क्रान्ति सुब्बा

जुन २ तारीख अपरान्ह ५:१४ बजे प्रहरीले डायमण्ड हिलस्थित प्लाजा हलिउडको तेस्रो तल्लामा रहेको सिनेमा घर नजिकै चक्कु प्रहार भएको सूचना प्राप्त गरेको थियो। आक्रमणमा पर्ने एक २६ वर्षीय फङ हिउ–तुङ (स्टेफनी फङ) र अर्कि २२ वर्षीय लाउ काई–हेई ( वेन्डी लाउ) थिइन । ती दुइ लेस्बियन अर्थात समलिङ्गी रहेको चर्चा पनि मिडियामा आएको थियो । ती दुई महिला सपिङ गर्न त्यो मलमा गएका थिए । २६ वर्षीया युवतीलाई धारिलो जापानी सशिमी चक्कुले कम्तीमा ३४ पटक रोपिएको थियो । ३९ वर्षीय आक्रमणकारी संदिग्ध सेजो शिङ -क्वोङ नामका पुरुषलाई  घटनास्थलमै नियन्त्रणमा लिइएको थियो ।


दुबै जना घाइतेलाई युनाइटेड क्रिश्चियन अस्पतालमा उपचारको लागी लगिएको थियो जहाँ दुबै जनालाई मृतक घोषणा गरिएको थियो । प्रहरीले घटनास्थलबाट १२ इन्चको काचो माछाको मासु काट्ने  सशिमी चक्कु बरामद गरेको थियो  ।

दोस्रो तल्लामा हत्या गर्ने छुरी किन्दै आक्रमणकारी सेजो
छुरी किनेर तेस्रो तल्लामा बरालिदै सेजो

सिसीटिभी फुटेजमा २६ वर्षीया एक महिलालाई ३९ वर्षीय पुरुषले प्लाजाको सासा कस्मेटिक पसल अगाडि चक्कुले ३४ पटक छुरा प्रहार गरेको देखिन्छ । उनलाई बचाउन प्रयास गर्ने २२ वर्षीया महिला साथीको पनि घाँटीमा चक्कु रोपिएको थियो।

दाइने हातमा चुप्पी बोकेका सेजो दुई युवती नजीक पुगेको दृश्य
प्रथम आक्रमण छोटो कपाल भएको युवती माथि

भिडियोमा सेतो भेस्ट र कालो हाफ पेन्ट लगाएका एक तालु खुइले संदिग्ध मलको कोरिडोरमा हिंडिरहेको देखिएको छ। त्यसैबेला एकजना छोटो र अर्कि लामो  कपाल भएकी दुई महिला छेउको पसलबाट बाहिर निस्किएका थिए । दुबै जनाले कालो लुगा लगाएका थिए ।  तिनीहरू करिडोरमा केही क्षण उभिएर कुराकानी गर्न थाल्छन् । ऐन मौकामा तालु खुइलेले छोटो कपाल भएकी महिलालाई अचानक शशिमी चक्कुले आक्रमण गर्न थाल्छ । कम्तिमा चार चोटि उनको पछाडि पट्टी  छुरा प्रहार गर्छ। त्यसपछि उनी भुइँमा लडिन र आफ्नो हातले आक्रमणकारीको प्रहारलाई रोक्न खोजिन्, तर त्यो खुइले  मानिसले उनको छातीमा पटकौं छुरा प्रहार गरिरहयो। त्यसपछि  लामो कपाल भएकी महिलाले आफ्नो साथीलाई बचाउने प्रयास गरिन् । तालु खुइले मानिसलाई पसल भित्र पुग्ने गरि उनले धकेलिन् र छोटो कपाल भएकी महिलालाई तानेर पर्तिर लगिन । तर तालु खुइले पुरुषले २६ वर्षीया छोटो कपाल भएकी महिलाको शरीरको तल्लो भागमा छुरा प्रहार गर्दै आक्रमण जारी राख्यो । लामो कपाल भएकी महिलाले आक्रमणकारीलाई फेरि धकेलेर पर हुत्याइन तर पनि  उसले छोटो कपाल भएकी  महिलालाई चक्कु प्रहार गरिरह्यो। यति सम्मकि ४ सेकेन्डमा उनले पीडितको छातीमा ११ पटक रोपेका थिए ।  छोटो कपाल भएकी  महिला सख्त घाइते भएपछि उठ्न असमर्थ भइन् र लगभग होश गुमाउने अवस्थामा पुगेकी थिइन् । लामो कपाल भएकी महिला पनि तालु खुइले पुरुषको आक्रमणमा परेर चोटग्रस्त भएकी थिइन।

भुइँमा लडेकी छोटो कपाल भएकीलाई छुरा रोप्दै
लामो कपाल भएकीले सेजोलाइ दोकानभित्र ठेल्दै

नजिकैको सान्रियो स्टोरका एक कर्मचारी स्तब्धपुर्वक घटनालाई मुक दर्शक भएर हेरिरहेका थिए । उनले आफ्नो स्टोरको सिसाको ढोका तुरुन्तै बन्द गरेका थिए । तथापि यो क्रूर आक्रमणको चस्मदित साक्षी सरह उनले स्टोर भित्रबाट अझै आक्रमणको  दृश्यलाई हेरिरहेका थिए।

अन्तमा नजिकैको रेस्टुरेन्टबाट सेफको पोसाक लगाएका फाइ नाम गरेका ६४ वर्षका एक साहसी व्यक्ति दुई हातमा एकेक वटा स्टुल (बस्ने मुढा ) बोकेर आक्रमणकारीसंग भिड्न निस्कन्छन् । डिनर लिदै गरेका फाइले शुरुमा एउटा बच्चा चिच्याएको आवाज सुन्छ्न तर उनलाई त्यो आवाज खासै केहि होईन होला भन्ने लागेको थियो । पछि `कसैले मान्छे काटिरहेछ´ भनेर कराएको आवाज उनले सुने । ऊनी हतारिएर हलवेमा पुगे तर त्यहाँ कोही पनि देखेनन। अचानक उनले एक आक्रमणकारीले चक्कुले पीडित महिलामाथि आक्रमण गरिरहेको देखे। फाई एकछिन त अक्क न बक्क भए । आक्रमणकारीलाई रोक्नुपर्छ भन्ने सोच मात्र उनको मनमा झट्ट आयो।

उसले जाँदाजाँदै ढोकाबाट २ वटा स्टूल उठाए र आक्रमणकारी तर्फ दौडिए । आक्रमणकारी पनि फाई तर्फ चक्कु देखाएर पोजिसम उभिए। यत्तिकैमा फाईले आक्रमणकारीलाई एउटा स्टूलले निधारमा हिर्काए, जसले गर्दा उनी क्षणभर भाउन्न भए। आक्रमणकारीले प्रतिकार गरेन। फाईले उसलाई फेरि प्रहार गरे।  आक्रमणकारी त्यसपछि आक्रमणकारी मलको साइनबोर्ड भएको दिशा तिर भागे । फाईले ऊनी भागेको हेरिरहे। त्यसपछि शपिङ मलको रेलिङमा अडेस लागेर अपराध स्थलमा रगताम्य भएका घाइतेलाई चिसो नजरले हेर्दै उभिरहे ।

सेफ फाइ जसले सेजोलाई कुर्सीले टाउकोमा हानेका थिए
६४ वर्षका सेफ जसले थप अरुलाइ आक्रमण हुनबाट बचाए

सम्पूर्ण घटना दुई मिनेट भित्र भएको थियोे । त्यसपछि मलका कर्मचारीले घाइतेहरूलाई प्राथमिक उपचार प्रदान गरेका थिए , भिडभाडलाई हटाएका थिए ।
यत्तिकैमा  ढाल र मरिचको धुलोबाट बनेको स्प्रे गन बोकेका प्रहरी अधिकारीहरू आए। र समाउने क्रममा भुइँमा पछारेर उनलाई नियन्त्रणमा लिए ।
आक्रमणकारीलाई कुर्सीले हान्ने व्यक्ति फाइ भने कुर्सी बोकेर आफू काम गर्ने रेस्टुरेन्ट भित्र प्रवेश गर्छन।

आक्रमण गरिसकेपछि सेजो नभागिकन उभिरहेको दृश्य ( रातो घेरामा)

घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि युनाइटेड क्रिश्चियन अस्पतालमा लगिएको थियो जहाँ दुवै जनाको मृत्यु क्रमशः साँझ ६ बजेर ६ मिनेट र साँझ ६ बजेर ४७ मिनेट जाँदा भएको थियो । प्रारम्भिक मेडिकल रिपोर्टमा दुवै पीडितको शरीरमा चक्कुको चोटैचोट देखिएको थियो ।

संदिग्ध अपराधीले अत्याधिक बल प्रयोग गरेका कारण १२ इन्च लामो चक्कु पनि बाङ्गिएको अवस्थामा प्रहरीले घटनास्थलबाट बरामद गरेको थियो । घटना पछि सिंगो प्लाजा बन्द गरिएको थियो ।

प्राप्त पछिल्लो भिडियो फुटेजअनुसार आक्रमणकारीले आक्रमण हुनुभन्दा १० मिनेटअघि मलको दोस्रो तल्लामा रहेको होम फर्निसिङ स्टोरबाट सशिमी चक्कु किनेका थिए । त्यसपछि तेस्रो तल्लामा गएर आक्रमण गरेका थिए ।

शुरुको रिपोर्टमा ३९ वर्षीय आक्रमणकारी एक मृतक महिलाका पति भएको अनुमान गरिएको थियो । तर पछिल्लो अनुसन्धानले ती आक्रमणकारीको ती दुई युवती बीच कुनै चिनजान नभएको पत्ता लागेको थियो । घटना हुनु भन्दा अघि ती तीन जना बीच कुनै कुराकानी पनि भएको थिएन ।
सेटो थरका ती पुरुषलाई मानसिक रोग लागेको इतिहास पनि प्रहरीले पत्ता लगाएको थियो ।

जुन ३

घटनालाई थप अनुसन्धानका लागि पूर्वी काउलुन क्षेत्रीय अपराध एकाइमा पठाइएको थियो । प्रहरीका अनुसार शंकास्पद व्यक्ति मानसिक रोगबाट गुज्रिएको इतिहास भेटिएको थियो र आक्रमण अघि दुई पीडितसँग उनको कुनै पनि किसिमको पूर्व सम्पर्क भएको थिएन । संदिग्ध व्यक्ति एक्लै मलभित्र पसेर, चक्कु किनेर केही मिनेट यताउता घुमेर, तेस्रो तल्लामा गएर अनजान युवतीहरुलाई आक्रमण गरेका थिए  ।

पूर्वी काउलुन क्षेत्रीय अपराध एकाइका वरिष्ठ सुपरिटेन्डेन्ट, इलिन चुङ लाइ-यीले जुन ३ तारीख बिहान पत्रकार सम्मेलन गरेर केसबारे जानकारी दिएकी थिइन । उनका अनुसार प्रहरीले जुन २ तारीख  साँझ ५:१५ बजे तेस्रो तल्लामा आक्रमण भएको भनेर धेरै नागरिकहरूके रिपोर्ट गरेको बताइन् । त्यसपछि प्रहरीले चार मिनेटपछि घटनास्थलमा पुगेर १२ इन्चको रगत लतपतिएको छुरासहित ३९ वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको जानकारी दिइन।

घटनास्थलमा पक्राउ परेका पुरुष संदिग्ध व्यक्तिले जुन २ तारीख साँझ करिब ५ बजे एक्लै मल भित्र पसी पसलबाट हत्या गर्ने  हतियार किनेको र त्यसपछि तेस्रो तल्लामा आक्रमण गर्नु अघि केही मिनेटसम्म घुमफिर गरेको खुलासा गरिन। संदिग्ध र पीडितहरू बीच कुनै स्पष्ट पूर्व सम्पर्क नभएको , संदिग्ध बेरोजगार रहेकोे, ऊनी आफ्नो परिवारसंग बस्ने गरेको, उनि मानसिक रोगी भएको , नियमित चिकित्सक निगरानीमा रहेको व्यक्ति भएको स्पष्ट पारिएको थियो । र प्रहरीको विश्वास अनुसार उनले यो काम एक्लै गरेका हुन । आक्रमण गर्नुको मनसाय पत्ता लागेको छैन ।

प्रहरी यस्ता हिंसात्मक घटनाहरू प्रति अत्यधिक चिन्तित रहेको र घटनास्थलको सीसीटीभी फुटेजलाई  समीक्षा गर्दै घटनालाई धेरै कोणबाट अनुसन्धान गरिरहेको , पीडित र संदिग्धको पृष्ठभूमिको अनुसन्धान गर्न ईस्ट काउलुन क्षेत्रीय अपराध इकाईको पहिलो टोलीले खटिएको चुङ्ले बताइन् ।

को हुन आक्रमणकारी ?

जेटो थरका ती आक्रमणकारी धेरै वर्षदेखि बेरोजगार थिए र चि वान सान स्थित चि लोक स्टेटको सरकारी घरमा आफ्ना आमाबाबुसँग बस्दथे। घरमा ऊनी भिडियो गेम खेलेर दिनहरू बिताउँथे।  तीन जनाको परिवारले आफ्नो गुजारा चलाउन  सामाजिक सुरक्षा भत्तामा निर्भर पर्नु परेको थियो ।
तीन वर्षअघि जेटोले आफ्नै परिवारमाथि आक्रमण गरेका थिए । आफ्नै पितालाई चक्कुले हानेका थिए । त्यसपछि उनको स्वास्थ्य परिक्षा गर्दा उनलाई  पारानोइड स्किजोफ्रेनिया (पागलपन) भएको पत्ता लागेको थियो। उनलाई केही समयका लागि सिउ लाम साइकियाट्रिक सेन्टरमा राखिएको थियो र पछि उनलाई क्वाई चुङ अस्पतालमा भर्ना गर्न आदेश दिइएको थियो।
उनलाई तीन महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो र नियमित फलोअप अपोइन्टमेन्टमा उपस्थित हुन आवश्यक थियो। गत वर्ष उनले थप स्वास्थ्य परीक्षणबाट छुट पाउन अस्पतालमा निवेदन दिएका थिए, तर उनको अनुरोध अस्वीकार गरिएको थियो।
तिनका आमाबाबुका अनुसार जेटो यो दुःखद घटना हुनुअघिका दिनहरूमा झन्-झन् चिडचिडा, सजिलै उत्तेजित हुने र एक्लिएर बस्ने हुँदै गएका थिए। ६ जुनमा उनको फलो-अप अपोइन्टमेन्ट थियो । जेटो परिवारको कान्छो छोरा थिए । उनका एकजना दाजु र दिदि थिए । उनको छिमेकीसँग कुनै विवाद भएको थाहा थिएन।

आक्रमणकारी सेटो

२०१३ सालमा उनले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि सेटोले कुनै साथी बनाएका थिएनन् र घरमा एक्लै  भिडियो गेम खेलेर दिनहरू बिताइरहेका थिए। आफ्नै परिवारलाई आक्रमण गरेपछि २०२० साल मे महिनामा ऊनी प्यारानोइड स्किजोफ्रेनिया भन्ने मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो। र उनलाई सिउ लाम मनोचिकित्सा केन्द्रमा केहि समय राखिएको थियो।  पछि उनलाई क्वाई चुङ अस्पतालमा भर्ना गर्न आदेश दिइएको थियो।  उनलाई त्यही वर्षको डिसेम्बरमा रिहा गरिएको थियो ।

२६ वर्षीया मृतक फङ हिउँ तुङ को हुन?

यस घटनामा मृत्यु भएकी मध्ये एक फंग हिउ-तुङ (२६ वर्ष) नामकि महिला आफ्नो परिवारको एक्ली छोरी हुन र एउटा रेस्टुरेन्टमा किचन हेल्पर रूपमा काम गर्थिन्।

ऊनी एक दयालु व्यक्ति थिइन् जसले जनावर र केटाकेटीहरूलाई औधी प्रेम गर्थिन्। उनी चोइ हुङ स्टेट स्थित आफ्नो घर छोडेर साथीसंग बस्दै आएकी थिइन । कहिलेकाहीँ मात्र घर आउने गर्थिन। म्यासेजिङ एप्समार्फत मात्र ऊनी प्रायः आफ्नो परिवारसँग कुराकानी गरिरहेकी थिइन्।

फङ हिउँ तुङ साथमा लाउ

फङ हिउ-तुङ र लाउ काई-हेई एक महिना भन्दा बढी समयदेखि डेट गरिरहेका थिए र पिङ शेक एस्टेटको एक रेस्टुरेन्टमा फङका हजुरबुवाको जन्मदिन मनाउने योजना बनाएका थिए। फङले आफ्नी आमालाई  काम सकेर साँझ ७ बजे पिङ शेक एस्टेट आइपुग्ने जानकारी दिए । दुर्भाग्यवश रेस्टुरेन्टमा पुग्न अघि प्लाजा हलिउडमा उनिहरु माथि आक्रमण भयो र देहावसान भयो।
फङ हिउ-तुङ अरुको ख्याल गर्ने आमाबाबु प्रति समर्पित छोरी थिइन्। उनले  हरेक महिना आफ्नो परिवारलाई हजारौं डलर सहयोग गर्थिन्। उनको एक जना बहिनी  क थिइन्।  हालै उनी आफ्नो साथीसँग बस्नको लागि चोइ हंग इस्टेटको निवासबाट बाहिर निस्केकी थिइन्। उनकी आमालाई लाउ काई-हेईसँग आफ्नी छोरीको सम्बन्धको बारेमा थाहा थिएन।

घटना घटेको त्यो दिन साँझ फङ हिउ-तुङले आफ्नो हजुरबुबाको ९० औं जन्मदिन आफ्नो परिवारसँग मनाउने योजना बनाएकी थिइन्। तर त्यो क्षण आउनु अघि उनको चोला उठ्यो । उनकी आमाले पारिवारिक डिनरमा रहेको बेला आफ्नी छोरीको दर्दनाक मृत्युबारे खबर पाइन्। वृद्ध आमाबाबुलाई यो दुःखद खबरबारे तत्काल थाहा नहोस् भनेर उनले साहसपूर्वक आफ्नो क्षुब्दतालाई दबाइन र खाना खाएपछि अस्पताल पुगेकी थिइन। अस्पतालमा पुगेपछि तिनले शंकास्पद व्यक्तिलाई आमनेसामने भेटेर आफ्नी छोरीलाई किन यस्तो गरेको भनेर सोध्ने चाहना व्यक्त गरेकी थिइन।

फङकी आमाले सरकारले मानसिक रोगको इतिहास भएको यस्तो व्यक्तिलाई समुदायमा किन छोडेको ? भन्ने प्रश्न पनि उठाइन। फङको अस्तु भने घरमै राख्ने योजना परिवारको रहेको छ।

२२ वर्षीया लाउ काइ-हेइ को हुन ?

अर्कि पीडित महिला लाउ काई-हेई एक टुटेको परिवारबाट आएकी थिइन। उनका आमाबाबुको सम्बन्धविच्छेद भैसकेको थियो। उनी आफ्नी आमा, कान्छा बुबा र सौतेनी बहिनीसँग च्यङ क्वान ओको किङ लाम एस्टेटको एउटा युनिटमा बस्थिन। लाउले फर्म ४ मा  पढ्दापढ्दै स्कूल छोडेकी थिइन्। चिम्सा चुइमा हेयर स्टाइलिस्टको रूपमा काम गर्नु अघि उनले रेस्टुरेन्टमा वेट्रेस र किचन हेल्परको रूपमा पनि काम गरेकी थिइन। उनले नजिकैको बारमा वेट्रेसको रूपमा पार्ट टाम जब पनि गरिन। लाउ र फङ  घनिष्ठ मित्र बन्नु अघि बारमा उनीहरुको भेट भएको थियो । उनीहरु बर्थडे डिनरमा जाँदै गर्दा यो दु:खद घटना भएको हो ।

लाउ काइ- हेइ

रिपोर्टका अनुसार दुई महिना अघि बारमा उनीहरुको भेट भएपछि फङ र लाउको सम्बन्ध घनिष्ठ भएको थियो । उनीहरू पहिले एकअर्काको घरमा आवतजावत गरिरहन्थे।

जुन ५

मुद्दाको अर्को सुनवाइ जुन १९ तारिख


प्रहरीले ३९ वर्षीय सेजोलाई हालमा हत्याको दुई अभियोगमा मुद्दा चलाएको छ । उनलाई जुन ५ तारीख  बिहान क्वुन तङ म्याजिस्ट्रेटको अदालतमा उपस्थित गराइएको थियो ।

खैरो पहिरन लगाएका र मुडुलो टाउको भएका प्रतिवादीलाई चार जना प्रहरी अधिकारीहरूले सोधपुछका लागि अदालतमा उपस्थित गराएका थिए। मास्क लगाएका प्रतिवादी भाव शुन्य अनुहार लिएर कठघरामा उभिएका थिए । तर कम्मर मुनि झुन्डिएका उनका हातहरू मुट्ठी कस्सिएका थिए । घरिघरि उसले गहिरो सास फेरेको देखिन्थ्यो । क्लर्कले आरोपहरूको विवरण पढेपछि प्रतिवादीले शान्त स्वरमा “बुझेँ” भनेका थिए ।

अदालत परिसर बाहिर तैनाथ सशस्त्र प्रहरी

अभियुक्तलाई जुन ५ तारीख  बिहान करिब ९ बजे अदालतमा ल्याइएको हो । र अदालत बाहिर सशस्त्र सुरक्षाकर्मीहरू तैनाथ गरिएका थिए। अभियुक्तको मानसिक स्वास्थ्य जाँच गर्न समय लाग्ने भएकोले मुद्दा जुन १९ सम्मका लागि स्थगन गरिएको छ र शंकास्पद व्यक्तिलाई त्यतिबेलासम्म हिरासतमा राखिने भएको छ।

तपाईको प्रतिक्रिया