काठमाडौ ।नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन–आइसीसी) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति अभियन्ता तथा पत्रकार किसन राईको स्मृतिमा श्रद्धाञ्जलीसभा गरेको छ ।

घुम्न जाने क्रममा कात्तिक ७ गते खोटाङमा भीरबाट लडेर अभियन्ता तथा पत्रकार राईको निधन भएको थियो । राईको स्मृतिमा नेफिन आइसीसी र फोनिजले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेको हो ।

राईले आदिवासी जनजातिको अधिकारका लागि पुर्याएको योगदान र प्रवासमा रहेर पनि नेपाली पत्रकारितामा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो ।

आदिवासी जनजाति बुद्धिजीवी डा. कृष्ण भट्टचन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति चलचित्र महासंघ, लेखक तथा किसन राईसँग लामो समय संगत गरेका पत्रकार राजकुमार दिक्पाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सञ्जु ब्लोन लगायतले मन्तव्य राखेका थिए ।

नेफिन आइसीसीका अध्यक्ष मान बहादुर राना मगरको अध्यक्षतामा भएको सभामा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया