क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ५ तारीखमा ९ आयातित केस थपिएपछी   जम्मा १२,४६२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५८ दिन पुगेको छ।

डिसेम्बर ५ तारीख आइतबारका  ९ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका रहेका छ्न।

आजको संक्रमित हुनेमा ६ जना डिसेम्बर १ तारिख हङकङ आइपुगेको ग्लोरी स्काइ भन्ने जापानी कार्गो पानीजहाजका कर्मचारीहरु रहेका छ्न। यो भन्दा अगाडि गत शुक्रबार एक जना ५१ वर्षका क्रीउ मेम्बर संक्रमित भएका थिए ।
हङकङको स्वास्थ्य बिभागले सोही दिन क्वारेन्टाइनमा बसेका  अरुको पनि  नमुना संकलन गरेको थियो  जस मध्ये आज उमेर २७ देखि ५६ बीचका ६ जना पुरुष  क्रीउ मेम्बर संक्रमण पुष्टि भएका हुन।

डिसेम्बर ५ तारीख आइतबार अरु तीन जना पोजिटिभ पुष्टि मध्ये एक जना ४८ वर्षका पुरुष जो साइप्रसबाट भर्जिन एटलान्टिक फ्लाइट VS206 चढेर युके हुदै  हङकङ अवतरण गत शुक्रबार भएका हुन। विमानस्थलमा परिक्षण गर्दा उनमा पोजिटिभ देखिएको हो।

अर्का पोजिटिभ पुष्टि रोगी २५ वर्षका पुरुष युकेबाट क्याथे प्यासिफिक फ्लाइट CX216 मार्फत गत बुधबार  हङकङ आएका थिए । र क्वाइ चुङ स्थित डोरसेट चुन वान हङकङ होटलमा क्वारेन्टाइन बसेको बेला उनमा लक्षण देखा परेको थियो ।

अर्का रोगी रहेका छन नोभेम्बर १२ तारिख  पाकिस्तानबाट युनाइटेड अरब इमिरेटस हुदै इमिरेटस फ्लाइट EK384 मार्फत हङकङ आएका एक ६२ वर्षका पुरुष । चुन वान स्थित सिल्का फार इस्ट होटेल हङकङमा क्वारेन्टाइन बसेको बेला उनलाई पोजिटिभ भएको थियो ।

ओमिक्रोन प्रभाव


यहि ८ डिसेम्बरबाट लागू हुने गरि ओमिक्रोन भेरिएन्ट भेटिएका थप चार वटा देशलाई उच्च जोखिमयुक्त स्थानको सुचीमा राखेको छ। ती देश हुन चिल्ली ,कुक आइल्याण्डस,लक्समबर्ग र रोमानिया ।

सरकारले डिसेम्बर ६ तारीख सोमबारबाट आइसल्याण्ड र सिंगापुर र मेक्सिकोलाई  डिसेम्बर ७ तारीखबाट उच्च जोखिमपुर्ण स्थानमा नत्थी गरेको कुरा केही दिन अगाडि गरेको थियो ।

चीन – हङकङ नाका खोलिने

हङकङमा चार  वटा आयातित ओमिक्रोन केस रहेता पनि यसले समुदाय भित्र प्रवेश गरि स्थानीय आउटब्रेक गराएको छैन त्यसैले निर्धारित समयमा हङकङ – चीन नाका खुल्ला हुने कुरा सरकारी विशेषज्ञ डेभिट हुइले जनाएका छ्न।
हङकङ र ग्वाङगडोङमा ठुलो महामारी संक्रमण नफैलिएको निकै लामो समय भएकोले कोटा सिस्टममा शर्त सहित क्वारेन्टाइन बस्नु नपर्ने गरि चीनसंगको नाका पुन खोल्न उचित छ भनेर हुइले भनेका छ्न।
म्युटेन्ट भाइरस ओमिक्रोन कम्युनिटीभित्र नछिरेमा ग्वाङडोङ र हङकङ बीच बोर्डर पुन खोलिने पुर्ब योजनामा कुनै असर नपर्ने कुरा उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया