रिपोर्टर्स क्लब अमेरिका
वाईवा टेक लामा

अमेरिकी नेपालीहरुको एउटा साझा संस्था नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एक वनभोज कार्यक्रम यही आउदो अप्रिल ३० तारीख २०२३ मा आयोजना गर्ने भएको छ। लस- एन्जलस स्थित आर्टेसिया पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने यस कार्यक्रममा यहाँ रहेका सम्पुर्ण नेपाली तथा संघ संस्थाका महानुभावहरुलाइ उपस्थितिको लागि च्याप्टरका अध्यक्ष मदन पाठकले अनुरोध गरेका छ्न।


सामाजिक सेवा र सामुदायिक हितका लागि समर्पित यस च्याप्टरले वर्षैपिच्छे यस्तो भेलाको आयोजना गर्दै आएको र यस वर्ष पनि निशुल्क हुने यो वनभोज भव्य पुर्वक सम्पन्न हुने कुरामा आफू ढुक्क रहेको अध्यक्ष पाठकले बताए । यस्ता कार्यक्रमले साउदर्न क्यालिफोर्नियावासी नेपालीहरुलाई एकताको शुत्रमा बाध्न प्रभावकारी ढंगले सहयोग पुगिरहेको अनुभव छ।

जनसम्पर्क समिति साउदर्न क्यालिफोर्नियाका अध्यक्ष मदन पाठकका अनुसार यो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरूबाट हजारौं संख्यामा नेपालीहरु  सहभागि हुन आउने बताए । वनभोज कार्यक्रमका संयोजक तथा जनसम्पर्क समिति अमेरिकाका संयोजक लोकनाथ तिमिल्सिनाका अनुसार नेपाली जनसंपर्क समितिको स्थापना चार दशक अघि नेपाली राजनीतिका महामानव विशेश्वर प्रसाद कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री भएको बेला भएको हो । यो संस्था तत्कालीन काङ्ग्रेसका प्रवासी सदस्यहरूलाई देश र पार्टीको हितमा एकजुट गर्ने उद्देश्य अनुरुप स्थापना भएको थियो ।


जनसंपर्क समिति नेपाली काङ्ग्रेसको समन्वय विभाग अन्तर्गत कांग्रेसको वैदेशिक भात्री संस्थाको रूपमा रहेको छ र यो समितिको प्रतिनिधिले पार्टीको महाधिवेशनमा सहभागी भई नेतृत्व चयन गर्ने भुमिका पनि निर्वाह गर्ने हैसियत राख्छ।
नेपालमा गएको महाभूकम्प, बाढी र कोभिड–१९ को महामारीको बेला अमेरिकाको विभिन्न राज्यमा गठित नेपाली जनसंपर्क समितिले पार्टीको आव्हान अनुसार     निरन्तर सहयोग गरेको पाठकले बताए।

जनसंपर्क समिति अमेरिकी कानून अन्तर्गत दर्ता भएको गैर-नाफामुलक संस्था हो। समितिले अमेरिकी भूमिमा लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, समानता र न्यायका लागि सामाजिक रूपमा काम गरिरहेको छ।
यो वनभोज कार्यक्रम संयोजक समितिमा कार्य बिभाजनका हिसाबले विभिन्न संयोजकहरु चयन गरिएको छ जसमा प्रमुख संयोजक लोकनाथ तिम्सिना, आर्थिक संयोजक अग्नि चौलागाईं, खाद्य संयोजक डिल्ली थापा र उपेन्द्र सापकोटा, खेलकूद संयोजक उत्तमजंग थापा र विवेक श्रेष्ठ रहेका छ्न।

तपाईको प्रतिक्रिया