न्युयोर्क /अमेरिका

नेपालीहरुको महान चाड बडा दशै , शुभ दीपावली , नेपाल संवत, बलिहाङ तङ्नाम , छठ तथा ल्होछार पर्वको विशेष अवसरमा हामी नेपाली ग्लोबलले गत अक्टोबर १५ तारीख न्युयोर्कको क्विन्स ज्याक्सन हाइटमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस दशैं-तिहार वृहत सांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रम हामी नेपाल ग्लोवल न्यूयोर्क च्याप्टरका अध्यक्ष बिरेन्द्रजंग केसीको सभापतित्वमा सम्पन्न भएको थियो जसमा प्रमुख अतिथि नेपाली सिने जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल नायक तथा हामी नेपाली ग्लोवलका अध्यक्ष अमृत लामा रहेका थिए भने विशेष अतिथिमा ग्लोबलका वरिष्ठ उपाध्यक्ष एवम न्यूयोर्कका चिरपरिचित समाजसेवी नवराज केसी र कुसल नेतृत्वका धनी, ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता तथा समाजसेवी  केशव राम राइ रहेका थिए। महोत्सवमा बहुप्रतिभाशाली व्यक्तित्व मीस नेपाल नर्थ अमेरिका-२०२३ ब्युटी क्वीन जुबिलि शेर्पा र सम्मानित व्यक्तित्व डा. चन्द्र भण्डारीको विशेष उपस्थिति रहेको थियो ।

विभिन्न समुदायका सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन गरिएको सो कार्यक्रममा आफ्नो प्रस्तुति दिने कलाकारहरु थिए- वसन्ती राइ, विमा कुमारी दुरा, कविना सिंह, बिमल डांगी, महादेव त्रिपाठी, आङ्गेलु शेर्पा, निशा सुनार, संगीता मुखिया, सुवर्ण शाक्य, सुर्य सिम्खडा, अमर अनुराग श्रेष्ठ, दिनेश सुनार, पुष्पा बस्नेत, सुजल सिम्खडा, सुमित्रा लामा, आर्जे सी, ब्राण्डसन मोक्तान। सांस्कृतिक कार्यक्रमको परिकारमा गीत, नृत्यका साथ हास्यव्यङ्ग्य प्रहसन र जादु पनि समेटिएको थियो । जादुगर महादेव त्रीपाठीको जादुले दर्शकलाई मन्त्रमुग्ध तुल्याएको थियो । 

हामी नेपाली ग्लोवल अमेरिकाका महासचिव तथा हेल्लो अमेरिकाका कार्यक्रम प्रस्तोता सुमन थाम्सुहाङ लिम्बु मिरकको उदघोषण रहेको उक्त कार्यक्रमको लाइभलाई भिडियो/कोरियो ग्राफर मिडियाकर्मी सम्राट कार्कीले हेल्लो अमेरिकाको अफिसियल च्यानल र हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता केशव राम राइले इनेप्लिज अफिसियल मिडिया मार्फत प्रसारण गरेका थिए ।

प्रमुख अतिथि अमृत लामाले तमाम प्रवासी नेपालीहरुले नेपाली भेषभुषा, कला संस्कृतिको प्रचारप्रसार तथा संरक्षण गर्दै जानुपर्छ, त्यसो गर्दा सहि मानेमा नेपाल आमाको आँशु पुछ्ने पवित्र कर्म गरेको ठहर्दछ , यस्तै कार्यको लागि हामी नेपाली ग्लोबलको स्थापना भएको हो भन्दै र सबै प्रवासी नेपालीहरुलाइ  आफ्नो स्तरबाट देशको लागि सकेको योगदान दिन आव्हान गरे।

विशेष अतिथि नवराज केसीले हामी नेपाली ग्लोबलको स्थापना गर्नु आफैमा साहसिक कार्य हो र भविष्यमा धेरै भन्दा धेरै नेपालीहरुलाइ यस संस्थामा आबद्ध गर्दै लैजानुपर्ने कुरामा जोड दिए ।

विशेष अतिथि , हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय  प्रवक्ता केशव राम राइले इजराइल माथी हमासले गरेको  हमलामा ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै इजराइलमा फसेका नेपालीहरुलाइ सफल कुटनितिक पहलका साथ नेपाल अवतरण गराएकोमा खुशी ब्यक्त गर्दै परराष्ट्रमन्त्री तथा सिंगो नेपाल सरकारप्रति आभार सहित धन्यवाद ग्यापन गरेका थिए ।

विरेन्द्रजंग केसीको संयोजनमा सम्पन्न यस कार्यक्रमको आर्थिक संयोजक लोकेश श्रेष्ठ र कलाकार संयोजक वसन्ती राइ रहेका थिए ।

तपाईको प्रतिक्रिया