न्युयोर्क । अमेरिका। मार्च २८, २०२४ विहिवारका  दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।  महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सचांलन महासचिव दिपक चौधरीले गरेका थिए।

उक्त भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रममा प्रमुख अतिथि ललितपुर उपमहानगरपालीकाका मेयर चिरीवावु महर्जन तथा अतिथिका रूपमा फिप्नाका  सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार, नेपाल सरकारका पुर्व पर्यटन सदभावना दुत केशवराम राई, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष वसन्ती राई, शेर्पा केदुक युएसएका जनरल सेक्रेटरी साङ दोर्जे शेर्पा, हेलो अमेरीका अनलाईन टिभीका प्रस्तोता तथा किरात याक्थुङ चुमलुङ युएसएका निवर्तमान अध्यक्ष सुमन थामसुङ, गुरुङ (तमु) सोसाईटी युएसए अध्यक्ष ओम गुरुङ, युक्रा (युनाईटेड किरात अर्गनाईजेशन अफ अमेरिका) न्युयोर्क च्याप्टर अध्यक्ष ममता खालीङ राई, वर्ल्ड नेवा गुठी उपाध्यक्ष तथा नेपाली अमेरिका समाजका निवर्तमान अध्यक्ष समिर महर्जन,फिप्नाका पुर्व महासचीव र नेवा गुठी न्युयोर्कको संस्थापक अध्यक्ष आदित्य महर्जन, अन्तर्राष्ट्रिय माईनोरिटी ईम्पावरमेन्ट नेटवर्क युएसएका अध्यक्ष श्याम कार्की , गीतकार,कवि तथा सामजिक कार्यकर्ता गीता  खत्री, डान्स डाईरेक्टर गोबिन्द राई, शेर्पा केदुकका निवर्तमान अध्यक्ष उर्गेन शेर्पा, तमाङ सोसाईटी निवर्तमान अध्यक्ष छेवाङ तमाङ, सोसियल एक्टिभिष्ट विष्णु राणा मगर, कलेज पोईन्ट सिबिक एण्ड ट्याक्सपेयर एसोसियसन अध्यक्ष, एसियन एडभाईजर काउन्सिल फर न्युयोर्क सिटि मेयर एरिक एडम्स तथा हामी नेपाली ग्लोबलका संस्थापक उपाध्यक्ष नवराज केसी रहेका थिए ।

आफ्नो क्षेत्रको जनताको विश्वास जित्न सफल ललितपुर उपमहानगर पालीकाका मेयर चिरीवावु महर्जनले आफ्नो राजनीतिक जीवनको अनुभवबारे बताउदै ३ कार्यकालसम्म वडा अध्यक्षको रूपमा सेवा गरेको कुरा खुलासा गरे। दोस्रो पटक मेयरमा निर्वाचित महर्जनले  देश र समाजको विकासमा अफुलाइ समर्पित गर्ने  क्रममा धेरै उपलब्धि हासिल गरेको साथै चुनौतीहरु पनि उत्तिकै सामना गर्नु परेको अवस्था भएको बताए ।
अन्तमा सहभागिहरूबाट आएको जिज्ञासाहरुलाई उनले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया