क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ४ तारीखमा ४ आयातित केस थपिएपछी   जम्मा १२,४५३ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५७ दिन पुगेको छ।

डिसेम्बर ४ तारीख शनिबारका  ४ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका र सबैले दुबै डोज भ्याक्सिन लाउने परेका छ्न।
संक्रमितमा २ जना पुरुष र दुई जना नारी वर्ष १७ देखि ६२ बीचका परेका छ्न।

ती ४ जना मध्ये एक जना १७  वर्षका युवा  जो युकेबाट फ्लाइट CX252 चढेर  हङकङ अवतरण गत बिहीबार भएका हुन। उनले अप्रिल २९ र मे २० तारीख बायोएन्टेक भ्याक्सिनको दुबै डोज हङकङमा  लगाएका थिए र उनमा संक्रमणको कुनै लक्षण देखिएको थिएन ।

अर्का पोजिटिभ पुष्टि रोगी  ६२ वर्षका  युके र टर्की हुदै कतार एयर QR818 मार्फत हङकङ गत बिहीबार   आएका थिए । उनले साइनोभ्याक भ्याक्सिनको दुबै डोज हङकङमा मार्च ५ र अप्रील ७ तारीख लगाएका थिए र गत बुधबार उनमा लक्षण देखा परेको थियो ।

अर्कि रोगी रहेकी छिन गत बिहीबार अमेरिकाबाट कतार हुदै QR818 फ्लाइटमा हङकङ आएकी एक २६ वर्षकि महिला। अक्टोबर १४ र नोभेम्बर ४ तारीख   दुबै डोज बायोएन्टेक भ्याक्सिन अमेरिकामा लगाएकी ती महिलामा हङकङ आएकै दिन लक्षण देखिएको थियो  ।

अर्कि रोगी इन्डोनेसियाबाट २८ तारीख नोभेम्बरका दिन फ्लाइट GA876 मार्फत हङकङ आएकी एक ३० वर्षकि महिला डोमेस्टिक हेल्पर रहेकी छिन। उनले इन्डोनेसियामा साइनोभ्याक भ्याक्सिनको दुबै डोज जुलाई २३ र २४ अगस्टमा लिएकी थिइन । हङकङ अवतरण भएपछि उनी चिङ यी स्थित रयाम्बलर गार्डन होटलमा क्वारेन्टाइन बसेकी थिइन।

तपाईको प्रतिक्रिया