शेखर राई/ राकेश राई
न्यूह्यम्सायर

यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तर्गतको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २० अगस्ट २०२३ आईतवार संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। न्यू ह्यम्पसायर राज्यको न्यु क्यासल सिटि (New Castle city) स्थित आंध्र महासागरको किनारमा रहेको ग्रेट आइल्यान्ड कमन पार्क (Great Island Common Park) मा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहित  सम्पन्न उक्त वनभोज कार्यक्रममा बोष्टन म्यासाचुसेटस् र न्यूहाम्सायर राज्यमा वसोवास गर्ने किरात राई परिवारहरु र आमन्त्रित पहुनाहरूको उपस्थिति रहेको थियो । 


करिब १५० जनाको सहभागिता रहेको उक्त वनभोजमा संस्थाका संस्थापक अध्यक्ष, फिप्ना तथा एन आरएनए,एनसीसी (NRNA, NCC) का पूर्व अध्यक्ष तथा न्यूहाम्सायर राज्यको लागि नेपाली सद्भावना दुत शिव कुमार राई, पूर्व केन्द्रिय अध्यक्ष तथा साल्पा सिलिचुङग सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिका महासचिव विष्णु कुमार राई, कानुनी सल्लाहकार सुरेश चाम्लिङ राई, कल्चर संयोजक लक्ष्मी राई, संस्थाका वरिष्ट सदस्य/ खडिमान राई, ठाकुर सिं. लिङ्गथेप, अन्तराष्ट्रिय साहित्य समाज म्यासाचुसेट च्याप्टरका अध्यक्ष दिपा राई पून, न्यूहाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा तथा पूर्व अध्यक्ष मिन गौतम र गुरूङ समाज न्यूह्याम्सायरका प्रतिनिधी सदस्य यम घले लगायतका आमन्त्रित पाहुनाहरुको उपस्थिती रहेको थियो।

हरेक वर्ष हुने विद्यार्थीहरूको गृष्मकालिन लामो विदाको उत्तरार्दमा आयोजना गर्दै आईरहेको यस वनभोजले एक आपसमा बन्धुत्व र मित्रताको भावनालाई मजवुत बनाउन सहयोगी हुने विश्वासका साथ युक्रा (UKROA) ले निरन्तर रुपमा सन् २०१६ देखी “युक्रा फेमिली समर पिकनिक” (“UKROA Family Summer picnic“) आयोजना गर्दै आईरहेको च्याप्टरका अध्यक्ष कर्ण ब. राईले बताएका थिए। च्याप्टर अध्यक्ष राईले संस्थामा आवद्ध हुन आउनु भएका नयां सदस्यहरू र पारिवारिक भ्रमणका सिलसिलामा अमेरिकामा रहनुभएका पाहुनाहरु कृष्ण ब. राई, शान्ती राई, देवल राई, चन्द्र देवी राई, क्षितिज राई, गंगा राई, गंगा खत्री, बिमला राई र जय कुमारी राईलाई संस्थाको तर्फबाट खदा लगाई औपचारिक रुपमा स्वागत तथा सम्मान गरेका थिए भने नव आगन्तुक सदस्यहरु र पाहुनाहरूले सामुहिकरुपमा केक काटेका थिए। च्याप्टर अध्यक्ष राई तथा वहाँकी धर्म पत्नी सविना खड्का राईले न्यूहाम्सायर नेपाली समाजको सन् २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भई कार्यकाल प्रारम्भ गर्नुभएका अध्यक्ष लाक्पा शेर्पा र वहाँकी धर्म पत्नी  छम्जि टासी शेर्पालाई खदा र पुष्पगुच्छा प्रदान गर्दै सिङ्गो युक्रा (UKROA) संस्थाको तर्फबाट सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

स्वागत तथा सम्मान ग्रहण गर्नु हुने पाहुनाहरूको तर्फबाट किरात राई यायोख्खा मकवानपुरका अध्यक्ष कृष्ण ब. राईले युक्रा (UKROA) ले गरेको स्वागत र उच्च सम्मानको निम्ति धन्यवाद दिनु हुदै हामी तीन चुला र प्रकृति पुजक किरातीहरु विश्वको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो घर्म/संस्कृति जोगाउन संबेदनसिल भएर लागिपरिरहेको देख्दा अगाध खुसी लागेको  विचार व्यक्त गरेका थिए। त्यस्तैगरि अर्का पाहुना किराया मकवानपुरका पूर्व अध्यक्ष देवल राईले संस्थाको उन्नति र प्रगतिको कामना गरेका थिए। युक्रा (UKROA) का पूर्व अध्यक्ष तथा साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रबर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिका महासचिव विष्णु कुमार राईले किरातहरुले आत्मसात गरेको मुन्धुमी शक्तिको उदगम थलो तथा पवित्र तिर्थस्थल साल्पा सिलिचुङ्गको महत्व र यसको संरक्षणको निम्ति साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रबर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिले विश्वभर रहनु भएका समस्त किरांत राईहरूबाट भइरहेका काम र प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो।
न्यूहाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले सम्मान र सदभावको निम्ति युक्रा (UKROA) प्रति आभार व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए।

संधै झैं, यस वर्षको बनभोजमा पनि पोर्क र चिकेनको बीबीक्यु (BBQ) सहित बिभिन्न मिष्ठान्न खानाहरुका साथमा परम्परागत किराती परिकार “किनिमा र रायोको साग” पनि सर्भ गरिएको थियो । दिवा खाना पछि बनभोजलाई स्मरणीय र मनोरञ्जनात्मक बनाउन च्याप्टरका महासचिव राकेश राईले बीङ्गो (BINGO) खेल रोचक ढंगले संचालन गरेका थिए। विजेताहरूलाई पुरस्कार प्रदान गर्दै अध्यक्ष कर्ण ब.राईले वनभोजमा मिठा-मिठा परिकारहरू तयार पार्नु हुने प्रेमा गुरूङ राई, भोज कुमारी राई, प्रमिला राई, शोभा राई, कमला राई, भक्ति शिला लिङ्गथेप, सुमिता राई, विशेष सेफ केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी र च्याप्टर  वोर्ड सदस्य यूवराज राई लगायत स्पटमा खट्नु हुने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमको अन्त्यमा च्याप्टरका कोषाध्यक्ष गायक तथा डीजे चन्द्र कुमार राईले सम्पूर्ण सहभागीहरूलाई एटलाण्टिक ओसनको किनारमा आफ्नो सांगीतिक कोसेली पस्किएर सबैलाई मनोरञ्जन दिलाएका थिए । स्वागत  तथा सम्मान कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राई र मनोरन्जानात्मक खेल च्याप्टर सचिव राकेश राईले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया