क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ६ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४६७ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५९ दिन पुगेको छ।

डिसेम्बर ६ तारीख सोमबारका  ५ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेका रहेका छ्न।

आजको संक्रमित ५ जना भित्र उमेर २९ देखि ४८ बीचका ३ जना पुरुष  २ जना महिला परेका छ्न । सबै जनाले पोजेटिभ पुष्टि हुनु पुर्व नै दुबै मात्रा खोप लगाइ सकेका थिए।

पोजिटिभ पुष्टि मध्ये एक जना ३५ वर्षकि एयर क्रीउ मेम्बर जो फिनल्यान्डबाट  फिन एयर  फ्लाइट AY101  चढेर  नोभेम्बर २८ मा  हङकङ अवतरण भएकी थिइन।
ऊनी २९ नोभेम्बरमा पोजिटिभ पुष्टि भएका एक ४२ वर्षका पुरुषसंग घनिष्ठ संसर्गमा रहेकी थिइन। तिनै पुरुषबाट सरेर कोभिड रोग लागेकी यी महिलामा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा रहेको बेला गत शुक्रबार लक्षण देखिएको थियो ।

अर्का पोजिटिभ पुष्टि रोगी ४८ वर्षकि  महिला  पाकिस्तानबाट टर्की हुदै फ्लाइट TK083 मार्फत गत शनिबार   हङकङ आएकि हुन। उनी लक्षणहिन थिइन र हङकङको विमानस्थलमा पोजिटिभ पुष्ठि भएकी थिइन।

तीन जना पुरुष संक्रमित रोगीहरुको विवरण यस प्रकार रहेको छ। गत सोमबार  पाकिस्तानबाट  टर्की हुदै टर्किस एयरलाइन्स  फ्लाइट TK083 मार्फत हङकङ आएका २९ वर्षका एक पुरुष रहेकाछ्न।  तुन चुङ स्थित शेराटन होटेल , पोइन्ट फोरमा क्वारेन्टाइन बसेको उनलाई पोजिटिभ देखिएको थियो।
पोजिटिभ  पुष्ठि अर्का रोगी हुन एक ३४ वर्षका पुरुष जो कोरियन एयर फ्लाइट KE607 मार्फत गत बिहीबार हङकङ आएका थिए । साइ यिङ पुन स्थित होटल मेरियोट कोर्टयार्डमा क्वारेन्टाइन बसेको बेला गत आइतबार उनमा लक्षण देखापरेको थियो ।

अर्का संक्रमित रोगी एक ३७ वर्षका पुरुष रहेका छ्न जो डिसेम्बर २ तारीख रसीयाबाट जर्मनी हुँदै लुफ्थन्सा फ्लाइट LH796 मार्फत हङकङ आएका थिए । उनी वङ चुक हाङ स्थित निना होटेल आइल्याण्ड साउथमा क्वारेन्टाइन बसेका थिए र गत शनिबार उनमा रोगको लक्षण देखापरेको थियो ।

हङकङको पहिलो दुई ओमिक्रोन केस हावाबाट सरेको दावी

हङकङ युनिभर्सिटीले गरेको शोधले  हङकङमा देखिएको पहिलो दुइटा ओमिक्रोन केस क्वारेन्टाइन होटल भित्र हावाको माध्यमबाट सरेको हुन सक्ने बताएको छ।

ती दुई केस अन्तर्गत रहेका व्यक्तिमा   एक जना ६२ वर्षका पुरुष क्यानाडाबाट हङकङ नोभेम्बर १० तारीख र अर्का ३६ वर्षका पुरुष साउथ अफ्रीकाबाट नोभेम्बर ११ तारीख हङकङ आएका थिए ।

६२ वर्षका पुरुषलाई ओमिक्रोम भेरिएन्ट भाइरस रिगल एयरपोर्ट होटेलमा एउटा तलामा बस्ने ३६ वर्षका पुरुषबाट सरेको ठहर स्वास्थ्य विभागले गरेको थियो ।
दुबै जनाको रुम आमनेसामने हुनु र दुबै जनाको नमूनाको जेनेटिक सिक्युएन्स मिलेकोले यो एकाआपस संबंधित रहेको हो अधिकारीले भनेका थिए ।

हङकङ युनिभर्सिटीको टिमले प्रकाशित गरेको मेडिकल जर्नलको एउटा लेखमा यस संक्रमित केस बारे लेखिएको छ। उक्त लेखका अनुसार सिसिटिभीको फुटेजमा ती दुई रोगी बीच कुनै संपर्क भएको देखिएको छैन। र ती दुबै जना आफ्नो कोठाबाट बाहिर निस्किएको पनि देखिएको छैन।
यसर्थ खाना संकलन गरेको बेला ढोका खोल्दा एक जना बाट अर्कोमा हावा द्वारा सरेको हुन सक्ने संभावना उच्च छ।

तपाईको प्रतिक्रिया