क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ३ तारीखमा ३ आयातित केस थपिएपछी   जम्मा १२,४४९ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५६ दिन पुगेको छ।

डिसेम्बर ३ तारीखको ३ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा भेरिएन्ट) L452R बोकेका   परेका छ्न।

ती तीन जना मध्ये एक जना एक २८ वर्षकि महिला जो अमेरिकाबाट हङकङ अवतरण भएपछि गत बुधबार विमानस्थलमा पोजिटिभ  पुष्टि भएकि हुन। उनको केसको कारणले लाम तीन बिल्डिङमा लकडाउन भएको थियो ।
बायोएन्टेक जर्मन भ्याक्सिनको पुर्ण मात्रा खोप लगाएकी  नोभेम्बर २० तारीख  अमेरिका हिडेकी थिइन र नोभेम्बर २५ तारिख उनमा लक्षण देखिएको थियो ।
स्वास्थ्य बिभागको जानकारी अनुसार सेन्ट्रलको व्विलक हाउसको १० तलामा उनले अन्तिम दिन नोभेम्बर १९ तारिख काम गरेकी थिइन।

अर्का पोजिटिभ पुष्टि रोगी हुन ५१ वर्षका सेलर ( नाविक ) पुरुष जो ग्लोरी स्काइ भन्ने कार्गो पानीजहाजमा जापानबाट हङकङ डिसेम्बर १ तारीख आएका थिए । उनको कोभिड परिक्षणको नमुना जहाजभित्र नै संकलन गरिएको कारणले सिंगो  जहाज नै पोजिटिभ घोषणा गरिएको थियो ।
ती सेलर र अन्य २० जना जहाजका कर्मचारी ( क्रीउ मेम्बर ) हरु हङकङ आइपुगे पछि कसैलाई हङकङको जमिन  टेक्न दिइएन र कसैलाई पनि जहाजभित्र जान दिइएको छैन ।
ती रोगीलाई आइसोलेसन ट्रीटमेन्टको लागि अस्पताल लाने कुरा स्वास्थ्य अधिकारीले जनाएका छ्न। र जहाजमा रहेका सम्पूर्ण क्रीउ मेम्बरहरु जहाजभित्र नै क्वारेन्टाइन बस्नुपर्ने भएको छ नियमित कोभिड टेस्टका साथ।

अर्कि रोगी रहेकी छिन डिसेम्बर १ तारीख कोरियाबाट हङकङ आएकी एक २३ वर्षकि महिला। अगस्ट र अक्टोबर महिनामा दुबै डोज बायोएन्टेक भ्याक्सिन कोरियामा लगाएकी ती महिलामा कुनै लक्षण देखिएको थिएन ।

तपाईको प्रतिक्रिया