क्रान्ति सुब्बा

हङकङ सरकारले यस वर्षको सुरुमा योग्य नागरिकहरूलाई दुई चरणमा ५,००० हङकङ डलरसम्मको इलेक्ट्रोनिक उपभोग भौचरहरू वितरण गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत सरकारले पहिलो चरणको पहिलो किस्ता स्वरुप हङकङका स्थायी वासिन्दालाई हङकङ डलर ३,००० बराबरको भौचर र गैर वा अस्थायी हङकङ वासिन्दालाई हङकङ डलर १,५०० बराबरको भौचर गत अप्रिल १६ तारीख वितरण गरिसकेको छ।

सरकारले दोस्रो चरणको दोस्रो किस्ता यही जुलाई १६ तारीख वितरण गर्ने भएको छ। यो दोस्रो किस्ताको वितरणबारे थप विवरण मे २९ तारीख सार्बजनिक गरेको थियो । जस अनुसार मे २९ तारीख १८ वर्ष टेकेका वा सो भन्दा माथीका उमेरका नागरिकले यो उपभोग भौचर प्राप्त गर्न योग्य हुनेछन् ।


फाइनान्सियल सर्भिसेज एण्ड ट्रेजरीका प्रिन्सिपल एएस रिकी चोङका अनुसार यस वर्षको उपभोग भौचर योजनाको वितरण मापदण्ड गत वर्षको जस्तै रहेको छ । भौचरको लागि योग्यता पुगेका नागरिकहरू १८ वर्ष वा सो भन्दा बढी उमेरका स्थायी बासिन्दा वा मुल भुमि चीनबाट हङकङ आएका नव आगंतुक हुन र उनीहरुले स्थायी रूपमा हङकङ छोड्ने मनसाय बोकेको हुनुहुन्न उनले स्पष्ट पारे।

अक्टोपस कार्ड प्रयोगकर्ताहरूले बाँकी ब्यालेन्स अर्थात दोस्रो चरणको भौचर  प्राप्त गर्नु अघि पहिलो किस्ता स्वरूप प्राप्त भएको पहिलो चरणको भौचर यही जुन महिनाको अन्त्य सम्ममा खर्च गरिसकेको हुनुपर्दछ। यदि पहिलो किस्ताको एक पैसा मात्र पनि बाकी रहेमा दोस्रो किस्ताको रकम झर्दैन। र दोस्रो किस्ताको भौचर भुक्तानीको लागी अगस्ट महिनाको १६ तारीख कुर्नुपर्ने हुन्छ।
दोस्रो किस्ता स्वरुप हङकङका परमानेन्ट आइडी होल्डर र मेनल्याण्ड चीनबाट आउने नव आगन्तुकले हङकङ डलर २,००० बराबरको भौचर प्राप्त गर्नेछन् भने अस्थायी वासिन्दा र अध्ययनका लागि वा विभिन्न एडमिसन स्किम जस्तै क्वालिटी माइग्रेन्ट एडमिसन स्किम अन्तर्गत हङकङ आएका योग्य व्यक्तिहरूले १,००० हङकङ डलर बराबरको भौचर यही जुलाई १६ प्राप्त गर्नेछन्।

गत वर्ष भौचर प्राप्त गरेका र दोस्रो चरणका लागि योग्य ठहरिएकाहरूले यो भौचर प्राप्त गर्न कुनै कदम चाल्नु पर्दैन। तर आवेदकहरुले आफ्नो भुक्तानी विधि परिवर्तन गर्न पाउनेछ्न। अर्थात तपाईंले प्रयोग गर्दै गरेको भुक्तानी प्लेटफर्म बदलेर अर्को भुक्तानी प्लेटफर्म प्रयोग गर्न सक्नुहुनेछ । उदाहरणको लागि अक्टोपस कार्डको सट्टा कुनै इ- वालेट जस्तै अलिपीएचके,बीओसी पे आदि प्रयोग गर्न सकिन्छ । अत: आफ्नो भुक्तानी एकाउन्ट परिवर्तन गर्न चाहनेहरूले जुन ५ देखि २७ तारिखसम्ममा भौचर योजनाको वेबसाइट वा अस्थायी सेवा केन्द्रमा गएर परिवर्तन गर्न सक्नेछन् ।

भौचर वितरणका लागि हाल सम्म ६ वटा भुक्तानी प्लेटफर्महरू स्वीकार गरिएका छन् । ती हुन अलीपेएचके, बीओसी पे, अक्टोपस, एचएसबीसीको पेमी, ट्याप एन्ड गो र वीच्याट पे एचके ।

नयाँ नाम दर्ता गर्नेहरुको हकमा

नयाँ योग्य आवेदकहरू र पहिला आफ्नो नाम दर्ता नगरेका योग्य आवेदकहरूले आफ्नो नाम दर्ता गरिसकेपछि यही जुलाई १६ तारीख प्रथम किस्ता र अक्टोबर १६ तारीख दोस्रो किस्ता प्राप्त गर्नेछन् ।

भौचरका लागि योग्यता पुगेका हङकङका स्थायी बासिन्दा र मुल भुमि चीनबाट आएका नव आगन्तुकले कुल हङकङ डलर ५,००० बराबरको उपभोग भौचर प्राप्त गर्नेछन् ।
अस्थायी वासिन्दा र अध्ययनका लागी वा विभिन्न एडमिसन स्किम जस्तै क्वालिटी माइग्रेन्ट एडमिसन स्किम अन्तर्गत हङकङ आएका योग्य व्यक्तिहरूले कुल २,५०० हङकङ डलर बराबरको भौचर प्राप्त गर्नेछन्।

आफ्नो नाम भौचरको लागि दर्ता गर्न चाहनेको योग्यता निम्न अनुसार हुन जरुरी छ।

.१८ वर्ष भर्खरै अर्थात मे २९ तारीख सम्ममा टेकेको हङकङवासी हुनुपर्दछ।

.भर्खरै अर्थात मे २९ तारीख भित्र हङकङको स्थायी परिचयपत्र प्राप्त गर्ने व्यक्ति

.मुलभुमी चीनबाट आएका नव आगन्तुक व्यक्ति

.हङकङमा पढ्न आएका विद्यार्थी वा विविध एडमिसन स्किम अन्तर्गत हङकङमा बस्ने व्यक्ति ।

कसैले स्थायी रूपमा हङकङ छोडेको प्रमाणित गर्न सरकारले मे २९ तारीखलाई आधार मानेर  निम्न मापदण्डलाई अपनाउने भएकोछ।

.आवेदक विगत ३६ महिना (३ वर्ष ) देखि हङकङमा अनुपस्थित रहेका छन भने उनीहरु अयोग्य सिद्ध हुनेछन् । ६५ वर्ष उमेर नपुग्दै स्थायी रूपमा हङकङ त्याग्छु भनेर आफ्नो अनिवार्य सञ्चय कोष (एमपीएफ) अग्रिम  निकासीको लागि आवेदन दिएकाछन् र प्राप्त गरेका छन भने उनिहरु अयोग्य सिद्ध हुनेछन् । यदि उनीहरुले सधैंको लागि हङकङ छोडेको होइन भन्ने ठोस प्रमाण पेश गर्न सकेको खण्डमा यो भौचरको लागि योग्यता हासिल गर्न सक्दछ्न ।

.उनीहरूको हङकङ आईडी कार्ड स्थानीय रूपमा हङकङ मै वा विदेशमा जारी गरिएको भन्ने पनि जाँच गरिनेछ।

.भविष्यमा उनीहरू हङकङ फर्कने सम्भावना कत्तिको छ, त्यसका सांकेतिक कारक तत्वहरु बिद्यमान छ्न कि छैनन् भन्ने बारे पनि अध्ययन गरिनेछ।

यस वर्षको उपभोग भौचर योजनाका लागि हालै योग्य भएका हङकङवासीहरूका लागि जुन ५ देखि २७ सम्म दर्ता खुला हुनेछ। यस योजना अन्तर्गत उनीहरुले अनलाइन वा यस अवधिमा खुल्ने नौ सेवा केन्द्र मध्ये कुनै एकमा गएर साइन अप गर्न सक्नेछन् ।

त्यसपछि उनीहरूले आफ्नो भौचर प्राप्त गर्न उपलब्ध निम्न ई-वालेटहरू मध्ये एक चुन्नु पर्दछ- अलीपेएचके, बीओसी पे, पेमी, ट्याप एन्ड गो, र वीच्याट पे एचके वा  अक्टोपस कार्ड।

नयाँ योग्य प्राप्तकर्ताहरूले आफ्नो भौचरहरू कहिले प्राप्त गर्नेछन् ?

नयाँ गरि नाम दर्ता गर्नेहरुको भुक्तानी समयसीमा भौचरको लागि पहिल्यै नाम दर्ता गर्नेहरुको भन्दा फरक हुनेछ र भौचरहरू प्राप्त गर्न कुन प्लेटफर्म छनौट गरिएको हो त्यसमा भर पर्दछ।

ई–वालेट हुनेले प्राप्त गर्ने तरिका  :

हङकङका नयाँ स्थायी बासिन्दा र मुल भूमि चीनबाट आउनेले जुलाई १६ मा ३,००० हङकङ डलर र अक्टोबर १६ मा बाँकी २,००० हङकङ डलर बराबरको भौचर प्राप्त गर्नेछन् । अस्थायी बासिन्दाले यही जुलाई १६ तारीख १,५०० हङकङ डलर बराबरको भौचरको पहिलो भुक्तानी प्राप्त गर्नेछन्, र बाँकी १,००० हङकङ डलर बराबरको भौचर यही अक्टोबर १६ तारीखमा प्राप्त गर्नेछन्। भौचरहरू फेब्रुअरी २९, २०२४ सालसम्म मान्य रहनेछन्।

अक्टोपस कार्ड हुनेले प्राप्त गर्ने तरिका  :

नयाँ गरि नाम दर्ता गर्नेहरूले जुलाई १६ मा उनीहरूको रेसिडेन्ट स्टाटस अर्थात हङकङ बसाईको हैसियतको आधारमा हङकङ डलर ३,००० वा हङकङ डलर १,५०० बराबरको पहिलो भुक्तानी पाउनेछन्। उनीहरूले आफ्नो पहिलो किस्ता खर्च गरिसकेपछि मात्र अक्टोबर १६ देखि बाँकी रहेको २,००० हङकङ डलर वा १,००० हङकङ डलर बराबरको भौचर पाउनेछन्। यदि पहिलो किस्ता खर्च गरिसकेको स्थिति नरहेमा उनीहरूले अर्को महिना अर्थात नोभेम्बरको १६ तारिखमा मात्र दोस्रो किस्ता प्राप्त गर्नेछन् । दोस्रो भुक्तानी प्राप्त हुने अन्तिम हदम्याद फेब्रुअरी १६, २०२४ साल रहेकोे छ। अक्टोपस कार्ड मार्फत भौचर संकलन गर्ने अंतिम मिति  ३० जून, २०२४ साल रहेको छ।


भावी वर्षहरुमा भौचर वितरण नियमित नहुने – मन्त्री चान

अर्थ मन्त्री पल चानले सार्वजनिक ढुकुटीमा आर्थिक भार परेकाले सरकारले आगामी वर्षहरुमा नियमित रुपमा उपभोग भौचर वितरण गर्ने सम्भावना नरहेको बताएका छन् । मे २९ तारीख सोमबार एक पत्रकार भेटमा उनले यस्तो अभिव्यक्ति दिएका हुन।

चानले करिब १३ अर्ब हङकङ डलर रकम यो नयाँ राउन्डको राहत हस्तान्तरण अन्तर्गत वितरण भएको बताए । यो राहत योजनाले आन्तरिक खर्चलाई प्रोत्साहित गर्ने र आर्थिक पुनरुत्थानलाई थप बढावा दिने विश्वास उनले व्यक्त गरेका थिए ।

अहिले महामारी नियन्त्रणमा आइसकेको र सीमाहरू खुलेपछि हङकङमा पर्यटकहरू भित्रीन थाली सकेको पनि उनले उल्लेख गरे।

भविष्यमा उपभोग भौचर सरकारले नागरिकलाई  हस्तान्तरण गर्ने कि नगर्ने भन्ने कुरा त्यसबेलाको आर्थिक र जीविकोपार्जनको स्थितिमा निर्भर पर्ने कुरा उनले बताए साथै यो योजनालाई नियमित तुल्याउन भने कठिन भएको उनले स्पष्ट पारे।

त्यसो त उपभोग भौचरको मुल उद्देश्य स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनु र कोभिड–१९ महामारीबाट प्रभावित नागरिकलाई राहत प्रदान गर्नु नै हो ।

भौचरको वितरण प्रणाली धेरै जटिल र बहिष्करणकारी भएको भन्ने आलोचना पनि गरिएको थियो। केहीले योग्यताको मापदण्ड धेरै प्रतिबन्धात्मक भएको र भौचरहरू अझ व्यापक रूपमा वितरण गर्नुपर्ने तर्क गरेका थिए ।

फाइनान्सियल सर्भिसेज एण्ड ट्रेजरीका प्रिन्सिपल एएस रिकी चोङले मे ३१ तारीख बिहान एक रेडियो कार्यक्रममा भौचरको यो दोस्रो राउन्ड वितरण गर्नु अघि योग्यताको पुन: जाँच गरिनेछ भनेका थिए । जसको अर्थ पहिलो राउन्डमा सफलपूर्वक हङकङ डलर ३,०००  प्राप्त गर्ने केही नागरिकहरूले दोस्रो चरणमा प्राप्त हुने हङकङ डलर २,००० प्राप्त गर्न अयोग्य पनि हुन सक्छन् ।


चोङका अनुसार सरकारले आवेदकहरूको योग्यताको मापदण्ड नाप्न उनिहरु उमेरले १८ वर्ष पुगेको छन वा छैनन र स्थायी रूपमा हङकङमा बसेका छ्न कि छैनन् भन्ने हेर्दछ । साथै उनीहरूले स्थायी रूपमा हङकङ छोडेका छन् वा छोड्न चाहन्छन् भन्ने कुराको पनि जाँच हुनेछ ।


आफ्नो नाम दर्ता गर्न चाहनेले यो वेबसाइटमा जानुहोला।


https://www.consumptionvoucher.gov.hk/en/registrants-new.html

आफ्नो भुक्तानी एकाउन्ट वा अन्य विवरण परिवर्तन गर्नु परेमा निम्न वेबसाइटमा जानू होला।


  www.consumptionvoucher.gov.hk

व्यक्तिगत रूपमा आफै  कुनै पनि अस्थायी सेवा केन्द्रमा गएर आफ्नो विवरण अदलबदल गर्न सक्नुहुनेछ । केन्द्र खोल्ने अवधि रहेकोे छ  जुन ५ तारीख देखि जुन २७ तारीख सम्म। ती केन्द्रको ठेगाना यस प्रकार छ।

Hong Kong Island

• 34/F, Revenue Tower, 5 Gloucester Road, Wan Chai
(MTR Wan Chai Station Exit A5 / MTR Exhibition Centre Station Exit B3)

• Unit 1202, 12/F, Olympia Plaza, 255 King’s Road, North Point
(MTR Fortress Hill Station Exit B)

Kowloon

• Units 1834-1838, 18/F, Pioneer Centre, 750 Nathan Road, Mong Kok
(MTR Prince Edward Station Exit B2)

• Unit D, 30/F, Legend Tower, 7 Shing Yip Street, Kwun Tong
(MTR Kwun Tong Station Exit B1)

New Territories

• Units 906 – 907, 9/F, The Octagon, 6 Sha Tsui Road, Tsuen Wan
(Near MTR Tsuen Wan West Station)

• Leung King Estate Community Centre, Leung King Estate, Tuen Mun
(LRT Leung King Stop)

• Tin Ching Community Hall, Tin Ching Estate, Tin Shui Wai, Yuen Long
(LRT Tin Yuet Stop)

• Unit 2310, 23/F, Metropole Square, 2 On Yiu Street, Shek Mun, Sha Tin
(MTR Shek Mun Station Exit C)

• Conference Room, Kwong Fuk Community Hall, Kwong Fuk Estate, Tai Po
(MTR Tai Po Market Station, take shuttle bus K18 to the terminus)

आवेदकहरुले करिब एक देखि दुई हप्तापछि एसएमएस नोटिफिकेसन मार्फत संबंधित विषयको नतिजा प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया