न्यूयोर्क/ नेपाली समाज अमेरीकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३ तारीखका दिन न्यूयोर्कमा सम्पन्न भएको छ । २७ सदस्यीय नवगठित समितिमा लोक चेम्जोङ अध्यक्ष पदमा निर्वाचित भएका छ्न । समिर महर्जनको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय महाधीवेशनको प्रमुख अतिथि जसपा नेपालका राजनीतिक समिति सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए ।

नेपाली समाज अमेरीकाले विगत एक दशक देखी निरन्तर नेपाली अमेरिकन समुदायको सुख दुःखको सारथी बन्दै विभिन्न राजनीतिक तथा सामाजिक कार्यहरू गर्दैआईरहेको छ । स्मरण रहोस् नेपाली समाज अमेरिकाले नेपालका अल्पसंख्यक, आदिवासी जनजाति, मधेसी, महिला, शिल्पी तथा राज्यले पछी पारेका समुदायको अधिकार, पहिचान, आत्मासम्मानको पक्षमा उभिएर राज्यको मूलप्रवाहमा तिनिहरूको सम्मानजनक समानुपातिक प्रतिनिधित्वको लागी लडने उदेश्य बोकेको छ। यस मुद्दालाई  राष्ट्रीय तथा अन्तर्राष्ट्रिय तहबाट सम्बोधन गराउनु पनि संस्थाको मूल उदेश्य रहेको छ ।

नेपाली अमेरीकन समुदाय बीच भाईचारा सम्बन्ध र सदभाव कायम राख्दै यहाँको मूलप्रवाहमा नेपाली समुदायको पहुँच र प्रतिनिधित्वलाई पनि स्थापित गर्ने अभिष्टको लागि समेत यस संस्थाले काम गर्दै आएकोछ।
महाधिवेशनमा जसपाका राजनितीक समिति सदस्य तथा प्रवास कमिटी ईन्चार्ज आङकाजी शेर्पा , जसपा केन्द्रीय सल्लाहकार डा.महेन्द्र लावती, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला, जसपा केन्द्रीय सदस्य तथा प्रवास कमिटी सह-ईन्चार्ज पार्वती थापा मगर साथै विभिन्न देशका प्रतिनिधीहरू लगायलले शुभकामना व्यक्त गर्नुभएको थियो । तेस्रो अधिवेशनद्वारा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली तपसिल बमोजिम रहेको छ ।
१. अध्यक्ष- लोक चेम्जोङ , NJ
२. वरिष्ठ उपाध्यक्ष- ओमराज सम्बाहाङ्फे ,CA
३.  उपाध्यक्ष- चिना योन्जन , NY
४. उपाध्यक्ष- सुमन बुढामगर , NH
५. महासचिव- शेखर राई , NH
६. सचिव- टंक सेलिङ, NC
७. कोषाध्यक्ष- सुवर्ण शाक्य, NY
८. सदस्य- केशबराम राई  , NY
९. सदस्य- काजी  शेर्पा , NY
१०. सदस्य- राम लिम्बु , NY
११. सदस्य – तोङसा योङया, Tx
१२. सदस्य- गणेश राई, NY
१३. सदस्य- मात्रिका गुप्ता , NY
१४. सदस्य- भीम माबो ,Atlanta
१५. सदस्य- भरत मादी देवान, Boston
१६. सदस्य- हरि प्रसाद जवेगु, NY
१७. सदस्य- गजेन्द्र सुब्बा, NY
१८. सदस्य- मिना चेम्जोङ, TX
१९. सदस्य- सेहाङ नेम्वाङ, NY
२०. सदस्य- देशहाङ हुक्पा चोङबाङ, NY
२१. सदस्य- मणि चेम्जोङ, CA
२२. सदस्य- देव पुन, NY
23. सदस्य- भीमबहादुर थापामगर, NY
२४. सदस्य- लाल घले, NY
२५. सदस्य- प्रकाश परिवार , Boston
२६. सदस्य- बिनोद राई, NY
२७. सदस्य- सामदेनला रुईत शेर्पा, NY

तपाईको प्रतिक्रिया