न्युयोर्क /अमेरिका

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा १० नोभेम्बर २०२३ का दिन बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक र डिजे गरि दुई खण्डमा बिभक्त कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गरेका थिए ।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षता रहेको  उक्त कार्यक्रमको प्रमुख अतिथि अमेरिका स्थित महावाणिज्य दूताबासका महावाणिज्यदूत विष्णु प्रसाद गौतम र विशिष्ट अतिथिमा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो र कोलोम्बिया युनिभर्सिटी न्युयोर्क अमेरिकाका प्रोफेसर डा. प्रेम फ्याक रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा क्रमशः  मगर समाज अमेरिकाका अध्यक्ष अमृत रोक्का, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन, भूमे पर्व समिति अमेरिकाका अध्यक्ष चक्र बुढामगर, घ्यालसुम्दो सेवा समाज अमेरिकाका अध्यक्ष चित्रकुमारी गुरुङ, किरात राई सोसाईटी अफ अमेरिका (KRSA) का केन्द्रीय अध्यक्ष खगेन्द्र राई, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (UKROA) न्युयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राई, तमु समाज अमेरिकाका अध्यक्ष तोरण गुरुङ, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (UKROA) न्युयोर्क च्याप्टरका भुतपुर्व अध्यक्ष एवं समाजसेवी केशवराम राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र संचारकर्मी विक्की पुलामी रहेका थिए ।

प्रमुख अतिथि महावाणिज्यदूत विष्णु प्रसाद गौतम

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रीय विभुतिको रुपमा रहेका विभुतिहरुको तस्विरमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गानको धुन बजाइएको थियो । संस्थाका उपाध्यक्ष विवश माङ्मुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्वमा  याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र लारिङगेक, नाम्लिङगेक (देउसी भैले) प्रस्तुत गरिएको थियो । यस प्रस्तुतिमा साथ दिन कलाकारहरु थिए – सुबास चोङ्बाङ, बिष्णु चोङबाङ, मौसम ईङनाम, पुर्ण खिम्दिङ, बन्दना तुम्बाहाङफे, केपी शेर्मा, रिना थाम्सुहाङ, सरोज थाङदेन, निलम योङहाङ जवेगु, भिमा देवान, विमल चेम्जोङ, रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, पुरन पयाङ्गु र सोनिया यकयुक लिम्बु ।

कियाचु अमेरिकाको इतिहासमा पहिलो पटक कियाचु बालबालिका विभागका सदस्यहरुले लिम्बु जातिका विभिन्न भेषभुषा प्रदर्शन गरेका थिए । प्रदर्शनीमा बानु तुम्बाहाङफे, सजना लिम्बु, रिना थाम्सुहाङ, दिक्षा जबेगुले सहभागिता जनाएका थिए ।  याक्थुङ लिम्बु जातिको मौलिक एवं परम्परागत भेषभुसाको सम्बन्धमा केही ज्ञान होस, संस्कार संस्कृति परम्परा प्रति चासो राख्न हौसला मिलोस, याक्थुङ संस्कार संस्कृति पुस्तान्तरण हुँदै जावस भन्ने उदेश्यले बालबालिकाहरुको  सहभागितालाई जोड दिइएको थियो ।
कियाचु अमेरिकालाई विगत लामो समय देखि विभिन्न तह तप्का र भुमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउनु भएका महानुभावहरुलाई अतिथिहरु हातबाट दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरु  लिला सिंघक, विजेता थेबे, सुबास चोङबाङ, बिष्णु चोङबाङ, भिमा देवान, निलम योङहाङ जबेगु, सरोज थाङदेन, रुपा याक्खा, राम लिम्बु, रिना थाम्सुहाङ लिम्बु, भुपेन्द्र अधिकारी, सोनिया यक्युक लिम्बु, सुम्निसामा मेन्याङबो, हिक्मत लिम्बु र सजना योङहाङ लिम्बु रहेका थिए । बलिहाङ तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पुर्ण पदाधिकारी, प्रायोजक, अतिथि, क्यामेरा म्यान, संचारकर्मी, खाना उपलब्ध गराईदिने स्पाईसी नेपाल आदि  प्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

अध्यक्ष दिपक थेबे

बलिहाङ तङनामको दोश्रो खण्डमा याक्थुङ लिम्बु भेषभुषा प्रदर्शनीमा सहभागी भएका बालबलिकाहरु नामबिनहाङ पयङ्गु, मिसुमहाङ्मा चेम्जोङ्, मिराक पयङ्गु, इरभान कार्की, प्राची बिसुन्खे, सारङ लिम्बु, सारगोप बिसुङ्खे, निस्चय लिम्बु राई, हाङ्सा सुब्बा, नियोन योन्जन, साक्निम खिम्दिङ्, नैया लावती , नामहाङ चेम्जोङ्, मुक्कुम तुम्बाहाम्फे, लिलिन तुम्बाहाम्फे, स्वर्णिम लिम्बु राइ, आरभहाङ लिम्बु कार्की, अर्या लिम्बु , खेम्सेक मावो लिम्बु, साम्योङ थेवे, मिसाम खिम्दिङ, हिल्ली इवाहाङ लिम्बु, प्रनभी थेवे, मिङ्नाम सुब्बा, सेलिना सुब्बा, उदिप्ती लिबाङ, नियोहाङ् लिबाङ्, लासाङ सुब्बा, दिलना थेवेलाई संस्थाको अध्यक्ष दिपक थेबेबाट प्रमाण पत्र वितरण गरिएको थियो भने चर्चित मोडेल एवं नृत्याङगना सोनिया यक्युक लिम्बु, गायिका शशिकला मोक्तान,गायक रेमोस अधिकारी लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया