न्युयोर्क । अमेरिका । शेर्पा संघ अमेरिकाले विगत झैं यस पटक पनि ल्होसारको विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। नेपाली कन्सुलेट न्युयोर्ककी बाणिज्यदुत विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नेपालीको महान चाड ल्होसारको शुभकामना व्यक्त गर्दै न्युयोर्क कन्सुलेटले वितरण गदै आएको राहदानीका सम्बन्धमा थप भएका नयाँ नियमबारे  जानकारी दिएकी थिइन ।

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित धर्म गुरु लोपेन गिर्मि छोढक, ग्लोबल शेर्पा संघका बरिष्ठ उपाध्याक्ष निमा शेर्पा, जनजाती महासंघ फिप्नाका अध्यक्ष तोरण बहादुर गुरुङ, शेर्पा किदुगको अध्यक्ष इन्जिनियर तेम्बा शेर्पा, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ , दुजुम धर्म हाउसका अध्यक्ष छोङबा शेर्पा, हामी नेपाली ग्लोबलको अध्यक्ष शोभकान्त पाण्डे, खुम्बु पासाङ ल्हमु समाजका अध्यक्ष आङ गेल्जेन शेर्पा, दोलखा श्यामा शेर्पा समाजका अध्यक्ष दावा कर्मा शेर्पा, इन्द्रवती गाउपालिकाका पुर्व प्रमुख बंशलाल तामाङ, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, संघका सल्लाहकारहरु फुरि शेर्पा, फरादेण्डी शेर्पा, नुर्बु शेर्पा, आङछिरिङ शेर्पा, संरक्षक समितिका सदस्यहरु आङटेन्डी शेर्पा, डोल्मा शेर्पा, छिरिङ शेर्पा गर्जाले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

उक्त अवसरमा लगोडिया विमानस्थलको एउटा टयाक्सीमा आगलागी भएको बेला समयमै आगो निभाइ विमानस्थलमा हुन सक्ने ठुलो आगजनीको संभावनालाई रोक्न सफल शेर्पा किदुग ट्रष्टी कमिटिका संयोजक ल्हाक्पा रिन्जी शेर्पालाई शेर्पा संघ अमेरिकले खादा र प्रमाणका साथ सम्मान गरेको थियो । यसै क्रममा  मिस मंगोलियन विजेता पासाङ डोल्मा शेर्पालाई पनि संघले सम्मान गरिएकेा थियो ।
कार्यक्रमको दोश्रो चरणमा भर्खरै सम्पन्न विश्व शेर्पा संघमा निर्वाचित पदाधिकारीहरुलाई शेर्पा संघ अमेरिकको अध्यक्ष ए पी लामा शेर्पाले बधाई दिदै खादा लगाइ शुभाकमाना दिएका थिए ।  उक्त अवसरमा विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषाको एप पनि अमेरिकाको लागी विधिवत रुपमा उदघाटन गरिएको थियो । शेर्पा भाषाको एपलाई  धर्मगुरु गिर्मिछोढक, बाणिज्यदुत अधिकारी र विश्व शेर्पा संघका पदाधिकारी र शेर्पा संघ अमेरिकाद्वारा संयुक्त रुपमा उदघाटन गरिएको थियो ।
‘ शेर्पा जातीको भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी संघले निर्माण गरेको एप अमेरिकामा विधिवत रुपमा शुरु भएको जानकारी गराउन पाउदा खुसी लागेको छ ‘ विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले बताए । उनका अनुसार संघले एपसंगै बुद्धगयामा शेर्पाको धर्मशाला निर्माण शुरु गरिसकेको छ।

कार्यक्रमको अन्तमा नेपालमा लामो समयदेखिन डिजे गदै आएका डिजे तेन्जिङको सगरमाथा आरोहण सफलताको कामना गर्दै शेर्पा संघ अमेरिकको तर्फबाट ए पी लामा शेर्पाले संघको झन्डा हस्तान्तरण गरि खादा लगाइ बिदाई गरेका थिए । सर्वोच्च शिखरमा शेर्पा संघको झण्डा लैजान लागेको डिजे तेन्जिङ बताए र उनको अभियानलाई संघले आर्थिक सहयोग गर्ने भएको छ ।
कार्यक्रममा पासाङल्हमु शेर्पा, छेकी शेर्पा र कुन्साङ शेर्पाले शेर्पा भाषामा स्वागत गीत गाएका थिए । कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष एपि लामा शेर्पाले सम्पुर्णलाई ल्होसारको शुभकामना दिदै अमेरिकी राजनितिक मुलधारमा प्रवेश गर्नका लागी मतदाता नामवालीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरेका थिए । ‘ हामी यो मुलुकमा छौं अब यहाँको राजनितिको मुलधारमा प्रवेश गर्नका लागी अमेरिकको जुनै स्टेटमा बस्नु भएपनि सम्पुर्ण नेपली आमा बुवा दाजु भाई दिदी बहिनीलाई भोटर लिष्टमा नाम लेखाउन अनुरोध गर्दछु’ अध्यक्ष ए पी लामा शेर्पाले बताए ।
कार्यक्रम संघको महासचिव छिरिङ शेर्पाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य दाजिमा शेर्पाको रहेको थियो ।

तपाईको प्रतिक्रिया