न्युयोर्क / अमेरिका

कियाचु अमेरिकाद्वारा २३ डिसेम्बर २०२३ का दिन आयोजित चासोक तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका सचिव घनेन्द्र मावो  र दोश्रो खण्ड संस्थाका पूर्व सचिव राम सोदेम्बाले संचालन गर्नु भएको थियो ।

कियाचु अमेरिकाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि  अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिका कानुनी सल्लाहकार श्री दुर्गा सुब्बा मेन्यङ्बो विशिष्ट अतिथिमा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो  रहनु भएको थियो । साथै कियाचु अमेरिकाका तुम्यहाङको रूपमा मदन सम्बहाम्फे, केशर माङ्देन, प्रेम मेन्यङ्बो(तुम्भक्सा), पुस्पलता थाम्सुहाङ्, बिमला पोमु र शिभ लाबुङको उपस्थिति रहेकोे थियो।

प्रारम्भमा लिम्बु समुदायका परम पुज्य व्यक्तित्व तथा नेपालको राष्ट्रीय विभुतिहरुको तस्विरमा माल्यार्पण गरि  चासोक पुजा सम्पन्न भएको थियो । त्यसपछि नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गानको प्रस्तुति रहेको थियो ।
संस्थाका उपाध्यक्ष विवश माङ्मुको स्वागत मन्तव्य  रहेको उक्त कार्यक्रममा कियाचु अमेरिकाका सदस्य सजना एभेङको संयोजकत्वमा कियाचु अमेरिकाको बालबालिकाहरुलाइ सहभागी गरएर पहिलोपल्ट याक्थुङ बिभुतीहरुको बारेमा ज्ञान हुने हेतुले चित्रकला अभ्यास गराइएको थियो। विभिन्न तह, तप्का र भुमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउनु हुने लिम्बु व्यक्तित्वहरुलाई प्रमुख तथा बिशिष्ट अतिथिहरु मार्फत दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि अभिनन्दन  गरिएको थियो । सम्मानित व्यक्तित्वहरु   पुष्पलता थाम्सुहाङ् , सरस्वती कन्दङ्वा, सजना एभेङ, ममता सुब्बा लाबुङ, पूर्ण खिम्दिङ र सजना योङहाङ लिम्बु रहनुभएको थियोे ।


चासोक  तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका उपाध्यक्ष सरोज थाङ्देन  चासोक  तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पुर्ण पदाधिकारी, प्रायोजक, प्रमुख तथा विशिष्ट अतिथि, क्यामेरा म्यान, संचारकर्मी, खाना उपलब्ध गराईदिने गोर्खाली रेस्टुरेन्ट प्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।

चासोक  तङनामको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, धन योङ्हाङ् ,पुष्पलता थाम्सुहाङ् , सुबास चोङबाङ र सरस्वती कन्दङ्वाको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र हाक्पारे, रैथाने ख्याली प्रस्तुत गरिएको थियो । चित्रकला प्रदर्शनीमा सहभागी हुनुभएका बालबलिकाहरु ,  निङवा चेम्जोङ् , प्राची लिम्बु बिसुङ्खे, सेलिना ओख्राबो, लावोट लिङ्देन् , साक्निम इङ्नाम र डिन दुरेन लिम्बुलाई संस्थाको उपाध्यक्ष सरोज थाङ्देनको हातबाट प्रमाण पत्र वितरण गरिएको थियो भने ममता सुब्बा लाबुङ, भिमा देवान गायिका लिला सिङ्गक , प्राची बिसुङ्खे लिम्बु, ( ग्रुप ब्यान्ड रेमोस अधिकारी, आयुश खत्री र नामहाङ् लिबाङ् ) राम  सोदेम्बा र बिरेन्दहाङ लाबुङ लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया