न्युयोर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १६ औं स्थापना दिवसको अवसर पारेर  न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा सहभागी  हुन न्युयोर्कका विभिन्न स्थान,न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको कुरा  फिप्नाले जनाएको छ ।

“न्युयोर्कमा व्याप्त रगतको अभावलाई  परिपुर्ति  गर्न  न्युयोर्क ब्लड सेन्टरले फिप्नासंग अनुरोध गरेपछि रक्तदान जस्तो मानवीय र पुण्य कार्यको आयोजक बन्ने सौभाग्य मिलेको हो” महासंघका अध्यक्ष लोक चेम्जोङले बताए ।

फिप्नाको आव्हानमा रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाता, स्वंसेवक, प्रायोजक , सदस्य संस्था र कार्यक्रममा  उपस्थित सम्पुर्णलाई  चेम्जोङले  धन्यवाद ग्यापन गर्दै आभार व्यक्त गरेका थिए ।

  युनाईटेड किरातराई  अर्गनाइजेसन अफ अमेरिकाकी केन्द्रिय अध्यक्ष मुना राईले रक्तदाताहरुलाई पानी र फलफुलको झोल(जुस)प्रदान गरेकी थिइन ।

प्रतिकुल चिसो मौसमका बाबजुद पनि स्वतःस्फुर्त रक्तदान गर्नेहरुको उल्लेखनीय  सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया