बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को आयोजनामा वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शंकर राई तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य माननीय डा. चन्द्र भण्डारीसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।
जलनका कारण वा जन्मिदै ओठ नमिलेका खोडे बालबच्चाको ओठलाई सल्यक्रियाद्वारा जस्ताको तेस्तै तुल्याउन सक्ने क्षमता राख्छन् वरिष्ठ डाक्टर शंकर राई भने डाक्टर चन्द्र भण्डारी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद हुन।

प्रमूख अतिथीमा मानानीय डा.चन्द्र भण्डारी र बिशेष अतिथिमा डाक्टर शंकर राई रहेकोे उक्त कार्यक्रम न्युयोर्कको एलम्हर्स्ट,ज्याक्सन हाइट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा अन्य बिशेष अतिथीहरुमा कलेजपोइन्ट सिभिक ट्याक्स्पेयर अशोशिएसनका अध्यक्ष तथा न्युयोर्क सिटि मेयरका एशिया मामिला सल्लाहकार एवं हामी नेपाली ग्लोबलका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज केसी, एनआरएनए न्युयोर्क अमेरिकाका हालै निर्वाचित अध्यक्ष हेमन्त मल्ल, मनिटरी एम्पावरमेन्ट नेटवोर्कका अध्यक्ष श्याम कार्की, समाज सेवी विवेक मल्ल, सामाजिक अभियन्ता इन्दिरा घर्ती मगर हेभेनली पाथ न्युयोर्क च्याप्टरका अध्यक्ष मन्जु बिष्ट , जनजाती महासंघ अमेरिकाका सभामुख सुबर्ण शाक्य, हामी नेपाली ग्लोबलका न्युयोर्क च्याप्टर अध्यक्ष बिरेन्द्रजंङ्ग केसी , हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर महासचिव सुर्य शिम्खडा, बृहत्तर सूदूरपश्चिम नेपाली समाज अमेरीकाका अध्यक्ष टंक भन्डारी, चितवन समाज अमेरिकाका महासचिव रमेश पाठक थिए।

उक्त कार्यक्रममा युक्रा केन्द्रिय उपाध्यक्ष केसव राम राईले स्वागत मन्तव्य दिएका थिए। उनले स्वागत मन्तव्य दिने क्रममा न्युयोर्कमा रहेका नेपाली समाजले नेपालमा जलनमा पर्ने बिरामीहरूलाई उपचार गर्ने हस्पिटल बनाउन जस्तो सुकै पनि सहयोग गर्न सक्ने बताए ।

मन्तब्य दिने क्रममा  डाक्टर शंकर राईले नेपालमा जलन सम्बन्धि बिरामी उपचार गर्ने अस्पातल स्थापना गर्नको लागि सरकारलाई धेरै अनुरोध गरेको तर सुनुवाई हुन नसकिरहेकोमा गुनासो व्यक्त गरे। उनले नेपालमा जलन अस्पातल स्थापनाको लागि देश बिदेशबाट सहयोगको अपिल पनि गरेका थिए। नेपालमा जलन उपचार अस्पातल स्थापना गर्न सके धेरै नेपाली जनताहरुले अकालमा ज्यान गुमाउनबाट जोगाउन सकिने र कम  खर्चमा उपचार हुने कुरा पनि जानकारी दिए । 

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सांसद डा. चन्द्र  भण्डारीले नेपाल सरकारलाई संसदमा धेरै पटक नेपालमा जलन अस्पातल स्थापनाको लागि कुरा उठाएको बताए । उनले नेपालमा नयाँ संबिधान आए पनि त्यसको पूर्ण पालना नभएको गुनासो गरे । उनले नेपालमै जलन अस्पातल खोल्नको निम्ति डाक्टर शंकर राईका साथ आफु लागी परेको पनि बताए। स्मरण रहोस् गत २०७९  फागुन ४ गते राति भएको ग्यास सिलिण्डर लिक भएर आगलागीमा परी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको थियो भने सांसद भण्डारी घाइते भएका थिए ।

कार्यक्रममा मन्तव्य दिने क्रममा न्युयोर्क मेयरका एशिया मामिला सल्लाहकार नवराज केसीले नेपालमा जलन उपचार केन्द्र अस्पताल बनाउन सके धेरै नेपालीले अकालमै ज्यान नगुमाउने र आम नेपालीलाई राहत मिल्ने बताए। त्यस्तै अध्यक्ष श्याम कार्कीले पनि अमेरिकाबाट जलन अस्पताल बनाउनलाई सक्दो सहयोगको अपिल गर्ने बताए।

तपाईको प्रतिक्रिया