामाजिक अभियन्ता केशबराम राइ र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष तथा सामाजिक अभियन्ता इन्द्र तामाङ गोल्ड स्पोन्सर, फिपनाका पूर्ब सभामुख बिनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बाबाट सिल्भर स्पोनसर स्वरूप संस्थालाई हौसला प्रदान गरेको घोषणा गर्दै  अध्यक्ष चोङबाङले कार्यक्रमको समापन गरिन् ।

तपाईको प्रतिक्रिया