क्यालिफोर्निया/ अमेरिका

नेपालको पर्यटकिय तथा ऐतिहासिक जिल्ला नम्की अजिरकोट गाउँपालिका वार्ड नम्बर ४ गोरखामा जन्मनुभएका उदात्त चित्त भएका समाजसेवी टेक लामा क्यालिफोर्नियाको नेपाली समाजमा एउटा स्थापित नाम हो। छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा बनाउन सफल लामा विगत १४ बर्षदेखी लस एन्जलसलाई आफ्नो कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको छ ।
सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदायिक संस्था तामाङ सोसाईटी अफ लसएन्जल्सको अध्यक्ष साथै तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षको रूपमा पनि कार्यरत छन । हामी नेपाली ग्लोबलको अन्तराष्ट्रिय उपाध्यक्ष समेत रहेका लामाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति लगायत रिपोटर्स क्लब अमेरिका आदि थुप्रै संस्थाहरुसंग आबद्ध भई काम गरिसकेका छन् ।

सदैव अरुका लागि अग्रपंक्तिमा उभिएर सहयोग गर्ने लामा हाल कोलोन क्यान्सरबाट पिडित हुनुहुन्छ । यस्तो बेला उनलाई आर्थीक एवं मानसिक सहयोगको सख्त खांँचो रहेको अवस्था छ ।
अहिलेसम्म उनले १० वटा केमोथेरापी लिईसकेका छन् । तर पछिल्लो समयमा केमोथेरापीको नकारात्मक प्रभावले हुनसक्छ उनको स्वास्थ्यमा प्रतिकुल असर देखा पर्न थालेको छ। फलस्वरूप उनले शारिरिक तथा मानसिक रुपमा कमजोर भएको महसुस गर्न थालेका छ्न। क्यान्सर पिडित लामाको ३ जना छोराछोरीहरु  स्कुल पढ्दैछ्न। रोगका कारण विगत लामो समयदेखी काम गर्न नसक्ने अवस्थामा ऊनी पुगेका कारण आर्थीक संकटले घेरेको यथार्थ उनले बाध्यताबस मिडिया सामु पोखेका छ्न।

अन्तराष्ट्रीय हामी नेपाली ग्लोबल मार्फत नेपालका विभिन्न जिल्लाका भुकम्प पिडितलाई सहयोग गर्ने, बाढीपहिरोबाट पिडित परिवारलाई राहत प्रदान गर्ने देखि बिदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार गर्ने जस्ता कार्यमा महत्वपुर्ण योगदान दिदै आएका एक सहयोगी मनका धनी टेक लामा स्वयंलाई आज नियतिले सहयोग माग्नुपर्ने स्थितिमा पुर्याइदिएको छ।

र यतिबेला उहांँलाई हामी सबैको सबै किसिमको सहयोगको खांँचो परेको छ, कोलोन क्यान्सर पिडित लामालाई सिघ्र स्वास्थ लाभको कामना गर्नुपरेको छ, मानसिक रुपमा उहाँको मनोबल उच्च बनाउन आफ्नो गच्छे अनुसार आर्थिक सहयोग गरेर होस्टेमा हैसे थप्नु परेको छ। सबैको साझा प्रयास र सहयोगले उहाँलाई पहिलेकै सामान्य अबस्थामा फर्काउनु परेको छ।

यसै सन्दर्भमा कोलोन क्यान्सरबाट पिडित लामालाई सहयोग गर्न लसएन्जल्स स्थित नेपाल अमेरिका एकता समाजले अपील गरेको छ जसको लागि गो फन्ड एकाउन्टको लिंक पनि सार्वजनिक गरेको छ आफ्नो फेसबुक पेज मार्फत । हङकङ खबर परिवार पनि  लामाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। सहयोगको लागी तलको लिङ्क जान अनुरोध छ।

https://www.facebook.com/share/8DZcK2eRqGzPpnVa/?mibextid=WC7FNe

तपाईको प्रतिक्रिया