न्युयोर्क । अमेरिका

अमेरिका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्यूयोर्कमा रहेका नेपालीहरुले “मीट एण्ड ग्रीट” कार्यक्रम मार्फत भेटघाट गरेका छ्न।

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको यस कार्यक्रमलाइ सफल तुल्याउन हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता केशव राम राइ र थारु एण्ड फ्रेन्डस सोसाइटीका वरिष्ठ उपाध्यक्ष दिपक चौधरीले संयोजनकारी भूमिका निभाएका थिए ।

गत नोभेम्बर १३ तारीख न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न उक्ट मीट एण्ड ग्रीट कार्यक्रममा न्युयोर्क सिटीका मेयर एरिक एडमका सल्लाहकार नवराज केसी, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) की महासचिब टोमा लामा, प्रवासी नेपाली एकता मंचका पुर्व अध्यक्ष टेक गुरुङ , तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष बुद्विमान तामाङ  लगायत न्यूयोर्कमा रहेका बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री  तथा सामाजिक अभियन्ता चौधरीले जीवनमा भोगेका आफ्ना अनुभव र नेपालमा कायम कमैया प्रथालाई उन्मुलन गर्न आफुले खेलेका भूमिकाबारे बताए । उनले   नेपालका आदिवासी जनजातिको अवस्थाबारे पनि आफ्नो भनाइ राखेका थिए । अहिले संसारभर छरिएर बसेका नेपालका आदिवासीहरू आफ्नो संस्कार, संस्कृति संरक्षणमा लागेका छ्न जुन राम्रो कार्य हो तर अब त्यतिमै सिमित रहनु हुन्न । हाम्रा संस्कार संस्कृतिसंग संबंधित वस्तुहरु उत्पादन गरि कसरी सेल गर्न सकिन्छ भन्ने बारे पनि सोच्ने बेला आएको छ जसले संस्कार संस्कृतिको प्रचार र अर्थलाभ दुबै  हुन्छ, उनले भने ।

अध्यक्ष इन्दिरा चोङबाङ

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले पनि नेपाल सरकारले ल्याएको उपयुक्त परियोजनामा सहकार्य गर्न आफुहरू सदैब तयार रहेको राय व्यक्त गरेका थिए ।

कार्यक्रममा हामी ग्लोबल नेपालीको अन्तराष्ट्रिय प्रवक्ता  केशव राम राइले मुख्य मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको तराई क्षेत्रमा हुने बाढी लगायत भुकम्म जस्ता अनपेक्षित प्रकोपबाट भइरहेको मानवीय र भौतिक  क्षतिलाई रोक्न आधुनिक युगको बैज्ञानिक प्रबिधिहरू प्रयोग गर्नुपर्ने सुझाव पेस गरेका थिए ।

सभापतिको आसनबाट आयोजक संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले नेपालमा हुने दाइजो प्रथा, छाउपडी प्रथा साथै अज्ञानता र अशिक्षाको कारण अकालमै ज्यान गुमाउॅदै आएका महिलाहरूको मुक्ति हुने किसिमको निति नियम ल्याउन मन्त्रीलाई आग्रह गरिन् । कमैया मुक्तिका लागि लडेका एक युग पुरूष भएका नाताले अब नेपालमा महिलामाथि हॅुदै आएको बिभेदको अन्त्यको लागि पनि केहि गर्न मन्त्रीलाई आग्रह समेत उनले  गरिन ।

आयोजक संस्थाकी उपाध्यक्ष मैनासेन बज्राचार्यद्वारा संचालित यस कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सदस्य मैया तामाङको रहेकोे थियो ।

तपाईको प्रतिक्रिया